जैविक विविधता भनेको के हो ? यो कति प्रकारको हुन्छ ? छोटो परिचय दिनुहोस् ।


      जैविक भन्नाले जीवहरुसम्बन्धी बुझिन्छ । यसमा प्राणी र वनस्पति पर्दछन् । विविधता भनेको भिन्नता‚ फरकपन वा किसिम हो । जीवित प्राणी र वनस्पतिवीचको भिन्नता‚ किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले संसारका सबै क्षेत्र जस्तैः जल‚ स्थल‚ समुन्द्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिवीच पाइने फरकपन‚ प्रकार तथा तिनिहरुवीचको अन्तरसम्बन्ध एमं साँयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति‚ पशुपंक्षी र अन्य जी रहेका हुन्छन् । यो जैविक विविधता हो । वन नासिएमा वा आगो लागेमा अरु जीवहरुलाई असर गर्दछ । यो तिनिहरु वीचको अन्तरसम्बन्ध हो ।
जैविक विविधताका प्रकार:
जैविक विविधता निम्न ३ प्रकारको हुन्छः
१. पारिस्थिक प्रणाली विविधता (Ecosystem Diversity) :
      जीवजन्तुहरुको वासस्थानलाई पारिस्थितिक प्रणाली विविधता भनिन्छ । यसले जीवजन्तुहरु र तिनीहरको वातावरणसँगको अन्तरसम्बन्ध समेतलाई जनाउँछ । वनजंगल‚ घाँसे मैदान‚ सिमसार‚ पोखरी‚ खोलानाला‚ समुद्र आदि यसका उदाहरण हुन् ।
२. प्रजाति विविधता (Species Diversity) :
      प्राणीहरुको विविधता र वनस्पतिहरुको विविधतालाई प्रजाति विविधता भनिन्छ । विश्वमा रहेका प्राणी र वनस्पतिहरुको फरकपन नै प्रजाति विविधता हो ।
३. बंशानुगत विविधत (Genetic Diversity) :

       प्राणी एमव वनस्पतिको आफ्नै समूहभित्र देखिने फरकपनलाई बंशानुगत विविधता भनिन्छ । बाबुआमाबा गुणहरु छोराछोरीमा भए पनि छोराछोरीको बाबुआमाभन्दा फरक हुन्छन्‚ यो नै वंशानुगत विविधता हो । 
Share:

4 comments:

  1. जैविक पक्ष भन्नाले के बुझिन्छ

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages