समानुपातिक
प्रतिनिधित्व
जातीय, वर्गीय, लैङ्किक, भौगोलिक, जनसंख्याको अनुपातका
आधारमा प्रतिनिधित्वको अधिकार स्थापित हुनु नै समानुपातिक प्रतिनिधित्व (Proportional
Representation) हो
। सामान्यतया: विश्वमा निर्वाचनको माध्यमबाट दुई किसिमका प्रतिनिधित्व प्रणाली
प्रचलनमा छन्–
(क) पहिलो निर्वाचित हुने प्रणाली
(ख) समानुपातिक प्रतिनिधित्व
प्रणाली
समानुपातिक
प्रतिनिधित्व प्रणाली :
समावेशी लोकतन्त्र अवलम्बन
गर्नका लागि सामाजिक संरचनाको आधारमा राजनैतिक संरचना तर्जुमा गर्न सबै वर्ग, जाति, भाषाभाषि, लिङ्ग आदि विविधता
व्यवस्थापन गर्न यस्तो पद्धति अनुसरण गर्ने गरिन्छ । दक्षिण अफ्रिका, नाइजेरिया, नेपाल यसका उदाहरण हुन्
।
यस पद्धतिमा देशलाई एउटै निर्वाचन क्षेत्र मानी
देशभरिबाट राजनीतिक दलले प्राप्त गरेको मतको अनुपातमा सदस्य संख्या निर्वाचित
हुन्छन् । यसरी निर्वाचन हुनु अघि उम्मेदवारहरूको सूची समावेशी आधारमा तयार गरी
राजनीतिक दलहरूले निवार्चन आयोगमा बुझाउँछन । यसै सूचीबाट आफ्नो भागमा परेको
संख्याको आधारमा प्रतिनिधिहरुको घोषणा दलहरूले गर्नुपर्छ । यसो गर्दा समावेशिताको
आधारमा चयन गर्नुपर्छ । राजनीतिक दलहरूले प्राप्त गरको मत अनुसार सीट विभाजन गर्दा
केही मत शेषको रूपमा रहन्छन । त्यसबाट साना दलले सीट प्राप्त गर्न सक्ने अवस्था
आउँछ । यसरी निर्वािचत हुँदा निर्वाचन आयोगमा बुझाएको सूची भित्रका व्यक्तिलाई
मात्र चयन गर्न पाइन्छ ।
उपरोक्त प्रक्रिया बन्द सूची प्रणालीको हो । खुल्ला सूची
प्रणालीमा चाहिँ राजनीतिक दलले आफूले तयार गरेको सूचीका
सबै मानिसको नाम प्राथमिकताक्रम अनुसार सार्वजनिक गर्नु पर्छ । आफूले पाएको मत अनुसार
प्राथमिकताको सूचीमा रहेका व्यक्ति निर्वाचित हुन्छन् ।
समानुपातिक
प्रतिनिधित्व प्रणालीका सकारात्मक पक्षहरू
- जातीय, भाषिक, लैङ्गिक, वर्गीय आधारमा मुलुकको
व्यवस्थापिका र स्थानीय निकायमा प्रतिनिधित्व भई विविधताको व्यवस्थापन (Diversity
management) हुन्छ
।
- यसले
समावेशीकरणको प्रक्रियालाई मूर्तरूप दिन्छ ।
- द्वन्द्व
व्यवस्थापन गर्न सजिलो हुन्छ ।
- सिमान्तिकृत
वर्गको समेत प्रतिनिधित्व हुन्छ ।
- सबैका
विचारहरूले राज्य व्यवस्थाका माथिल्ला तहसम्म स्थान पाउँछन् ।
- निर्वाचित
प्रतिनिधि निर्वाचन क्षेत्र केन्द्रित नभई देशकै प्रतिनिधि हुन्छन् ।
- चुनाव
जित्न गरिने अनियमितता, धाँधली
र पैसा खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुन्छ ।
- व्यक्तिभन्दा
राजनीतिक दलको विचार र कामलाई मतदाताले चयन गर्दछन् ।
समानुपातिक
प्रतिनिधित्व प्रणालीका कमजोर पक्षहरू
- राजनीतिक
नेतृत्व शक्तिशाली र लोकप्रिय व्यक्ति पछि पर्ने हुनसक्छ ।
- धेरै
दलको प्रतिनिधित्वले Hung Parliament को अवस्था सिर्जना हुन्छ ।
- सरकार
बनाउने ढाल्ने खेल चलिरहन्छ, सरकार अस्थीर हुन्छ ।
- जातीय, साप्रदायिक र क्षेत्रीय
दलको उदय र प्रभाव ज्यादा रहन्छ ।
- राष्ट्रियस्तरका
दलहरू कमजोर बन्न सक्छन् ।
- धेरै
राजनीतिक दलको उपस्थितिले संसदीय÷स्थानीय निकायको खर्च बढ्न जान्छ ।
- Elected भन्दा
पनि Nominated पद्धति हावी हुन्छ ।
No comments:
Post a Comment