- २०७१ मंसिर १६ गतेको मन्त्रिपरिषदको निर्णय बाट सरकारले थप ६१ वटा नगरपालिका घोषणा गरेको छ ।
- योसँगै नेपालमा नगरपालिकाको संख्या १९१ पुगेको छ ।
- सबै भन्दाबढि नगरपालिका भएको जिल्ला : काठमाडौं [ ११ वटा ]
- गाविसविहिन जिल्ला : २ वटा [ काठमाडौं र भक्तपुर ]
- नगरपालिका विहिन जिल्ला : ८ वटा ( मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, कालीकोट, मुगु, डोल्पा, रसुवा)
- पछिल्लोपटक ६१ नगरपालिका घोषणा हुँदा 258 गाविस गाभिएका छन् ।
- यसैपालि २३ नगरपालिकाको क्षेत्रफल बिस्तार गर्दा थप ९१ गाविस नगरमा [ थप ७ उपमहानगरपालिकामा जम्मा ३४ वटा गाविस र पुराना १६ वटा नगरपालिकाहरुमा जम्मा ५७ वटा गाविस ] गाभिएकाले गाविसको संख्या घटेको छ ।
- अब देशभर गाविसको संख्या ३ हजार २ सय ७६ रहेका छन !
- अब नेपालको कुल जनसंख्याको करीव ३७ [३६ दशमलव ८ ] प्रतिशत जनता शहरबासी ।
- थपिएका ६१ नगरपालिकामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा छ ।(१ लाख ७ हजार ९ सय १८)
- सबैभन्दा कम जनसंख्या इलामको देउमाई नगरपालिकामा छ ।(१० हजार ९ सय ६४)
- यो भन्दा अगाडि सरकारले २०७१ बैशाख २५ को निर्ण्यबाट ७२ वटा नगरपालिका थप गरेर नगरपालिकाको संख्या १३० पुर्याएको थियो ।
- थप उपमहानगरपालिका संख्या : ७ वटा
- जम्मा उपमहानगरपालिका संख्या : ११ वटा [ललितपुर, बिराटनगर, वीरगञ्ज र पोखरा हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान ]
- थप उपमहानगरपालिकामा गाभिएका जम्मा गाविस संख्या : ३४ वटा
- हैटौंडा, जनकपुर, इटहरी, बुटवल, भरतपुर, नेपालगन्ज र धरान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गरिएको
- एउटै जिल्लामा २ वटा उपमहानगरपालिका भएको जिल्ला : सुनसरी [ इटहरी र धरान ]
Home »
लोकसेवा सहयोगी सामाग्री
» नगरपालिका बारे नयाँ जानकारी !
No comments:
Post a Comment