अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८
Share:

नेपालको अन्तरिम संविधान २०६३

नेपालको अन्तरिम संविधान २०६३ संसोधन सहित

नेपालको अन्तरिम संविधान २०६३

Share:

निजामती सेवा ऐन तेश्रो संसोधन २०७०

निजामती सेवा ऐन, २०४९ लाई संशोधन गर्न बनेको ऐन
                                                                                                       नेपाल राजपत्रमा प्रक्रकाशित मिति 
                                                                                                                     २०७०।१२।१२
Share:

नायब शुब्बा तथा खरिदार सहयोगी १०० भन्दा बढी बस्तुगत प्रश्नोत्तर

१. मुस्लिम समुदायको वैवाहिक परम्परा वा रितिरिवाजलाई के भनिन्छ ?

- निकाह
२. बौद्ध धर्मग्रन्थ अन्तर्गत गौतम बुद्धका उपदेशहरु कुन पिटकमा रहेका छ्न ?
- सुक्तिपिटिक
३. शिख धर्मको पुजास्थललाई के भनिन्छ ?
- गुरुद्वार
४. बौद्ध भिक्षुहरुको संघलाई के भनिन्छ ?
- काय
५. भगवान बुद्धलाई मार्न खोज्ने भिक्षु को हुन् ?
- देवदत्त
६. पुराणमा मुगालाई 'प्रवलमणी' भनिन्छ भने हिरालाई के भनिन्छ ?
- बज्रमणी
७. भगवान रामकी बहिनी को नाम के थियोे ?
- शान्ति
८. विष्णुको धनुषलाई के भनिन्छ ?
- सारङ्ग
९. जिरेल जातिको पुरोहितलाई के भनिन्छ ?
- नाक्सो
१०. शिया, सुन्नी कुन धर्मका सम्प्रदाय हुन् ?
- इस्लाम
Share:

१८ औं सार्क सम्मेलन २०१४ बारे महत्वपूर्ण जानकारी

१. वि.सं २०७१ मंसिर १० र ११ (Nov 26-27) मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा "शान्ति र संवृद्धिका लागि गहन एकता " रहेको थियो ।
२. १८ औं सार्क सम्मेलनले 36 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ  !
३. १९ औँ सार्क शिखर सम्मेलन 2 वर्षपछि 2016 मा पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।
४. १८ औं सार्क सम्मेलनमा ८ स्थायी सदश्य राष्ट्रका अलावा ८ राष्ट्र र युरोपियन युनियन समेत गरी ९ वटा पर्यबेक्षक समूह रहेका छन । पर्यवेक्षकको रुपमा रहने राष्ट्रहरु चीन, अष्ट्रेलिया, इरान, दक्षिण कोरीया, मौरसिस, म्यानमार, अमेरीका र जापान हुन ।
५. १८ औ सार्क सम्मेलनमा भाग लिन आएका सरकार/राष्ट्र प्रमूखहरु मध्य एकमात्र महिला सहभागी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद हुन ।
६. १८ औ सार्क सम्मेलनको अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले गरेका थिए । १७ औ सार्क सम्मेलनको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयले कोइरालालाई
अध्यक्षता हस्तान्तरण गरेका थिए ।
७. १८ औ सार्क सम्मेलनको उदघाटन नेपालका प्रधानमन्त्रि सुशिल कोइरालाले सन २०१४ नोभेम्वर २६ (२०७१ मङ्सिर  १०) काठमाण्डौको सिटी हल (राष्ट्रिय सभागृहमा) गरेका थिए ।
८. १८ औ सार्क सम्मेलनको उदघाटनसत्रमा पहिलो मन्तव्य १७औ सार्क सम्मेलनदेखिका अध्यक्षको हैसियतले माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल गयिमले   दिएका थिए ।
९. त्यसपछि बर्तमान आयोजकको हैसियतले अध्यक्षता नेपालका प्रधानमन्त्रि सुशिल कोइरालामा हस्तान्तरण भइ दोश्रो मन्तव्य कोइरालाले दिएका थिए ।
१० . उदघाटनसत्रमा तेश्रो मन्तव्य आगामी १९औ सार्कको आयोजकको हैसियतले पाकिस्तानी प्रधानमन्त्री मोहम्मद नवाज सरिफले गरेका थिए । त्यसपछि बांकी सदश्य राष्ट्रका सरकार/राष्ट्र प्रमूखहरुले बर्णानुक्रमानुसार मन्तव्य दिएका थिए ।
११. पर्यबेक्षकका रुपमा रहेको  मौरिसस यो सार्क सिखर सम्मेलनमा अनुपस्थित रहेको थियो । 
                                                                                                                  -  गौतम डायरीबाट
Share:

मानव संशाधन विकासका विशेषताहरु उल्लेख गर्नुहोस् ।


      संगठनमा कार्यरत जनशक्तिको ज्ञान बढाउने‚ सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन ल्याउने कार्य मानव संशाधन विकास हो । यो कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कार्य हो । यसमा Operating Level का कर्मचारीलाई सोहीसम्बन्धी तालिम तथा Management Level का व्यवस्थापकलाई व्यवस्थापन विकास तालिम दिइन्छ । मानव संशाधन व्यवस्थापनका कार्य जस्तैः मानव संशाधनको प्राप्ति‚ विकास‚ उपयोग र सम्भारमध्ये मानव संशाधन विकास एक महत्पूर्ण कार्य हो । मानव संशाधन विकासको यस अर्थबाट पिन यसका केही विशेषता बुझ्न सकिन्छ । अरु विशेषताहरु निम्न छनः
Share:

कम्प्यूटर प्रणाली भनेको के हो ? कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्वबारे छोटकरीमा लेख्नुहोस् ।


      संकलन गरेका कच्चा सूचना तथा तथ्यांकको प्रवेश गराई प्रशोधनमार्फत उत्पादन गरी सोको व्यवस्थित भण्डारण ( Input, Processing, Output, Store)  गर्ने विद्युतीय उपकरणलाई कम्प्यूटर प्रणाली भनिन्छ । नेपालीमा यसलाई सुसाङ्ख्य भनिन्छ । कार्यालयको काम कारवाहीलाई छिटो छरितो बनाउन‚ सेवा प्रवाहमा गुणस्तर बढाउन‚ Paperless Office को अवधारणा लागू गर्न तथा कार्यालयलाई आधुनिक बनाउन समेत यसले सहयोग गर्दछ ।
कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व
      सेवा प्रदान गर्ने स्थान कार्यालय हो । कार्यालयको निश्चित उद्देश्य हुन्छ । उही उद्देश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने‚ संगठन गर्ने‚ समन्वय गर्ने‚ नियन्त्रण गर्ने‚ साधन स्रोतको परिचालन गर्ने गर्दछ । कार्यालयले गर्ने उपरोक्त कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस सूचना र तथ्यांकको आवश्यकता पर्दछ । त्यही सूचना र तथ्याङकको संकलन‚ प्रशोधन‚ उत्पादन एवं भण्डारणको कार्य कम्प्यूटर प्रणालीले गर्दछ । समग्रमा कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्कता र महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
Þ     कार्यालयको नीति निर्माण‚ योजना तर्जुमा एवं निर्णय गर्नका लागि भरपर्दो सूचना उपलब्ध गराउन‚
Þ     कार्यालको काम कारवाहीलाई पारदर्शी एवं आवश्यकताअनुसार गोपनियता कामग गर्न‚
Þ     अभिलेख कार्यलाई थप व्यवस्थित बनाउन‚
Þ     भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी Document सुरक्षित राख्न‚
Þ     आवश्यक परेको समयमा प्रमाणको रुपमा कागजात जुटाउन‚
Þ     कार्यालयमा सूचना सजिलै उपलब्ध गराउन‚
Þ     खोजेको समयमा कागजात सजिलै प्राप्त गरी समय‚ श्रम र साधन स्रोतको वचत गर्न‚
Þ     नयाँ कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन‚
Þ     कार्यालयको कुशल व्वस्थापन गर्ने कार्यमा मद्दत गर्न‚

Þ     कार्यालयको समग्र प्रगति प्रतिवदेन बनाउने कार्यलाई व्वस्थित गर्न‚ आदि ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages