संवैधनिक अंग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधनिक अंग छन् ? लेख्नुहोस् ।


      कार्यपालिका‚ व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायहलाई संवैधानिक अंग भनिन्छ । संवैधानिक अंगका काम‚ कर्तव्य‚ अधिकार‚ तिनमा रहने पदाधिकारीको संख्या‚ तिनको नियुक्ति एवं बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अंग स्वतन्त्र‚ स्वायत्त‚ तटस्थ एवं निष्पक्ष हुने गर्दछ । सरकारको कामकारवाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन‚ जनताका हक अधिकारको रक्षा गर्न‚ सत्तारुढ दलबाट हुन सक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न‚ सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अंगको आवश्यकता पर्दछ ।
नेपालमा भएका संवैधानिक अंग
      नेपालको अन्तरिम संविधान‚ २०६३ अनुसार हाल नेपालमा निम्न ६ वटा संवैधानिक अंगहरु रहेका छन्
१. लोकसेवा आयोग
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३. महालेखा परीक्षक
४. राष्ट्रिय मानव अधिकार आयोग
५. निर्वाचन आयोग

६. महान्यायाधिवक्ता
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages