अन्तरिम संविधान २०६३ अनुसार स्वतन्त्रताको हक बारे लेख्नुहोस् ।

 अन्तरिम संविधान २०६३ को भाग ३ को धारा १२ मा स्वतन्त्रताको हक बारे निम्न कुरा उल्लेख गरेको छ ।
(१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र मृत्यु दण्डको सजाय हुने गरी कुनै कानुन बनाइने छैन ।
(२) कानुनबमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन ।
(३) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछः-
    (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता,
    (ख) बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
    (ग) राजनीतिक दल वा संगठन खोल्ने स्वतन्त्रता,
    (घ) संघ र संस्था खोल्ने स्वतन्त्रता,
    (ङ) नेपालको कुनै पनि भागमा आवत- जावत र बसोवास गर्ने स्वतन्त्रता,
    (च) कुनै पेसा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages