कार्यपालिका भनेको के हो ? कार्यपालिकाले गर्ने कार्यहरु उल्लेख गर्नुहोस् ।-


      राज्यको कानुन कार्यान्वयन गराउने मन्त्रीहरु सहितको मन्त्रिपरिषद्लाई कार्यपालिका भनिन्छ । यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत सरकार प्रमुख अर्थात प्रधानमन्त्री‚ मन्त्री‚ निजामती सेवा‚ सेना- प्रहरीजस्ता निकायहरु पर्दछन् । कार्यपालिकालाई वास्तविक रुपमा प्रशासन पनि भन्न सकिन्छ । कार्यपालिकाको गठन मुख्यरुपमा दुई प्रकारले हुने गर्दछ । संसदीय शासन प्रणाली भएका मुलक जस्तै : बेलायत‚ भारत‚ बंगलादेश‚ नेपालमा चुनावमा बहुमत प्राप्त दलको नेतालाई संसदको बहुमतद्वारा प्रधानमन्त्रीमा नियुक्त गरी प्रधानमन्त्रीले मन्त्रीपरिषद्को गठन गर्ने व्यवस्था हुन्छ । राष्ट्रपतीय शासन प्रणाली भएका मुलुक जस्तै : अमेरिका‚ जर्मन‚ फ्रान्समा जनताद्वारा राष्ट्रपतिको सिधै निर्वाचन भई राष्ट्रपतिले सरकारको गठन गर्ने व्यवस्था हुन्छ ।

कार्यपालिकाले गर्ने कार्यहरु

-   -  देशमा शान्तिसुरक्षा कायम गर्ने‚ देशको रक्षा गर्ने‚ प्रतिरक्षा गर्ने‚
-   -  राष्ट्रिय नीतिहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने‚
-    - संसदले बनाएका कानुन लागु गर्ने‚
-   -  सांसदले दिएको अख्तियारभित्र रही संविधान अनुकूल हुने गरी नियम‚ बिनियम बनाउने‚
-   -  आय व्ययको विवरण बजेट तयार गरी संसदमा पेश गर्ने‚ संसदबाट बजेट पारित गराई लागू गर्ने‚
-    - अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने‚ कूटनीतिक सम्बन्ध कायम गर्ने‚
-  -  राज्य सञ्चालनका लागि नियमित‚ आकस्मिक र विकासात्मक कार्य गर्ने‚

-  -  जनहितका लागि लोककल्याणकारी कार्य गर्ने । 
Share:

19 comments:

  1. संविधानवाद र सिमित सरकार
    संविधानवाद र संविधान
    मुख्य मन्त्री र प्रदेश प्रमूख बिच फरक भन्दिनुन सर please

    ReplyDelete
  2. धेरै जान्ने मौका दिनुभएकोमा मुरी मुरि धन्यवाद ।

    ReplyDelete
  3. Thank you so much sir

    ReplyDelete
  4. Osm and short and sweet 😋 answers

    ReplyDelete
  5. Thank you im preparing for the exam

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages