२०७१ फागुन १३ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. बाशु शशी स्मृति पुरस्कार-२०७१ बाट सम्मानित हुने स्रस्टा को हुन् ?
- कणाद महर्षि (बासु शशी स्मृति अभिनन्दन-२०७१ बरिष्ठ आख्यानकार परशु प्रधानलाई प्रदान गरिएको)
२. युनिभर्सल पिस फेडेरेसन सहितका संस्थाहरुको संयुक्त आयोजनामा राजधानी काठमाण्डौंमा दुईदिने अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन कहिले सम्पन्न भयो ?
- वि.सं. २०७१ फागुन ८-९
३. अप्ठेरो अवस्थाले मानिसलाई असाधारण भविष्यका लागि तयार गर्छ – भन्ने विचारक को हुन् ?
- सी.एल. लुइस
४. आठ बर्षकै उमेरमा फिल्म निर्देशन गरी विश्वकै कान्छो निर्देशनका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल बाल निर्देशक को हुन् ?
- सौगात विष्ट
५. सरकारले नयाँ तालिम नीति- २०७१ मार्फत कुन तहका निजामती कर्मचारीलाई नियुक्तिलगतै र हरेक ३/३ बर्षमा एक पटक अनिवार्य तालिमको व्यवस्था गरेको छ ?
- सबै तहका कर्मचारी
६. नेपाली मुद्राको इतिहासमा सर्वप्रथम कागजी नोट कहिले निश्कासन भएको थियो ?
- वि.सं. २००२ असोज १
७. नेपालमा हाल कुल कतिवटा वाणिज्य बैंक रहेका छन् ?
- ३० वटा (२०७१ असार मसान्त सम्म वाणिज्य बैंक ३०‚ विकास बैंक ८४‚ फाइनान्स ५३ छन्)
८. बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले २०७२ बैशाख १ गतेदेखि ७५ वटै जिल्लामा बैदेशिक रोजगारीका सिलसिलामा  मृत्यु भएका नेपाली कामदारका सन्तानलाई कति छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ ?
- नि.मा.वि. सम्म रु. ६ हजार र माथिका लागि रु. १० हजार
९. पश्चिम सेती जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ ?
- ७५० मेगा वाट
१०. वि.सं. २०७१ फागुनमा सम्पन्न नेपाल अडिटर्स एसिसएसन (AUDAN) को तेस्रो राष्ट्रिय परिषद् (२७ बुँदे घोषणापत्र पारित गर्दै) कहाँ सम्पन्न भयो ?
- पोखरा
११. युहान इन्टरनेशनल इभेन्टले राजधानिमा आयोजना गरेको मिस टिनएजर्स इन्टरनेशनल-२०१५ सौन्दर्य प्रतियोगिताको उपाधि जित्ने किशोरी को हुन् ?
- एन्जल गुरुङ
१२. प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्र कहाँ पर्दछ ?
- सुनसरी
१३. विश्वकै अग्लो विश्व शान्ति कलश कहाँ निर्माण गरिने भएको छ ?
- बाग्लुङ ( १ सय ८ फिटको)
१४. नेपालका कुन प्रधानमन्त्रीको पालामा सिंहदरबारमा आगलागी भएको थियो ?
- किर्तिनिधि विष्ट ( वि.सं. २०३० असार २५ मा)
१५. नेपालमा भित्री मधेशअन्तर्गत कति जिल्ला पर्दछन् ?
- ७ जिल्ला (उदयपुर‚ सिन्धुली‚ नवलपरासी‚ चितवन‚ मकवानपुर‚ दाङ र सुर्खेत)
१६. नेपालको हिमाली प्रदेशमा पर्ने जिल्ला कति छन् ?
- १६ ( पहाडी प्रदेशमा ३९ र तराई प्रदेशमा २० जिल्ला)
१७. नेपालमा बनेको पहिलो चलचित्र कुन हो ?
- आमा
१८. PAN को पुरा रुप के हो ?
- Permanent Account Number
१९. नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो ?
- वि.सं. २००८ माघ २१ मा
२०. Plan Holiday भन्नाले के बुझिन्छ ?
- योजना नवनी खाली रहेको बर्ष
२१. जैविक विविधता सूचना केन्द्र कहाँ स्थापना गरिएको ५ ?
- चितवन
२२. राणाकालमा भारतीय पशु नेपालमा चराएबापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो ?
- कसचरी
२३. सन् २०१५ फेब्रुअरीमा वर्ड वुमन लिडरसिप कंग्रेस अवार्डबाट सम्मानित हुने नेपाली अधिकारकर्मी को हुन् ?
- सुनिता दनुवार
२४. वि.सं. २०७१ फागुन ७ गते पूर्व विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारीको संयन्त्र कसको अध्यक्षतामा गठन भएको छ ?

- दामोदर गौतम
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages