२०७१ फागुन २७ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. नेपालको सांगीतिक रियालिटी सो नेपाली तारा-३ (वि.सं. २०७१ फागुन २२ मा काठमाण्डौंमा सम्पन्न) को उपाधि जित्ने प्रतिभा को हुन् ?
- प्रताप लामा (फस्ट रनर अप इटहरीका देवेश राई र सेकेण्ड रनर अफ चितवनका सुरेश लामा)
२. सन् २०१४ डिसेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी बीसौं सम्मेलन (कोप-२०) कहाँ सम्पन्न भयो ?
- लिमा‚ पेरु (उक्त सम्मेलनले लिमा कल फर क्लाइमेट एक्सन-२०१४ जारी गरेको ।)
३. अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ ?
- मार्च ८ (लैंगिकमैत्री संविधान‚ महिला हिंसाको निदान – राष्ट्रिय नारा तथा ‘Empowering Women Empowering Humanities‚ Picture It’ – अन्तर्राष्ट्रिय नाराका साथ सन् २०१५ मार्च ८ मा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो ।)
४. वि.सं. २०७१ फागुन २३ मा सम्पन्न १७ औं संस्करणको बुढाशुब्बा गोल्डकपको उपाधि कसले जित्यो ?
- एपीएफ क्लब (उपविजेता मानङ मस्‍याङदी कल्ब)
५. H1N1 भाइरसका कारण हुने स्वाइन फ्लू रोगलाई अर्को के नामले चिनिन्छ ?
- टाइप ए इन्फ्लुएन्जा
६. एईसीसी मिस नेवा- ११३५ को उपाधि जित्ने युवती को हुन् ?
- सरिना स्थापित
७. वि.सं. २०७१ फागुन २२ मा नेपालका कुन स्रष्टाको तस्वीर अंकित चाँदीको सिक्का विमोचन गरियो ?
- संस्कृतिविद सत्यमोहन जोशी

८. चौथो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१५ (भृकुटीमण्डप काठमाण्डौं) कहिले हुन् भएको छ ?
- वि.सं. २०७१ फागुन २८ देखी चैत्र २ सम्म
९. नेपालमा पहिलो बन्यजन्तु अस्पताल कहाँ निर्माण गरिने भएको छ ?
- सौराहा‚ चितवन (२०७१ फागुन २० मा सिलन्यास)
१०. इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सन् २०१५ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वको सबैभन्दा महँगो सहरका रुपमा कुन सहर रहेको छ ?
- सिंगापुर (सस्तो सहरमा कराँची पाकिस्तान)
११. महिला उम्वेद्वारलाई निजामती सेवामा प्रवेशका लागि उमेरको हद कति कायम गरिएको छ ?
- ४० बर्ष
१२. सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने स्रषटा को हुन् ?
- भूपि शेरचन ( वि.सं. २०२६ सालमा घुम्ने मेचमाथि अन्धो मान्छे नामक कविताका लागी दिइएको)
१३. तलकामध्ये स्थापनाका दृष्टिले सबैभन्दा कान्छो विश्वविद्यालय कुन हो?
- लुम्बिनी बौद्ध विश्वविद्यालय
१४. मानव शरीरमा सबैभन्दा बढी किसिमका कार्य गर्ने अंग कुन हो ?
- कलेजो
१५. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुन् प्रक्रियालाई के भनिन्छ ?
- उतपरिवर्तन
१६. विकिरणबाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो बस्तुले गुमाएको तापशक्तिको परिमाण चिसो बस्तुले ग्रहण गरेको तापशक्तिको परिमाणसँग बराबर हुन्छ भन्ने तथ्यले के लाई बुझाउँछ ?
- क्यालोरिमेट्री सिद्धान्त
१७. प्रकाश वर्ष कुन भौतिक परिमाणको एकाई हो ?
-लम्बाइ
१८. संयुक्त राष्ट्रसंघको बडापत्र‚ असंलग्नता‚ पञ्चशीलको सिद्धान्त‚ अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा नेपालको परराष्ट्र नीति सञ्चालित हुनेछ भनी अन्तरिम संविधान‚ २०६३ को कुन धारामा उल्लेख गरिएको छ ?
- धारा ३५
१९. नेपालको सबैभन्दा पहिला निर्माण भएको राजमार्ग कुन हो ?
- त्रिभुवन राजपथ
२०. अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाउने गरिन्छ ?
- डिसेम्बर १८ (सुरक्षित आप्रवासनको आवश्यकता : हामी सबैको प्रतिवद्धता भन्ने राष्ट्रिय नारासहित सन् २०१४ डिसेम्बर १८ मा यो दिवस मनाइयो।)
२१. शान्ति‚ विकास‚ सद्भाव र एकता : पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता को नाराका साथ २०६५ चैत्र २४ देखी ३० गतेसम्म काठमाण्डौंमा सम्पन्न पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के रहेको थियो ?
- रातो पाण्डा
२२. नेपालमा तोकिएको पसलबाट मात्र मदिरा विक्रि वितरण गर्ने व्यवस्था कहिलेदेखी भएको हो ?
- २०६५ मंसिर ३
२३. निम्नलिखित मध्ये कुन बेठीक छ छुट्याउनुहोस् ।
क) किराँतहरुको धर्मग्रन्थलाई मुन्धुम भनिन्छ ।
ख) प्रजा जाति भनेर चेपाङ जातिलाई चिनिन्छ ।
ग) लिम्बु जातिको पुरोहितलाई लामा भनिन्छ ।
घ) सुदूरपश्चिमाञ्चलमा खस तथा ब्राह्मणहरुले मान्ने कुल देवतालाई मस्टो भनिन्छ ।
- ग) लिम्बु जातिको पुरोहितलाई लामा भनिन्छ ।
२४. अन्तर्राष्ट्रिय श्रम संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ?
- जेनेभा‚ स्वीट्जरल्याण्ड
२५. नेपालमा संरक्षित स्तनधारि वन्यजन्तुको संख्या कति छ ?
- २७
- २६. नेपाल सरकार र नेपाला कम्युनिष्ट पार्टी (माओवादी) वीच भएको विस्तृत शान्ति सम्झौतामा कहिले हस्ताक्षर भएको थियो ?
- वि.सं. २०६३ मंसिर ५
२७. भाग्य मानिसको जीवनपद्धतिबाट उदाउँछ भन्ने विचारक को हुन् ?
- माक्‍स तुंलियस सिसेरो
२८. नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र पूर्वधार विशेष कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली‚ २०७१ कहिले सार्वजनिक गर्‍यो ?
- वि.सं. २०७१ पौष ९
२९. सन् २०१४ डिसेम्बरमा दक्षिण कोरियामा सम्पन्न जैविक विविधतासम्बन्धी १२ औं सम्मेलनले कुन देशको राष्ट्रिय निकुञ्जलाई कन्जरभेसन एसिया टाइगर स्टान्डर्डको कार्यान्वयन गर्ने उत्कृष्ट निकुञ्जका रुपमा सूचीकृत गरेको छ ?

- नेपाल ( चितवन राष्ट्रिय निकुञ्ज)
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages