गढीमाई मेलाको बारे लेख्नुहोस् ।


            नेपालको बारा जिल्लाको बरियापुरमा रहेको गढीमाई मन्दिरमा प्रत्येक पाँच पाँच बर्षको अन्तरालमा मंसिर महिनामा लाग्ने यो मेला एक महिना सम्म लाग्दछ । एसियाकै ठुलो पशुबली मानीएको यस मेलामा आफ्नो भाकल पुरा भएकोमा वा मनोकामना पुरा होस् भनी विभिन्न पशुपंक्षीको लाखौको संख्यामा मंसिर शुक्ल सप्तमी देखी त्रियोदशी सम्म बली दिने चलन रहेको छ । नेपाल तथा भारतका लाखौ भक्तजनहरु मेला भर्न आउने गर्दछन् । गढीमाईको मुल पुजारीले तान्त्रिक विधिद्वारा देवीको पूजा गरी बाह्र स्थानमा बत्ती बालेपछि नरबलीको प्रक्रिया शुरु हुन्छ । नरबली भन्नाले मानिसको पुरै बली नदिई पुजारीको शरिरको निधार‚ आँखाको माथिल्लो भाग‚ जिब्रो‚ छाती र दाहीने तिघ्राको ५ भागको ५ थोपा रग निकाली गढीमाईलाई चढाएपछि सेतो जंगली मुसा‚ परेवा‚ कुखुरा‚ हाँस र सँगुरको पञ्चबली दिएपछी राँगा‚ बोका‚ हाँस‚ सुँगुर आदिको बलि दिने काम शुरु हुन्छ । हालको यस मन्दिरका मुलपुजारी मङ्गल चौधरी हुन् ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages