सन् २०१४ को नोवेल पुरस्कार विजेताहरु


१. भौतिकशास्त्रमा नोवेल पुरस्कार
      भौतिक शास्त्रमा २०१४ नोवेल पुरस्कार जापानी वैज्ञानिक इसामू अकासाकी तथा रिोशी अमानो तथा जापानी मूलका अमेरिकी वैज्ञानिक शुजी नकामुरालाई यसवर्षको भौतिक शास्त्रमा नोवेल पुरस्कार दिइएको छ। उनीहरूले अनुसन्धान गरेको नीलो किरण उत्सर्जक डायोडका लागि यो पुरस्कार दिइएको हो। यो खोजबाट चम्किलो तथा उर्जाको बचत गर्ने सेतो किरणको विकास भएको छ। इो एउटा यस्तो उपलब्धी हो, जसबाट विश्वभरि घरमा, कम्प्यूटर स्क्रीन, तथा स्मार्ट फोनमा किरणका उज्यालोको लागि एलइडी प्रद्यौगिक विकासमा गति मिलेको छ।
२. रसायन शास्त्रमा नोवेल पुरस्कार
      रसायनशास्त्रमा नोवेल पुरस्कार २०१४ अमेरिकी बैज्ञानिक एरिक बिट्जिग, विलियम मोर्नर तथा जर्मन वैज्ञानिक स्टीफन हेललाई यसवर्षको रसायन शास्त्रमा संयुक्त रुपमा नोवल पुरस्कार दिइएको छ। उनीहरूले अति शुक्ष्म चिजहरू देख्नका लागि अति शक्तिशाली फ्लोरेन्स माइक्रोस्कोपीको विकास गरेका कारण रसायन शास्त्रमा नोवेल पुरस्कार दिइएको हो।

३. अर्थशास्त्रमा नोवेल पुरस्कार
      अर्थशास्त्रमा नोवेल पुरस्कार २०१४ फ्रान्सका अर्थशास्त्री ज्यां तिरोलले यसवर्षको अर्थशास्त्रतर्फ नोवेल पुरस्कार पाएका छन्। बजार शक्ति तथा नियममाथि उनले गरेको खोजअनुसन्धानका लागि यो पुरस्कार दिइएको हो। उनको सोधमा बजार प्रतिष्पर्धा बनाइ राख्नका  तथा ग्राहकभन्दा बढी असुली रोक्नका लागि बजारमा वर्चश्व राख्ने केही प्रभावशाली कम्पनीहरूलाई कसरी नियन्त्रण गर्ने? भन्ने अनुसन्धान छ। 
४. नोवेल शान्ती पुरस्कार २०१४
      नोवेल शान्ती पुरस्कार २०१४ भारतका कैलाश सत्यार्थी तथा पाकिस्तानकी मलाला यूसुफजईलाई बालबालिका तथा युवा उत्पीडनको विरुद्ध अभियान अनि बालबालिकाको शिक्षाको लागि संयुक्त रुपमा नोवेल पुरस्कार दिइएको छ। कूल ११ लाख डलरको यो पुरस्कार दुवैले बाँड्नेछन्। ७० वर्षीय कैलाश सत्यार्थी बाल श्रम तथा बाल तस्करीका विरुद्ध अभियान चलाईरहेका सामाजिक अभियन्ता हुन्। भारतको गैरसरकारी संस्था बचपन बचाओ अभियानका लागि उनले इन्जिनियरको जागिर छोडेर त्यसमा लागेका थिए। त्यस्तै १७ वर्षीया मलाला पाकिस्तानमा बालबालिकालाई विद्यालय पठाउनुपर्छ भनेर अभियानमा लागेकी किशोरी हुन्। उनलाई सोही आरोपमा तालेवान विद्रोहीले गोली हानेको थियो।
५. नोवेल साहित्य पुरस्कार २०१४

      नोवेल साहित्य पुरस्कार २०१४ फ्रान्सको पेट्रिक मोडियानोलाई युद्धसँग जोडिएको स्मृति तथा मानव नियतिमाथि लेखिएको एउटा पुस्तकको लागि नोवेल साहित्य पुरस्कार दिइएको छ। त्यसमा उनले युद्धका पीडा तथा त्यसले मानव जीवनमा पार्ने प्रभावलाई गहिरोगरी उल्लेख गरेका छन्।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages