राजस्व प्रशासनसम्बन्धी विविध जानकारी


      राजश्व सम्बन्धी योजना‚ नीति तथा कार्यक्रम तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन तथा मुल्याङ्कन गर्ने औपचारिक संस्थागत संयन्त्रलाई सामान्य अर्थमा राजश्व प्रशासन भनिन्छ । २००८ सालमा अर्थमन्त्रालयको स्थापना र सर्वप्रथम आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने कार्यको सुरुवातसँगै विकास भएको राजश्व प्रशासन वर्तमान समयमा पनि अर्थमन्त्रालयले नै सञ्चालन गरेको छ । जस अन्तर्गत विभिन्न कार्यालयहरुको व्यवस्था गरिएको छ ।

# नेपालमा राजश्व प्रशासनको विकासक्रम
      लिच्छिविकालमा भाग‚ भोग र कर नामक ३ किसिमका करहरु कुथेर‚ शुल्ली माप्चोक‚ लिंगवबल नामक संस्थाले उठाउने गर्दथे । यसबाट पनि नेपालको राजस्व प्रशासनको एतिहासिक कालखण्ड स्वरुप छर्लङ्ग हुन आउँछ । आधुनिक कर प्रशासनको रुपमा भने २००८ सालमा अर्थ मन्त्रालयको स्थापना पश्चातनै यसको सुरुवात भएको पाइन्छ ।
-  वि.स. २००८ मा अर्थ मन्त्रालयको स्थापना‚
-  वि.स. २०१४ सालमा Custom Commissioners Office को स्थापना‚
-  वि.स. २०१५ सालमा भन्सार तथा अन्तशुल्क विभागको स्थापना‚
-  वि.स. २०१६ सालमा आयकर ऐन जारी‚
-  वि.स. २०१७ सालमा व्यापार‚ मुनाफा र पारिश्रमिक ऐन‚ २०१७ जारी‚
-  वि.स. २०१७ सालमा अन्तः शुल्क ऐन लागु‚
-  वि.स. २०१९ मा कर विभागको स्थापना‚
-  वि.स. २०१९ मा भन्सार ऐन‚ २०१९ र आयकर ऐन‚ २०१९ जारी‚
-  वि.स. २०२३ मा भन्सार विभाग र अन्तःशुल्क विभागको पृथकिकरण‚
-  वि.स. २०३१ मा नयाँ आयकर ऐन जारी‚
-  वि.स. २०३७ मा राजश्व प्रशासन तालिम केन्द्रको स्थापना‚
-  वि.स. २०५० मा अन्तः शुल्क तथा विक्री कर विभागको स्थापना‚
-  वि.स. २०५० सालमा राजश्व अनुसन्धान विभागको स्थापना‚
-  वि.स. २०५२ मा मू.अ. कर ऐन जारी
-  वि.स. २०५४ मंसिर १ देखी मू.अ. कर लागु र मू.अ. कर विभागको स्थापना‚
-  वि.स. २०५८ मा आयकर ऐन २०५८ र अन्तःशुल्क ऐन २०५८ जारी
-  वि.स. २०६० मा ठुला करदाता कार्यालयको स्थापना‚
-  वि.स. २०६४ मा भन्सार ऐन २०६४ जारी‚
-  वि.स. २०६७ मा काठमाण्डौं उपत्यकामा १३ र बाहिर १३ गरी २६ सेवा केन्द्र समेतको स्थापना भएको छ ।
राजस्व प्रशासन सम्बनधि थप जानकारी
क) राजस्व प्रशासन सम्बन्धी नीतिगत‚ कानुनी‚ संगठनात्मक एवं प्रकृयागत पक्षहरुको केन्द्रिय निकाय अर्थ मन्त्रालय रहेको छ ।अर्थ मन्त्रालय राजस्व प्रशासनको केन्द्रीय निकाय पनि हो ।
ख) वि.स. २०५० साल देखी राजस्व समुहको गठन गरिएको छ । नेपाल प्रशासन सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति नियमहरु २०५० अनुसार गरिएको
ग) हाल राजस्व समूहमा उपसचिव‚ शाखा अधिकृत‚ नायब सुब्बा र खरिदार जस्ता पदहरु समूहकृत गरिएका छन् ।
घ) राजस्व प्रशासन संचालन गर्ने (सेवा संचालन गर्ने) संगठन अर्थ मन्त्रालय रहेको छ ।
राजस्व प्रशासनको वर्तमान संगठनात्मक स्वरुप
राजस्व प्रशासन सञ्चालन गर्ने मुख्य संगठन अर्थ मन्त्रालय हो । यस अन्तर्गत हाल निम्न महाशाखा तथा विभागहरु रहेका छन् ।
महाशाखाहरुः-
-  प्रशासन महाशाखा
-  राजस्व प्रशासन माहाशाखा
-  वैदेशिक सहायता महाशाखा
-  बजेट तथा कार्यक्रम माहाशाखा
-  संस्थान समन्वय तथा निजिकरण माहाशाखा
-  अर्थिक कार्य तथा नीति विश्लेषण माहाशाखा
-  कानुन महाशाखा
-  राजश्व परामर्श समिति
विभागहरु
१) राजस्व अनुसन्धान विभाग
-  राजस्व अनुसन्धान इकाई कार्यालय‚ ईटहरी
-  राजस्व अनुसन्धान इकाई कार्यालय‚ पथलैया
-  राजस्व अनुसन्धान इकाई कार्यालय‚ बुटवल
-  राजस्व अनुसन्धान इकाई कार्यालय‚ कोहलपुर
यी इकाई कार्यालय अन्तर्गत विर्तामोड‚ बर्दिवास‚ नारायणगढ‚ पोखरा‚ वर्दघाट‚ धुलिखेल र थानकोटमा चेकपोष्ट छन् ।
२) भन्सार बिभाग
-  त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्तल भन्सार कार्यालय‚ एक सुख्खा बन्दरगाहा भन्सार कार्यालय तथा एक PCA  कार्यालय लगायत जम्मा ३१ मुल भन्सार कार्यालय र ती अन्तर्गत १४३ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा छन् ।
३) आन्तरिक राजस्व बिभाग
-  एक ठूला करदाता कार्यालय‚ २२ वटा आन्तरिक राजस्व कार्यालय र २६ वटा करदाता सेवा कार्यालय छन् ।
४) महालेखा नियन्त्रक कार्यालय
-  जस अन्तर्गत ७५ वटै जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले समेत राजस्व आर्जन र व्यवस्थापनमा उल्लेख्य सहयोग पुर्‍याएका छन् ।
स्रोतः शासकिय सुधार साप्ताहिक

Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages