विश्वमा नेपालको स्थान - कुन क्षेत्रमा कति?

Nepal

. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१४ मा गरेको सेफ्टी अडिट प्रतिवेदनमा एसिया प्यासिफिकअन्तर्गत रहेका मुलुकमा नेपाल २१ औं स्थानमा
. ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१४ को प्रतिवेदन अनुसार भ्रष्टाचार हुने देशमध्ये नेपाल १२६ औं स्थानमा
. अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा
. संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले जापानको टोकियोबाट सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०१४ मा नेपाल १ सय ४५ औं स्थानमा
. अनलाइनसम्बन्धी तथ्यांक तथा सूचना प्रदान गर्ने इन्टरनेट लाइभ स्टाटसले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगकर्ताको हिसाबले नेपाल ७९ औं स्थानमा
. बालविवाह गर्ने मुलुकहरु मध्ये नेपाल १९ औं स्थानमा (२०११ को रिपोर्ट)
. वायु प्रदूषण मापनमा १६ दशमलव २३ अंकसहित नेपाल १७७औं स्थानमा
. अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले हालै सार्वजनिक गरेको डुइङ विजनेश रिपोर्ट २०१४ अनुसार नेपाल १ सय ८५ औं मुलुकहरुमध्ये १ सय ५ औं स्थानमा

. विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको विश्व प्रतिस्पर्धात्मक सूचीमा नेपाल १ सय २५ औं स्थानमा
१०. इन्भायरोमेन्टल पर्फोमेन्स इन्डेक्स (आइपिआई) ले सन् २०१३ सम्मको वायु प्रदूषणको मूल्यांकन गरी १ सय ७८ राष्ट्रको वातावरणीय अवस्था सार्वजनिक गर्दा नेपाल सबैभन्दा बढी वायु प्रदूषण भएको मुलुकको दोस्रो स्थानमा
११. लैङ्गिक विकास सूचकाङ्कमा नेपाल ९८ औं स्थानमा
१२. दुबईस्थित बौद्धिक संस्था लेगाटम ईस्टिच्युटले हरेक बर्ष सार्वजनिक गर्ने समृद्धि सूचकांक सूचीमा नेपाल १४२ देशमध्ये नेपाल १०२ औं स्थानमा (२०१३)
१३. अमेरिकाको प्रख्यात फोरनपोलेसी म्यागेजिनले प्रकाशित गरेको 'फेल्ड स्टेट इन्डेक्स २०१३'मा नेपाल ३० औं स्थानमा
१४. विश्वको सैनिक सम्बन्धि अध्ययन गर्ने संस्था ग्लोबल फायर पावर (जिएफपी)का अनुसार नेपाल सैनिक सामर्थको आधारमा विश्वको ७७ औं स्थानमा

१५. भूकम्पीय जोखिम सूचीमा भने नेपाल विश्वमा ११ औं स्थानमा
१६. नेटइन्डेक्सले तयार पारेको इन्टरनेट डाउनलोड स्पिड तालिका अनुसार नेपाल एक सय २९ औं स्थानमा
१७. ह्यापी प्लानेट इन्डेक्सले हालै डेढ सय राष्ट्रमध्ये खुसी रहने जनताको राष्ट्रियस्तरको र्‍याङ्किङ गरेको थियो । जुन अध्ययनको ह्याप्पी प्लानेट इन्डेक्समा नेपाल ५८ औं स्थानमा रहेको छ । जवकि अमेरिका १ सय ५ औं स्थानमा रहेको छ भने चिन ६० औं स्थानमा रहेको छ । यसले के देखाउँछ भने विकसित राष्ट्र हुँदैमा त्यहाँका जनता खुसी र स्वतन्त्र हुन्छन् भन्ने छैन । चीन र अमेरिका विश्वमै समृद्ध अर्थतन्त्रको हिसावले १ र २ औं स्थानमा रहेका छन् ।
१८. बढी रेमिट्यान्स भित्र्याउनेमा नेपाल ३५ औं नम्बरमा
१९. औसत आयुका हिसावमा नेपाल ९७ औं स्थानमा
२०. विश्वका १ सय २५ मुलुकमा गरिएको स्वस्थ्य खानपिनसम्बन्धी सर्वेक्षणमा नेपाल ९१ औं स्थानमा
२१. विश्व प्रसिद्ध पत्रिका फोर्ब्समा प्रकाशित एउटा आलेखमा सन् २०१५ मा घुम्नै पर्ने १० वटा सुन्दर स्थानमध्ये नेपाल नवौ स्थानमा
२२. विश्व दूरसञ्चार उद्यममा नेपाल ४२ औं स्थानमा
२३. विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार २०१४ मा विश्वका धनी व्यक्तिको सूचीमा विनोद चौधरी एक हजार चार सय ६५ औं स्थानमा
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages