नागरिक समाजका दायित्व के-के हुन् ? उल्लेख गर्नुहोस् ।


      सरकारभन्दा बाहिर रहने गैरराजनीतिक‚ गैरमुनाफामुखी स्वयंसेवी संस्था नागरिक समाज हो । सरकारको नागरिकप्रति जुन दायित्व रहन्छ‚ त्यस्तै दायित्व नागरिक समाजको नहुन सक्छ किनकि नागरिक समाज सरकारमा नरहने संस्था हो  । तर पनि मुलुको हितका लागि नागरिक समाजको निश्चित दायित्व हुने गर्दछ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः
Þ     नागरिकका हक अधिकार सुनिश्चित गर्ने‚
Þ     लोकतान्त्रिक पद्धतिको विकासमा आवश्यक भूमिका निर्वाह गर्ने‚
Þ     सरकारलाई जनताप्रति उत्तरदायी बनाउने‚
Þ     व्यक्तिगत‚ संस्थागत एवं दलगत स्वार्थभन्दा माथि उठेर विशेष गरी पिछडिएको वर्ग‚ क्षेत्र‚ लिंगहरुको बारे बुलन्द आवाज उठाउने‚

Þ     राजनीतिक हस्तक्षेपमा नपरी भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने‚
Þ     सहर केन्द्रित मात्र नभएर ग्रामिण केन्द्रित समेत भई सशक्तरुपमा देश विकासमा सहयोग गर्ने‚
Þ     सरकारलाई जनताको अवस्था र जनतालाई सरकारको गतिविधिको बारेमा जानकारी दिने‚ सूचना केन्द्रको रुपमा कार्य गर्ने‚
Þ     मुलुकमा आर्थिक अनुशासन‚ शान्ति सुरक्षा‚ कानूनको पालना‚ सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने‚

Þ     राजनीतिबाट सदैव अलग र तटस्थ रहेर निष्पक्षरुपमा जनहितका कार्य गर्ने‚।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages