सगरमाथा संसारको
सबैभन्दा अग्लो चुचुरो हो ।यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ | यो नेपालको
सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा
पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । सगरमाथालाई सन १८६५मा कर्णेल सर जोर्ज एभरेष्टको नाममा
Mount Everest नामाकरण गरिएको थियो । पछि सन १९६०मा इतिहास शिरोमणि बाबुराम
आचार्यले
यसको नाम सगरमाथा राखेका हुन
। यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ। कालापत्थरबाट देखिएको सगरमाथाको चुचुरो सगरमाथा
शिखरमा सर्वप्रथम, सन१९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका
तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड
हिलारीले पाइला राखेका थिए । सन् १८५२ मा जब सगरमाथा विश्वकै
सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर
त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो।
सगरमाथालाई रोमन संकेतचिहृन 'पिक १५' नाम
प्रदान गरियो । विसं २०१३
सालमा इतिहासशिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी 'सगरमाथा'
नाम
राखिदिएका हुन ।उनले यस पर्वतको नेपाली नाम 'शारदा'
नामक पत्रिकामार्फत गरेका थिए ।
No comments:
Post a Comment