नेपालको भौगोलिक विशेषताहरु के के छन् ? छोटकरीमा उल्लेख गर्नुहोस् ।



       
नेपालको भौगोलिक विशेषताहरु निम्न अनुसार रहेको छः-
-   विश्व भौगोलिक परिवेशमा नेपाल सानो (कुल भु-भागको ०.०३ प्रतिशत र एसिया महादेशको कुल भु-भागको ०.३ प्रतिशत) भए पनि नेपालको आफ्नै मौलिक भौगोलिक विशेषता छ ।
-     नेपालको पूर्व‚ पश्चिम र दक्षिणमा भारत छ भने उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत छ ।
-    नेपालको क्षेत्रफल १‚४७‚१८१ बर्ग किलोमिटर छ ।
-    नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखी पूर्वी देशान्तरदेखी ८८ डीग्री १२ मिनर्ट पूर्वी देशान्तरसम्म रहेको छ ।
-    नेपालको पूर्व मेचीदेखी पश्चिम महाकालिसम्म औसत लम्बाइ ८८५ किलोमिटर र उत्तरदेखी दक्षिणसम्म औसत चौडाइ १९३ किलोमिटर छ ।
-     नेपाल एक भू-परिवेष्ठिट राष्ट्र हो । नेपालबाट हिन्द महासागर समुद्र करिब ७०० माइल टाढा पर्दछ ।
-    नेपालको भौगोलिक क्षेत्र समुद्र सतहबाट ५९ मिटरदेखी विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको उचाइमा समेटिएको विविधपूर्ण छ ।
-    नेपाललाई भौगोलिक हिसाबले हिमाली प्रदेश‚ पहाडी प्रदेश र तराई प्रदेश गरी तीन प्रदेशमा विभाजन गरिएको छ ।
-    विश्व मानचित्रमा नेपाल एक सानो भू-परिवेष्ठित देश‚ तेस्रो ध्रुवको देश‚ विकासोन्मुख देश एमं विविधतापूर्ण देशका रुपमा चिनिन्छ ।
स्रोतः- गोरखापत्र लोकसेवा सहयोगी
Share:

4 comments:

  1. भौगोलिक भनेको के हो

    ReplyDelete
  2. भौगोलिक भनेको के हो

    ReplyDelete
  3. भौगोलिक भनेको के हो

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages