२०७१ चैत्र ४ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तरहरु


१. विश्व उपभोक्ता अधिकार दिवस कहिले मनाउने गरिन्छ ?
- मार्च १५
२. नयोँ लक्ष्य निर्धारण गरेन र नयाँ सपना देख्न तिमी कहिल्यै बुढो हुँदैनौ भन्ने विचारक को हुन् ?
-  सीएस लेविस
३. बनेपा-सिन्धुली-बर्दिवास सडकको लम्बाइ कति रहेको छ ?
- १६० कि.मि. (यस सडकलाई सरकारले नेसनल हाइवे एच जिरो सिक्स नामकरण गरेको छ।)
४. वि.सं. २०७१ फागुन २४-२६ सम्म नवजात शिशु‚ उनीहरुमा लाग्ने रोग‚ संक्रमण र निदान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइएलसीओएन-२०१५) कहाँ सम्मन्न भयो ?
- धरान
५. ISBN को पुरा रुप के हो ?
- International Standard Book Number (सन् १९६६ बाट सुरुवात)
६. सोलार इम्पल्स – २ भनेको के हो ?
- सौर्य ऊर्जाबाट चल्ने हवाइजहाज
७. नेपाल जैविक विविधतामा विश्वको कतिऔं स्थानमा रहेको छ ?
- २५ औं ( एसियामा ११ औं)
८. वि.सं. २०७१ फागुन २८ मा राजधानीमा आयोजित एक विशेष समारोहमा चलचित्र वर्ष व्क्तिका रुपमा सम्मानित हुने प्रतिभा को को हुन् ?
- सौगात विष्ट र प्रियंका कार्की
९. ग्लोबल फाइनान्स वर्ड वेस्ट बैङ्क अवार्डका साथै द वर्ड वेस्ट इमार्जिङ मार्केट्स बैंक इन एसिया-प्यासिफक – २०१५ बाट सम्मानित हुने बैंक कुन हो ?
- स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लि.

१०. नयाँ संसार (New World)  भनी चिनिने महादेश कुन हो ?
- उत्तर अमेरिका
११. अफ्रिका महादेशको घाँसे मैदानलाई के भनी चिनिन्छ ?
- भेल्ड
१२. बैदिक कालमा वेदको अध्ययन पछि सन्यास लिने महिलालाई के भनिन्थ्यो ?
- ब्रह्मवादिनी
१३. प्रशान्त महासागर कुन आकारमा रहेको छ ?
- त्रिभुजाकार
१४. २००७ सालको जनआन्दोलन पछिका पहिलो शिक्षा मन्त्री को थिए ?
- नृपजंग राणा
१५. एक क्लोरीमा कति जुल हुन्छ ?
- ४.२ जुल
१६. उपग्रह नभएका ग्रहहरु कुन कुन हुन् ?
- बुध र शुक्र
१७. तलका मध्ये तारापुञ्जको प्रकार कुन हो ?
- अण्डाकार‚ स्पाइरल‚ अनियमित
१८. बेहोस भएको व्यक्तिलाई सबैभन्दा पहिले के कुरामा ध्यान दिनुपर्छ ?
- Airway, Breathing and Circulation
१९. चण्डी पूजा कुन जातिमा प्रचलित छ ?
- राई
२०. भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
- रणजित मल्ल
२१. नेपाल पर्यटन वर्ष – २०११ को मूल नारा के थियो ?
- पर्यटनका लागि सँगसँगै
२२. क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त हुन्छ ?
- बी.सी.जी.
२३. महर्षि बाल्मीकिद्वारा लिखित रामायणका सात काण्डमा तलकामध्ये कुन पर्दैन ?
- शान्तिकुण्ड (दिइएको अप्सनमा)
२४. नेपालका सर्वप्रथम जनगणना लिने संस्था हुन हो ?
- सेन्सर गोश्वारा
२५. गाउँ विकास समितिको बार्षिक बजेट तथा कार्यक्रम कसले पारित गर्छ ?
- गाउँ परिषद्
२६. नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज आफ्नो स्थापनाकालमा कुन विश्वविद्यालय सँग सम्बन्धित थियो ?
- कोलकाता
२७. निजामती कर्मचारीको वैयक्तिक विवरण तथा अभिलेख कहाँ राखिन्छ ?

- निजामती किताबखाना
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages