नेपाल र भारतविच भएका सन्धि तथा सम्झौताहरुः


नेपाल भारत सम्झौता (फोटो बासु क्षितिज)
Þ     वि.सं. १६५७ (सन् १६००) बाट इष्ट इन्डीया कम्पनीले भारतमा व्यापार गर्न थालेपछि अंग्रेज भारत र नेपाल विच व्यापारिक सन्धि भएको थियो । सन् १९२३ डिसेम्बर २१ मा दुबै देश भएको मैत्रीपूर्ण सन्धीबाट अंग्रेजहरुले नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिएको थियो ।
Þ     सन् १९७२ मार्च १ मा इष्ट इन्डीया कम्पनी सरकार र नेपालबीच पहिलो ७ सुत्रिय सन्धि भएको थियो ।
Þ     सन् १८१६ मार्च ३ (वि.सं. १८७३) मा नेपाल र अंग्रेज भारतबीच सुगौलि सन्धि भएको थियो । सन्धिमा नेपालको तर्फबाट गजराज मिश्रले २८ नोभेम्बर १८१५ मा र अंग्रेजका तर्फबाट मेजर ब्राडशाले २ डिसेम्बर १८१५ मा हस्ताक्षर गरेका थिए ।
Þ     सन् १९५० जुलाइ ३१ मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि (Peace and Friendship Treaty)  र व्यापार सन्धिमा काठमाण्डौंमा हस्ताक्षर भएको थियो जसमा १० धाराहरु थिए । यो सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने मोहन शमशेर थिए भने भारतको तर्फबाट हस्ताक्षर गर्ने चन्द्रेश्वर प्रसाद नारायण सिंह थिए ।
Þ     सन् १९५४ अप्रिल २५ भा नेपालले भारतसित कोशी सम्झौता र सन् १९५९ डिसेम्बर ४ मा गण्डक सम्झौता भएको थियो ।
Þ     वि.. २०५२ माघ २९ मा भारत भ्रमणमा रहनु भएका तत्कालीन नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री पी.भी. नरसिंह रावले विद्युत सिंचाइ र बाढी नियन्त्रण सहितका विभिन्न लाभ रहेको पञ्चेश्वर बहुउद्देश्य परियोजना समेत समेटिएको महाकाली सन्धिमा हस्ताक्षर भयो ।
Þ     सन् १९६० सेप्टेम्बर ११ मा ब्यापार तथा पारवहन सन्धिमा नेपाल र भारतबिच हस्ताक्षर भएको थियो ।
Þ     नेपालका प्रधानमन्त्री डा. बाबुराम भट्टराइको भारत भ्रमण सन् २०११ अक्टोबर २०-२३ को अवसरमा द्धिपक्षिय लगानी संरक्षण तथा प्रवर्दन सम्झौता ( BIPPA – Bilateral Investment Protection and Promotion Agreement) मा नेपालका उद्योग मन्त्री अनिल झा र भारतका अर्थमन्त्री प्रवण मुखर्जीले २१ अक्टोबर २०११ (वि.सं. २०६८ कार्तिक ४ गते) मा नयाँदिल्लीमा हस्ताक्षर गरेका हुन ।
Þ     नेपाल र भारत विच दोहोरो कर मुक्ति सम्झौता (DTAA – Double Tax Avoidance Agreement) र वित्तिय छल (Evasion) निवारण सम्झौतामा नेपालका अर्थमन्त्री बर्षमान पुन र भारतका अर्थमन्त्री प्रवण मुखर्जीले सन् २०११ नोभेम्बर २७ (वि.सं. २०६८ मंसिर ११) मा काठमाण्डौंमा हस्ताक्षर गरेका थिए ।
Þ     भारतबाट नेपालको भ्रमण गर्ने प्रधानमन्त्रीहरुः सन् १९५१ मा भारतिय प्रधानमन्त्री जवाहारलाल नेहरु‚ सन् १९६३ मा लाल बहादुर शास्त्रि‚ सन् १९९० फेब्रुअरी १३-१५ मा चन्द्रशेखर‚ सन १९९२ अक्टोबर १९-२१ मा पी.भी. नरसिंह राव‚ सन् १९९७ मा इन्द्रकुमार गुजराल र वि.सं. २०७१ साउन १८ र १९ मा नरेन्द्र दामोदर दास मोदी ले गरे । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages