प्रथम विश्वयुद्ध (First World War)

प्रथम विश्व युद्ध

Þ     अष्ट्रियाका युवराज आर्कड्युक फ्रान्ज फर्डिनेन्ड आफ्नी पत्नीका साथ बोस्नियाको राजधानी सरायभोमा घुम्न गएको समयमा २८ जुन १९१४ मा प्रिन्सेस नामक व्यक्तिले गोली हानी हत्या गरिदिएपछि विश्वयुद्ध शुरु भएको थियो  । युवराज तथा युवराज्ञीको हत्यापश्चात अष्ट्रियाले हत्याको सम्पूर्ण दोष सर्वियालाई लगाउँदै जुलाई २२ मा १२ सुत्रीय माँग सर्विया समक्ष प्रस्तुत गर्दै ती माँग पूरा गर्न ४८ घण्टाको समय प्रदान गर्‍यो । सर्वियाले ती सबै माँग पूरा गर्न नसक्ने भनेपछि जुलाई २८ १९१४ मा अष्ट्रियाले सर्भिया विरुद्ध युद्धको घोषणा गरी आक्रमण शुरु गर्‍यो । यस युद्धमा रुसले सर्वियाको पक्षमा लड्यो भने जर्मनीले अष्ट्रियाको पक्षमा लड्यो । यस युद्धमा Central Power को रुपमा जर्मनी अष्ट्रिया हङ्गेरी टर्की रहेका थिए भने Allies Power को रुपमा बेलायत रुस फ्रान्स सर्विया सामेल रहेका थिए । यस युद्धमा करिव ८५ लाख सर्वसाधारण मानिसहरु मारिनु पर्‍यो । प्रथम विश्वयुद्धमा भएको कुल खर्च ४० अर्ब पाउण्ड थियो । यस युद्धमा १ करोड ३० लाख सैनिक मारिएका थिए । जर्मनीको तर्फबाट २ करोड र मित्रराष्ट्को तर्फबाट ४ करोड सेनाले भाग लिएका थिए ।

Þ     प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८ देखी सन् १९१८ नोभेम्बर ११ सम्म ४ बर्ष ३ महिना ११ दिन ( १५६१ दिन) सम्म चलेको थियो ।
Þ     प्रथम विश्वयुद्धमा जम्मा २८ राष्ट्रले भाग लिएका थिए । जसमा बेलायतको पक्षमा कूल १२ राष्ट्र र जर्मनीको पक्षमा कुल ५ राष्ट्र थिए ।
Þ     प्रथमयुद्धको आधारको रुपमा बाल्कन प्रायदिपको युद्ध (सन् १९१२-१३) लाई लिइन्छ ।
Þ     प्रथम विश्वयुद्धमा भाग लिएर पनि कुनै क्षति नब्यहोरेको राष्ट्र अमेरिका हो । यस युद्धबाटनै अमेरिकी डलरले विश्वव्यापी मान्यता पायो ।
Þ     प्रथम विश्वयुद्ध पश्चात सन् १९२० जनवरी १० मा राष्ट्रसंघको स्थापना भयो । यसको स्थापना गर्दा २७ राष्ट्र थिए । संघको स्थापनासम्बन्धी प्रस्ताव तत्कालीन अमेरिकी राष्ट्रपति बिड्रो विल्सनले राखेका थिए । राष्ट्रसंघको विधानमा २६ धारा थिए ।
Þ      यस युद्धमा नराम्रोसँग प्रभावित हुने राष्ट्र जर्मनी हो । प्रथम विश्वयुद्धताका जर्मनीका  राजा कैजर विलियम द्वितिय थिए । उनी युद्धताका भागेर हल्याण्ड पुगेका थिए ।
Þ     सन् १९१९ जुन २८ मा मा भर्साइल्सको सन्धि भएको थियो ।

Þ     प्रथम विश्वयुद्धमा नेपालले बेलायतलाई सहयोग गर्न प्रधानमन्त्री चन्द्र शमशेरले १६५४४ प्रशिक्षित सैनिक र साथै बेलायत सरकारलाई १० लाख पाउण्ड स्टर्लिङ आर्थिक सहयोग समेत पठाएका थिए । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages