२०७१ साल माघ २१ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत/ छोटा प्रश्न उत्तर




. सञ्चार सूचना तथा प्रविधिसम्बन्धी बृहत मेला क्यान इन्फोटेक २०१५ कहिले सम्पन्न भयो ?
- वि.. २०७१ माघ १४-१९
. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन निर्णय कहिल् गर्‍यो ?
- सन् २०१५ जनवरी २८
३. नेपाल र बंगलादेशवीच दोहोरो करमुक्ति सम्झौता कहिले भयो ?
- वि. स. २०७१ माघ १५
४. मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोत्सव कहिले सम्पन्न भयो ?
- वि.स. २०७१ माघ १६-१८
५. नेपालले सर्क सदस्य राष्ट्र भित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ?
- ७०
६. मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याँक्ने उद्देश्यले आगोको कोइला हातमा लिनजस्तो हो‚ आखिर जल्ने त तिमी आफै हो- भन्ने विचारक को हुन् ?
- गौतम बुद्ध
७. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा पहिलो आइक्यान सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
- वि.स. २०७१ माघ १७-१८ ‚ काठमाण्डौं
८. दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास घिसिङको निधन कहिले भयो ?
- वि.स. २०७१ माघ १५ मा
९. दोस्रो काठमाण्डौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले हुने भएको छ ?
- २०७१ माघ १९-२३
१०. मिस युनिभर्स-२०१४ उपाधि जित्ने युवती को हुन् ?
- पाउलिन मेगा (कोलम्बिया)
११. नेपालको हाल (२०७१ पुष) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?
- ३६
१२. साउदी नरेश अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा कहिले निधन भयो ?
- सन् २०१५ जनवरी २३ (अब साउदीका नरेश सलमान विन अब्दुल अजिज)
१३. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिले देखी भएको हो ?
- सन् १९९१ (बेलायत बाट) नेपालमा वि.स. २०५६ देखी
१४. तपसी महागुरु फाल्गुन्दलाई राष्ट्रिय विभुति कहिले घोषणा गरिएको हो ?
- वि.स. २०६६ मंसिर १६
१५. विश्वकै इतिहासमा सबैभन्दा उचाईको स्थानमा मन्त्रिपरिषद्को वैठक कहिले बसेको थियो ?
- वि.स. २०६६ मंसिर १९
१६. नेपाल सरकारले नेपाली भाषाका साथै अंग्रेजी भाषासमेत प्रयोग गरी नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र कहिलेदेखी सुरु गरेको हो ?
- वि.स. २०६६ मंसीर १
१७. समाज सुधारक‚ किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुन्दको जन्म कहिले र कहाँ भएको थियो ?
- वि.स. १९४२ कात्तिक २५‚ इलाम
१८. सयौं थुँगा फूलका हामी ......... नामक राष्ट्रिय गान कहिले सार्वजनिक भएको हो ?
- वि.स. २०६४ साउन १८ मा
१९. नेपालको पहिलो टेस्टट्युब बेवीको जन्म कहिले भएको हो ?
- वि.स. २०६१ फागुन २० मा
२०. पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको निधन कहिले भयो ?
- सन् २००७ डिसेम्बर २७
२१. काठमाण्डौं उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था कहिलेदेखी भएको हो ?
- वि.स. २०६३ मंसिर १
२२. नेपालमा जैविक विविधता सूचना केन्द्र कहाँ स्थापना गरिएको छ ?
- चितवन
२३. एडम स्मिचद्वारा लिखित विश्व प्रसिद्ध पुस्तक ‘The Wealth of Nation’ लाई के भनी चिनिन्छ ?
- आर्थिक म्याग्नाकार्टा
२४. नेपालको पहिलो महिला मन्त्री को हुन् ?
- द्वारिकादेवी ठकुरानी
२५. नेपालमा सर्वप्रथम स्थापना भएको पार्टी कुन हो ?
- नेपाल प्रजा परिषद्
२६. राणाशासनविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने चार सहिदमध्ये सबैभन्दा पहिला मारिने सहिद को थिए ?
- शुक्रराज शास्त्री (वि.स. १९९७ माघ १०)
२७. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
- तलिचो ताल
२८. तलका मध्ये कुन संस्थाको केन्द्रिय कार्यालय नेपालमा छ ?
- Icimod (दिएको अप्सनमा)
२९. नेपाली साहित्यका प्रथम सहिद भनी कसलाई चिनिन्छ ?
- कृष्णलाल अधिकारी
३०. कीर्तीमानी तेक्वान्दो खेलाडी दीपक विष्टले सक्रिय खेलाडी जीवनबाट बिदा लिने घोषणा कहिले गरे ?
- वि.स. २०७१ माघ १७
३१. २०७१ माघ १६ मा राजधानीमा सम्पन्न मिस बागमति २०१५ को उपाधि (सिनियरतर्फ) कसले जित्यो ?
- अनिशा लम्साल ( जुनियर तर्फ अनुषा रामदान)
३२. सन् २०१५ जनवरी ३१ मा अष्ट्रेलियाको मेलगर्नमा सम्पन्न फाइनल खेलमा छैटौ पटक अष्ट्रेलियन ओपनको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ?
- सेरेना विलियम्स‚ अमेरिका
३३. सन् २०१५ जनवरीमा अष्ट्रेलियामा सम्पन्न एसिया कप फुटवल प्रतियोगिताको उपाधि कसले जित्यो ?
- अष्ट्रेलिया



Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages