राणाशासन काल
२.७ राणाशासन काल
पृथ्वीनारायण शाहको
पूर्वी नेपालको कोशी क्षेत्रको विजय अभियानमा कास्की र लमजुङका कुँवर
क्षेत्रीहरूले अधिक मात्रामा भाग लिएका थिए । यसै कारण जङ्गबहादुरले
आफूलाई कास्की र लमजुङका महाराज घोषित गराए । राणा प्रधानमन्त्रीहरू
श्री ३ महाराज कहलिन थाले ।
पूर्वी विजयपछि
पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरलाई प्यूठान पठाए । त्यहाँ उनी बारूदखाना
तैयार गर्न लगाउँदै थिए, त्यसै बेला २१ मार्च १७७१ ई.मा उनको मृत्यु भयो
। रामकृष्ण कुँवरको मृत्युपछि १८ वर्षीय उनका छोरा रणजित कुँवर नवविजित
जुम्लाका हाकिम नियुक्त भए । त्यहाँ शान्ति सुव्यवस्था राम्रो गर्न सफल भएकाले उनलाई
नेपालका चारकाजीमध्ये एक काजी बनाइयो ।
नेपालको आधुनिक काल इतिहास
२.६ आधुनिक काल
आधुनिक नेपालको राजनीतिक
इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भ हुन्छ । शाहवंशीय
राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु
भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रर्वतक
पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना दुखले अर्ज्याको मुलुक
होइन चार वर्ण छत्तीस जातको फूलबारी हो सबैलाई चेतना भया’ भन्ने एकताबोधको
सन्देशसमेत दिएका छन् । विशाल नेपाल निर्माणमा पृथ्वीनारायण
शाहलाई एकीकरण अधिष्ठाता मानिन्छ । साना–साना थुम र टाकुरे राज्यमा विभक्त
भू–खण्डलाई समेटी
शक्तिशाली राज्यमा एकीकृत र सङ्गठित गर्न वि.स. १८०१ (ई.स. १७४४) को नुवाकोट विजयदेखि वि.स.
१८७३ (ई.स.१८१६) को सुगौली
सन्धिसम्म करीब ७३ वर्ष लागेको थियो ।
आधुनिक नेपालको राजनीतिक विकासक्रम : २००७ देखि २०१७ सम्म
३.१ आधुनिक
नेपालको राजनीतिक विकासक्रम
आधुनिक नेपालको राजनीतिक
इतिहासको प्रारम्भ राणा शासनविरूद्धको आन्दोलनबाट सुरू हुन्छ ।
वि.सं. २००७ साल असोज ७ र ८ गते भारतको वैरगनीयामा भएको
नेपाली काँग्रेसको सम्मेलनले नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको
स्थापनाको लागि सशस्त्र संघर्ष गर्ने निर्णय गरेअनुरूप २००७ साल कार्तिक २५
गतेदेखि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष सुरू गर्यो । २००७ साल फागुन
४ गते राजा त्रिभुवन सपरिवार नेपाल फर्केपछि ७ गते शाही घोषणाद्वारा प्रजातन्त्र स्थापना गरियो
।
निजामती सेवामा नयाँ योग्यता लागु गर्ने तयारी
तपाईसँग एसएलसीको मात्र
प्रमाणपत्र छ र खरिदारसरहको सरकारी जागिर खाने सोचमा हुनुहुन्छ भने चाँडो गर्नुस, अब एसललसी पढेर खरिदार बन्ने दिन सकिन लागेका छन् । यस्तै
अधिकृतको तयारी गर्दै हुनुहुन्छ र स्नातकको मात्र प्रमाणपत्र छ भने अब क्षैक्षिक
योग्यता बढाउनुपर्ने अवस्था आउने भएको छ ।
सरकारले निजामती सेवा प्रवेशमा नयाँ योग्यता लागू गर्ने तयारी
गरेसँगै यस्तो अवस्था आएको हो । अब निजामती सेवाको खरिदारसरहको पदका लागि न्यूनतम
प्रवीणता प्रमाणपत्र तह (कक्षा १२), नायब
सुब्बाका लागि स्नातक तह र शाखा अधिकृतका लागि स्नातकोत्तर तहको शैक्षिक
प्रमाणपत्र चाहिने नयाँ व्यवस्था हुन लागेको छ ।
सामान्य
प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीका अनुसार नयाँ योग्यता
लागू गर्ने विषयमा लेखेर पठाइसकिएको र सम्बन्धित मन्त्रालयबाट राय आएपछि लोकसेवा
आयोगमा पठाइने तयारी सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।
मुलुकमा
पढेलेखेका मानिस अत्यन्तै न्यून रहेका बेला निर्धारण गरिएको योग्यता समय सान्दर्भिक
नभएको ठहर गर्दै यसअघि तोकिएको आधारभूत योग्यतालाई परिवर्तन गर्ने अन्तिम तयारी
गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
“बजारमा
जुनसुकै विषयका विषयविज्ञ जति भने पनि पाइने अवस्थामा अहिले भएको न्यूनतम शैक्षिक
योग्यता समय सान्दर्भिक छैन, त्यसैले यसलाई संशोधन गर्ने तयारी गरिएको हो”, प्रवक्ता
अधिकारीले भन्नुभयो । हालको व्यवस्था वि.सं. २०१३ मा
निजामती सेवा गठनसँगै लागू भएको हो ।
“नयाँ
शैक्षिक योग्यतासम्बन्धी व्यवस्था लागू हुन केही समय लाग्नेछ । अहिले विज्ञापन
भइसकेका पदको हकमा नयाँ योग्यता लागू हुन्न तर अब केही समयपछि हामी नयाँ योग्यता
लागू गरेरै छाड्छौं”, प्रवक्ता अधिकारीले भन्नुभयो ।
खरिदार पदका
लागि अब कम्प्युटर शिक्षा पनि अनिवार्य गर्ने योजना सरकारको छ । सूचनाप्रविधिको यो
युगमा अब कम्प्यूटरको आधारभुत ज्ञान नभएको मानिसलाई जागिरमा राखेर राम्रो नतिजा
ल्याउन नसकिने निष्कर्षमा सरकार पुगेको मन्त्रालयको भनाइ छ ।
सरकारी
स्वाभित्वका वित्तीय निकाय (बैङ्कहरु) तथा केही सार्वजनिक संस्थाले यसअघि नै नयाँ
शैक्षिक योग्यता लागू गरेको जानकारी दिँदै मन्त्रालयले निजामती सेवा चुस्त र प्रभावकारी बनाउन पनि
नयाँ योग्यता लागू गर्ने योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
“सरकारले
लिएको सोच सकारात्मक छ । यसले निजामती सेवालाई सार्प (धारिलो) बनाउन मद्दत गर्छ ।
यो व्यवस्थाले निजामती सेवामा प्रवेश गर्ने उम्मेदवार राम्रो पढेलेखेको, अध्ययनशील र
सूचनाप्रविधिमा योग्य हुनेछन्”, वरिष्ठ प्रशासनविद् डा. भीमदेव
भट्टले भन्नुभयो ।
लोकसेवा आयोगका
सहसचिव एवं वरिष्ठ मनोवेत्ता खगेन्द्र सुवेदीले नयाँ योग्यता लागू गरौं भनेर लामो
समयदेखि आयोगले भन्दै आएको चर्चा गर्दै अहिले लिएको सरकारी कदम स्वागतयोग्य भएको
प्रतिक्रिया दिनुभयो ।
नयाँ योग्यता
लागू गर्ने सरकारी तयारीप्रति केही राजनीतिक दलका नेताले असन्तुष्टि व्यक्त गरे
पनि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यसलाई जसरी पनि लागू गरेरै छाड्ने
अडान लिएको बताइएको छ ।
स्रोतः गोरखापत्र
नेपालको मध्यकालिन इतिहास
२.५ मध्यकाल
वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरू भएपछि
नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण
भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको ९०० वर्ष लामो
समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले
नेपालको सन्दर्भमा ‘मल्लकाल’ को रूपमा अध्ययन गर्ने प्रचलन छ । यस
कालका केही शताब्दीसम्म नेपाल पहिलाको लिच्छवि राज्यजत्रै विशाल रहेको तर
पछि क्रमशः ठाउँठाउँमा साना स्वतन्त्र राज्यहरू बनेका देखिन्छन् । बीच–बीचमा एकीकरणको
पुन प्रयास र विस्तार पनि भएको थियो । तसर्थ मध्यकालीन नेपालको भौगोलिक स्थिति कहिले एकीकृत, कहिले विखण्डित, कहिले विस्तारित
र कहिले सङ्कुचित भएको पाइन्छ ।
नेपालको प्रमुख ऐतिहासिक घटनाक्रम
ऐतिहासिक घटनाक्रम
|
मिति
|
विपश्वी बुद्धको नेपाल आगमन
|
सत्ययुग
|
मञ्जुश्रीले दहको रुपमा रहेको काठमाडौँ उपत्यकाको पानी काटी बगाएर बस्ती बसाएको
|
त्रेतायुग
|
नेपालका प्रथम राजा धर्माकर
|
त्रेतायुग
|
छैटौँ किराती राजा हुमती
|
महाभारतको युद्धकाल
|
गौतम बुद्धको नेपाल आगमन
|
सातौँ किराती राजा जितेदास्तीका पालामा
|
सम्राट अशोकको नेपालआगमन
|
चौधौँ किराती राजा
स्थूंकका पालामा |








