नेपालमा प्रचलित ल्होछार पर्वहरुको बारेमा छोटकरीमा वर्णन गर्नुहोस् ।




         ल्होसार दुई शब्द मिलेर बनेको छ । यसको अर्थ ल्हो अर्थात वर्ष वा साल हो भने छार वा सार को अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले ल्होसारको अर्थ नयाँ बर्ष भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले ल्हो अर्थात बर्ष बाह्रवटा भएको विश्वास गर्छन र बाह्र बर्षको नाम पशुपंक्षी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै मुसा‚ गाई‚ बाघ‚ बिरालो‚ गरुड‚ सर्प‚ घोडा‚ भेडा‚ चरा‚ कुकुर र सँगुर बर्ष । बाह्र बर्ष समाप्त भएपछी फेरी उही नाम दोहोर्‍याएर बर्षको गणना गरिन्छ । यसरी बाह्र बर्षलाई एक युगको परिकल्पना गरेको हुन सक्छ । त्यस्तै पाँच चक्र अर्थात ६० बर्षमा ‘राप्चुङ‘ उत्सव विशेष महत्वका साथ मनाइन्छ । 
यसरी विभिन्न समुदायहरुले भिन्ना भिन्नै समयमा निम्न ल्होसार मनाउँदछन । 
१. तोल ल्होसार पौष शुक्ल प्रतिपदा हुम्ला‚ मनाङ‚ डोल्पाका केही समुदाय
२. तमु ल्होसार पौषको १५ गते गुरुङ समुदाय
३. सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा तामाङ समुदाय
४. ग्याल्बो ल्होसार फाल्गुन शुक्ल प्रतिपदा शेर्पा समुदाय
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages