बजेट भन्नाले के बुझिन्छ ? नेपालमा बजेट निर्माण प्रक्रियाबारे चर्चा गर्नुहोस् ।



   सामान्यताय बजेट भन्नाले आम्दानी खर्चको विवरण (Statement of income and expenditure) हो । सरकारको बार्षिक नीति कार्यक्रम र सोको आधारमा बिनियोजित खर्च र आम्दानीका स्रोतहरुको समग्र विवरण पनि बजेट हो ।
-          सरकारको बार्षिक रुपमा सञ्चालन गर्ने विकास कार्य र प्रशासनिक कार्यहरुको रुपरेखा सहितको खर्च प्रस्ताव र सरकारले गर्ने राजस्व प्राप्त हुने वैदेशिक सहायता ऋण र त्यसको उपयोग सम्बन्धि कार्यनीतिलाई पनि बजेटको रुपमा बुझ्न सकिन्छ ।
-          बजेटमा सरकारको राजनीतिक आर्थिक वा वित्तिय र सामाजिक अवधारणा समेत प्रष्ट गरिएको हुन्छ । सरकारको राजनीतिक दर्शन आर्थिक एजेण्डा र सामाजिक प्राथमिकताहरु झल्किएका हुन्छन ।

-          सरकारको दिर्घकालिन विकास अवधारणालाई आत्मसाथ गर्दै बार्षिक योजना र कार्यक्महरुको संगालो बजेट हो ।
नेपालमा बजेट निर्माण प्रक्रियाः
·         बृहत आर्थिक विश्लेषणः- देशको लगानी उतपादन व्यापार रोजगारी उपभोग लगायत समग्र आर्थिक पक्षहरुको विश्लेषण गरिन्छ ।
·         आवश्यकता पहिचान र प्राथमिकीकरणः- देशको मूलभूत विकास आवश्यकता र तीनको प्राथमिकीकरण गरिन्छ ।
·         साधारण खर्चको सीमा निर्धारणः- सरकारी निकायले गर्ने साधारण खर्चलाई निश्चित सीमामा राख्न सीमा निर्धारण गरिन्छ ।
·         बजेट तर्जुमामा तल्लो तहलाई निर्देशनः- तल्लो तहलाई विकास प्राथमिकीकरण र प्राथमिकता तथा साधारण खर्चको सीमाभित्र रहने बजेट तर्जुमा गर्न कार्यालयहरुलाई निर्देशन गरिन्छ ।
·         बजेट छलफलः- विकास बजेटको हकमा राष्ट्रिय योजना आयोग र साधारण बजेटको हकमा अर्थ मन्त्रालयमा बजेट छलफल गरिन्छ । विभिन्न मन्त्रालयले आफू र मातहतका निकायहो लागि तर्जुमा गरेको बजेट राष्ट्रिय प्राथमिकता विकासको अवधारणा र खर्चको सीमा भित्र रहे नरहेको विषयमा छलफल गरी परिमार्जन गरिन्छ ।
·         आम्दानीका स्रोतहरुको आङ्कलः- देश भित्र के कति राजस्व संकलन हुन्छ वैदेशिक ऋण र अनुदान के कति प्राप्त हुन्छ कति आन्तरिक ऋण लिनुपर्ने हो सो समेतको आङ्कलन गरिन्छ ।
·         बजेटका प्रभावहरुको विश्लेषणः- आम्दानी खर्चको खाका तयार भएपछि बजेटले पनि राजनीतिक आर्थिक सामाजिक प्रभावहरुको लेखा जोखा गरी आवश्यक परिमार्जन समेत गरिन्छ ।
·         बजेट मस्यौदा मन्त्रिपरिषदमा पेश गर्नेः- उपरोक्त अनुसार तयार भएको बजेट मस्यौदालाई स्वीकृतिको लागि नेपाल सरकार (मन्त्रीपरिषद) मा पेश गरिन्छ ।
·         संसदमा बजेट प्रस्तुती र छलफलः- अर्थ मन्त्रीले संसदमा बजेट पेश गर्दछन र बजेट उपर संसदमा दफाबाट छलफल हुन्छ ।
·         संसदबाट अनुमोदनः- संसदको बहुमत र सर्वसम्मतिबाट प्रस्तावित बजेट पारित गरिन्छ ।
·         राष्ट्रपतिबाट स्वीकृतिः- बजेट संसदबाट पारित विधेयक राष्ट्रपतिले स्वीकृत गरेपछि बजेट तर्जुमा प्रक्रिया पुरा हुन्छ ।
Share:

5 comments:

  1. प्रिय एडमिन,
    हामिलाइ सहयोग गरेकोमा तपाइहरुलाई धेरै धेरै धन्यवाद

    ReplyDelete
    Replies
    1. सहयोगको अपेक्षा गर्दछु ।

      Delete
  2. सहयोगको लागि धन्यवाद

    ReplyDelete
  3. धेरोइ राम्रो छ

    ReplyDelete
  4. thank u for this helpful material

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages