नागरिक बडापत्र के हो ? यसको विषेषताहरु उल्लेख गर्नुहोस् ।

         सार्वजनिक सेवा बडापत्र सेवा प्रदायक निकायहरुका तर्फबाट सार्वजनिक गरिएको यस्तो विवरणपत्र वा घोषणापत्र हो जसमा सम्बन्धित निकायले कुन कुन सेवाहरु कति प्रकारका सेवाहरु मार्फत र के कति समयमा उपलब्ध गराउँदछन । त्यस प्रकारको सेवा प्राप्त गर्न कस्ता कस्ता कागजातहरु पेश गर्नु गर्ने हुन्छ ? सेवा प्रवाहमा जिम्मेवार पदाधिकारीहरु को को हुन् ? सो सेवा प्राप्त गर्न कति शुल्क लाग्छ ? उल्लेख भए बमोजिम सेवा प्राप्त नभएमा क्षतिपुर्तीको के कस्तो व्यवस्था छ ? र तोकिए बमोजिम सेवा प्रदान भए नभएको हेर्ने अनुगमन गर्ने व्यवस्था लगायतका विवरणहरु उल्लेख भएको हुन्छ ।
      यसमा सार्वजनिक सेवालाई सरल‚ सहज‚ पारदर्शी र जिम्मेवार बनाउने‚ सार्वजनिक सेवा प्रावहमा संलग्न जसशक्तिलाई आफ्नो जिम्मेवारी प्रति सजग बनाउने सेवा लगायतका विषयहरु पनि यसमा समेटिएका हुन्छन् ।

नागरिक बडापत्रका विशेषताहरुः
-          नागरिक बडापत्र कानुनी दस्ताबेज होइन । तर यसको परिचालनले सदाचारिता अभिबृद्धि भई सार्वजनिक प्रशासनमाथि नागरिकहरुले भरोसा गर्ने वातावरणको निर्माण हुन्छ ।
-          नागरिक बडापत्रले सेवा प्रदायकका साथसाथै सेवाग्राहीलाई समेत जिम्मेवार बनाउँछ भने यसको परिचालनमा जनसहभागितालाई स्थान दिइएको हुन्छ 
-          नागरिक बडापत्रले सेवाको स्तरबाटै परिभाषित गर्दछ । उपलब्धिका सूचकाङ्कहरुको व्यवस्था भएको हुन्छ । सर्वसाधारण जनताले कतिसम्म अषेक्षा राख्नेछ भन्ने बारे जानकारी हुन्छ ।
-          नागरिक बडापत्रले सेवा प्रवाह बारे सूचना प्रवाह गर्दछ । कुन काम कसरी सम्पादन हुन्छ कति समय लाग्छ र कति लागत पर्दछ भनि पहिल्लै बोध हुन्छ 
-          सेवा प्रकृति अनुसार छुट्टा छुट्टै बडापत्रको व्यवस्था हुन्छ ।
-          बडापत्र अनुसार नभएमा गुनासो सुनुवाई र क्षतिपूर्तीको व्यस्था समेत भएको हुन्छ ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages