२०७१ फागुन ६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. राष्ट्रिय कविता महोत्सव-२०७१ मा प्रथम स्थान हासिल गर्न सफल हुने कवि को हुन् ?
- एकल यात्री
२.२०७१ माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले सरसफाइ दुतका रुपमा कसालाई नियुक्त गरेको छ ?
- सीताराम कट्टेल र कुञ्जना घिमिरे
३. चार सय ५० मेगावाट क्षमताको नलसिंहगाड जलबिद्युत आयोगना कहाँ पर्दछ ?
- जाजरकोट
४.सूचना प्रविधि सुरक्षण आकस्मिक पहूँच समूह (Information Technology Security Emergency Response Team Nepal-ITSERT) को आयोजनामा नेपालमा पहिलपटक साइबर सुरक्षा तथा साइबरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहिले हुने भएको छ ?
- वि.सं. २०७१ फागुन ७-९
५. डिजिटल केवल प्दायक सिम टिभी ले इन्टरनेट चलाउन र टेलिभिजन हेर्न मिल्ने डिजिटल केवल सेवा औपचारीक रुपमा कहिलेदेखी शुरु गरेको छ ?
- वि.सं. २०७१ माघ २५
६. नेपाल वायुसेवा निगमले फ्रान्सेली विमान निर्माण कम्पनी एयरबससँग खरिद गरेको सगरमाथा कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित भयो ?
- वि.सं. २०७१ माघ २५
७. नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित पुरस्कार म्यानेजर अफ दि इयर-२०१४ बाट सम्मानित हुने व्यवस्थापक को हुन् ?
- विजय बहादुर शाह
८. नेपाल खेलकूद महासंघको आयोजनामा काठमाण्डौंमा पहिलोपटक नेपाल इन्टरनेशलन स्पोर्टस् फिल्म फेस्टिबल कहिले सञ्चालन हुने भएको छ ?
- वि.सं. २०७१ फागुन १५-१६
९. सरकाले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कसलाई नियुक्त गरेको छ ?
- सूर्यकिरण गुरुङ
१०. वि.सं. २०७१ माघ २७ को मन्त्रीपरिषद्को निर्णयअनुसार बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगको अध्यक्षमा को नियुक्त भएका छन् ?
-लोकेन्द्र मल्लिक
११. हिन्दु‚ बोद्ध एवं किराँत धर्मालम्बीको संगमस्थलका रुपमा रहेको हलेसी धाम कहाँ पर्दछ ?
- खोटाङ
१२. कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय न्यूरो सर्जिकल सम्मेलन एवं स्नायु रोगसम्बन्धी शिक्षण कार्यशाला कहिले सम्पन्न भयो ?
- वि.सं. २०७१ माघ २७-२९
१३. सन् २०१५ फ्रेबुअरी ७ मा भएको भारतको राजधानी नयाँदिल्लीको राज्य विधानसभाको निर्वाचनमा प्रचण्ड बहुमत ल्याई विजयी हुने पार्टी कुन हो ?
- आम आद्मी पार्टी
१४. विदेशमा सम्पर्क कार्यालय खोल्ने पहिलो नेपाली बैंक कुन हो ?
- हिमालयन बैंक
१५. नेपाल सरकारले वि.सं. २०७१ (सन् २०१५) भित्र सबैका लागी शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको कार्यक्रम हुन हो ?
- साक्षर नेपाल अभियान
१६. नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको स्थापना विधिवत रुपमा कहिले भएको छ ?
- वि.सं. २०७१ कार्तिक २१
१७ सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको छ ?
-    वि.सं. २०६३ भदौ १२
१८. गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन अन्तर्राष्ट्रिय स्तरमा गर्ने एवं बुद्धको जन्मस्थलबारे केही देशमा पाठ्यपुस्तकमा उल्लेख गरिएका गलत कुरा सच्याउने उद्देश्यसहित सन् २०१५ मे ४ र ५ मा अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ड पिस मार्च कहाँ हुने भएको छ ?
- ब्रसेन्स‚ बेल्जियम
१९. फोब्‍र्स म्यागजिनले सन् २०१५ फेब्रुअरी १० मा सार्वजनिक गरेको विश्वका धनाढ्यहरुको सूचिमा पहिलो स्थान पर्न सफल अर्बपति को हुन् ?
- विल गेट्स
२०. सन् २०१५ फेब्रुअरी १२ मा बेलारुसको मिन्स्कमा भएको सहमतिअनुसार युक्रेनमा कहिलेदेखी युद्धविराम लागु हुने भएको छ ?
- सन् २०१५ फेब्रुअरी १५
२१. २६ औं राष्ट्रिय औद्योगिग बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु‚ घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम- २०७१ राजधानीमा कहिले हुने भएको छ ?
- वि.सं. २०७१ फागुन ६-१०
२२. क्षयरोग पत्ता लगाउँदा तलकामध्ये कुन जाँच सबैभन्दा महत्वपूर्ण हुन्छ ?
- खकारको जाँच (दिइएको अप्सनमा)
२३. आँखा दान भन्नाले आँखाको कुन भाग दान गर्ने बुझिन्छ ?
- कोर्निया
२४. एड्सले तलका मध्ये कुन कोषलाई बढी असर गर्छ ?
- T-lymphocytes (दिएको अप्सनमा)
२५. कलेजोको Cirrhosis मा प्रमुख कारक तलका मध्ये कुन हो ?
- Alcoholism (दिइएको अप्सनमा)
२६. नेपाल दूरसञ्चार संस्थान कहिलेदेखि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड बनेको हो ?
- वि.सं. २०६१ बैशाख १
२७. पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ?
- जियोथर्मल उर्जा
२८. अनवीकरणीय वा जीवावशेष उर्जाको संरक्षणका लागि प्रयोगमा ल्याइने उर्जालाई के भनी चिनिन्छ ?
- बैकल्पिक उर्जा
२९. वि. सं. २०७० कार्तिक २-५ सम्म काठमाण्डौंमा सम्पन्न गैरआवसीय नेपाली संघको छैटौं विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई चयन गर्‍यो ?

- शेष घले 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages