नेपालको अन्तरिम संविधान‚ २०६३ मा लोकसेवा आयोगको गठन सम्बन्धमा के कस्तो ब्यवस्था छ ? लेख्नुहोस् ।

    
        नेपालको अन्तरिम संविधान‚ २०६३ को धारा १२५ मा लोकसेवा आयोगको गठन सम्बन्धमा ब्यवस्था छ । जस अनुसार नेपालमा एक लोकसेवा आयोग हुनेछ‚ जसमा अध्यक्ष र आवश्कताअनुसार अन्य सदस्यहरु रहने व्यवस्था छ । लोकसेवा आयोगका सदस्यहरु मध्ये कम्तीमा ५० प्रतिशत सदस्यहरु २० बर्ष वा सोभन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्यहरु विज्ञान‚ प्रविधि‚ कला‚ साहित्य‚ कानुन‚ जनप्रशासन‚ समाजशास्त्र वा राष्ट्रिय जीवनमा अन्य क्षेत्रमा शोध‚ अनुशन्धान‚ अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्यातिप्राप्त गरेका व्यक्तिहरुमध्येबाट नियुक्त हुने व्यवस्था छ । लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा हुन्छ ।
निजहरुको पदावधि नियुक्तिको मितिले ६ बर्षको हुने गर्दछ । निजहरु ६५ बर्षको उमेरसम्म पदमा बहाल रहने तथा निजहरुलाई सर्वोच्च अदालतको न्यायाधीशसरह समान आधारमा र समान तरिकाले सो पदबाट हटाउन सकिने व्यवस्था छ ।
                                             स्रोतः- गोरखापत्र लोकसेवा सहगोगी


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages