अक्षांश, देशान्तर र अन्तर्राष्ट्रिय तिथी रेखा सम्बन्धी जानकारी


अक्षांश


भू- मध्ये रेखासगं समानन्तर हुने गरी पूर्व पश्चिम दिशामा खिचिएको रेखालाई अक्षाशं भनिन्छ 

भू- मध्ये रेखा बाट उत्तरमा उतरी ध्रुब र दक्षिणमा ध्रुबमा क्रमस १/(१११बर्ग कि.मि.)को फरकमा जम्मा ९०/९० वटा गरी १८० वटा अक्षाश रेखाहरुरहेको हुन्छन्।

भू मध्यरेखा ० डिग्री मा हुन्छ , भू मध्यरेखा बाट माथि ९० डिग्री सम्म उत्तरी ध्रुब र भूमध्यरेखाबाट तल ९० डिग्री सम्म दक्षीणि गोलाद्ध पर्दछ ।

उतरी गोलाद्धमा २३.डिग्री उत्तरी अक्षाशलाई कर्कट रेखा ६६.डिग्री उतरी अक्षाशलाई सुमेरु वृत्त र दक्षिणमा २३.डिग्री दक्षिणि अक्षाशलाई मकर रेखा र ६६.डिग्री दक्षिणी अक्षाशलाई कुमेरु वृत्त भनिन्छ ।


देशान्तर


प्रधानमध्यान्न रेखालाई आधार मानि पृथ्वीको उत्तरी ध्रुबदेखि दक्षिणी ध्रुबसम्म खिचिएको काल्पनिक रेखालाई देसान्तर भनिन्छ ।

यो रेखा बेलायतको ग्रीनबिच भन्ने ठाउमा पर्दछ ।

प्रधानमध्यान्न रेखादेखि पूर्वमा परेका १८० डिग्री सम्मका देशान्तररेखालाई पूर्वी देशान्तर र पश्चिममा परेका १८० डिग्री सम्मका रेखालाई पश्चिमि देशान्तर भनिन्छ ।

देशान्तर रेखाहरु आपसमा बराबर हुन्छन्,१ डिग्री देशान्तर बराबर ४ मिनट समयको फरक पर्दछ यसै रेखाको आधारमा ससांरको जुनसुकै स्थानको समय निर्धारण गर्ने गरिन्छ ।



अन्तर्राष्ट्रिय तिथी रेखा


विश्वको तिथि मिति छुट्याउने १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथिरेखा भनिन्छ ।

पृथ्वीको हरेक १८० डिग्री देशान्तरमा ४ मिनेट समय फरका पदै जादां ग्रिनबिच देखि पुर्वमा १८० डिग्री सम्म १२ घण्टा समय चाडो र पश्चिम १८० डिग्री मा १२ घण्टा ढिलो हुँदा ३६० डिग्रीमा २४ घण्टा समयको अन्तर पर्दछ । यो रेखा देखि पुर्वी भागमा र पश्चिम भागमा एकदिनको तिथीमिति फरका पर्ने र यसलाई अन्तराष्ट्रिय रुपमा विश्वले नै मान्य भएकाले यसलाई अन्तराष्ट्रिय तिथी रेखा को रुपमा मानिएको छ ।

यस रेखालाईनै आधार मानेर संसारको जुनसुकै स्थानको प्रमाणिक समय निधारण गर्ने गरिन्छ ।
Share:

19 comments:

  1. अक्षांश रेखा काल्पनिक हो कि वास्तविक हो ।

    ReplyDelete
  2. देसान्तर रेखा कसतो आकार का छन

    ReplyDelete
  3. नेपाल को नक्शा पूर्व पश्चिम वक्राकार छ । कती डीग्री मा छ भनी कसरी हेर्ने ?

    ReplyDelete
  4. नेपाल को नक्शा पूर्व पश्चिम वक्राकार छ । कती डीग्री मा अवस्थित छ भनी कसरी हेर्ने ?

    ReplyDelete
  5. अन्तराष्ट्रिय तिथि रेखा किन सबै ठाउँमा शिधा हुन्छ??

    ReplyDelete
  6. जति पनि रेखाहरु छन सबै काल्पनिक हुन

    ReplyDelete
  7. अन्तराष्ट्रिय तिथी रेखा लाई छुने देशहरु कती वटा छन ?

    ReplyDelete
  8. गोलार्ध भनेको के हो?

    ReplyDelete
  9. ग्रीनविच रेखा भनेको के हो?

    ReplyDelete
  10. बेलायतको ग्रीनविच (Greenwich) भन्ने ठाउँ भएर जाने काल्पनिक शुन्य डिग्री देशान्तर रेखालाई के भनिन्छ ?

    ReplyDelete
  11. १ डिग्री मा ४ मिनेट किन हुन्छ?

    ReplyDelete
  12. बेलायतको ग्रीनविच भन्ने ठाउँ भएर जाने काल्पनिक शून्य डिग्री देशान्तर रेखालाई के भनिन्छ।

    ReplyDelete

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages