बेरोजगारी भनेको के हो ? नेपालमा बेरोजगारी बढ्नुका कारण के के हुन् ? लेख्नुहोस् ।


      जीवन निर्वाहका लागि गरिने काम‚ इलम‚ पेशा वा व्यवसायलाई रोजगारी भनिन्छ । यही रोजगारी नभएको अवस्थालाई बेरोजगारी भनिन्छ । व्यक्तिले जव कुनै पेशा‚ काम‚ इलम वा व्यवसाय गर्दैन वा पाउँदैन तब व्यक्ति बेरोजगार हुन पुग्दछ । नेपालमा बेरोजगारी एउटा प्रमुख समस्याको रुपमा रहेको छ । हाल नेपालमा प्रतिबर्ष चार लाख भन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्दछन् तर रोजगारी बृद्धिदर करीब ३ प्रतिशत मात्र छ । बाँकी सबै बेरोजगार हुन्छन् । अहिले मुलुकमा २३.८ प्रतिशत गरीबी छ । ७० लाख ब्यक्ति गरीबीको रेखामुनी छन् । यो सबै बेरोजगारीको उपज हो ।
नेपालमा बेरोजगारी बढ्नुका कारणहरु
      व्यक्तिमा काम गर्ने सीप‚ काम गर्ने जाँगर‚ लागानी गर्ने पुँजी र मुलुकमा लागानीका लागी उपयुक्त वातावरण एवं रोजगारीका अन्य अवसर पर्याप्त छैनन् भने व्यक्ति बेरोजगार हुन्छ । नेपालमा बेरोजगारी बढ्नुको मूलभूत कारण यही हो ।
      समग्रमा नेपालमा बेरोजगारी बढ्नुका कारणलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः
Þ     काम सानो ठुलो जेसुकै होस् काम गर्नुपर्दछ भन्ने मान्यतामा कही हुनु‚
Þ     सरकारी क्षेत्र र निजी क्षेत्रले दुबैले पर्याप्त रोजगारी दिन नसक्नु‚
Þ     भौतिक पूर्वाधारको विकासले गति लिन नसक्नु‚
Þ     पेशा‚ इलम‚ व्यवसाय गर्नका लागि व्यक्तिमा व्यवसायीक सीपको कमी हुनु‚
Þ     मुलुकमा लागानी अनुकूल वातावरण हुन नसक्दा स्वदेशी र विदेशी दुबै लगानी बढ्न नसक्नु‚
Þ     रोजगारीका क्षेत्रहरु जस्तैः उद्योग‚व्यापार‚ पर्यटन‚ कृषि‚ निर्माण आदि फस्टाउन नसक्नु‚
Þ     राष्ट्रिय तथा अन्तराष्ट्रिय मागअनुरुपको व्यावसायिक सीप विकास तालिमको कमि हुनु‚
Þ     अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुरुपको सीपयुक्त दक्ष जनशक्ति आपूर्ति गर्ने क्षमताको अभाव हुनु‚
Þ     दक्ष जनशक्तिको अभावमा वैदेशिक रोजगारीबाट पर्याप्त फाइदा लिन नसक्नु‚
Þ     मुलुकमा आर्थिक क्रियाकलाप बढ्न नसक्नु‚

Þ     सरकार र निजी क्षेत्रविच रोजगारी सिर्जना गर्ने सम्बन्धमा समन्वयको अभाग हुनु‚ स्पष्ट नीतिको कमी हुनु । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages