असार
२१ मन्त्रिपरिषद् बैठकद्वारा बढी
प्रचलनमा रहेका ९६ किसिमका औषधीको मूल्यसूची निर्धारण ।
२२ राष्ट्रपति डा. रामवरण यादवबाट
नेपाल सरकारको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत ।
२४ त्रिशूली-काठमाण्डौं पासाङल्हामु
मार्गअन्तर्गत सिस्नेरीमा गएको पहिरोमा यात्रुबाहक बस पुरिँदा चालकसहित चारजनाको
मृत्यु ।
२५ संस्कृतिविद् डा. सत्यमोहन जोशी, नेकपा एमालेकी नेत्री शान्ता चौधरी र भारतको पटना
विश्वविद्यालयका प्राध्यापक
डा. राजेन्द्रराम पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत ।
२७ व्यवस्थापिका संसद् बैठकमा पेस
गरिएको सरकारको नीति तथा कार्यक्रम तिन दिनको छलफलपछि बहुमतले पारित ।
२८ झापा भद्रपुरमा निर्माण गर्न
लागिएको गिरिजाप्रसाद कोइराला स्मृतिभवन (सभागृह) को प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा
ओली, एनेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड र मधेसी नेता विजयकुमार गच्छदारद्वारा संयुक्तरुपमा
शिलन्यास ।
२९ आर्थिक वर्ष २०७२/७३ को अर्थतन्त्र
दोब्बर बृद्धि गर्ने लक्ष्य र पुननिर्माण प्राथमिकतासहित अर्थमन्त्री डा. रामशरण महतद्वारा आठ खर्ब १९ अर्बको बजेट सार्वजनिक ।
३१ व्यवस्थापिका-संसद्को बैठकबाट
आर्थिक वर्ष २०७२/७३ का लागि पेश्की खर्च विधेयक पारित ।
साउन
१ काठमाण्डौंबाट दाङ जाँदै गरेको बस
नवलपरासीको पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको मृत्यु ।
- संविधानको प्रारम्भिक मस्यौदामा
राय सुझाव सङ्कलनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतासहित
सभासद्हरु निर्वाचन क्षेत्रमा ।
- संविधानको प्ररम्भिक मस्यौलामा
सुझाव सङ्कलनमा जनताको सहभागिताका लागि साउन ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारी
निर्णय
४ संविधानको प्रारम्भिक मस्यौदामा
सुझाव दिन जनताको उत्साहजनक सहभागिता ।
७ नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा ठुला बैङ्कको अवधारणासँगै मुद्रास्फीतिको साढे आठ
प्रतिशत लक्ष्य लिई नयाँ मौद्रिक नीति सार्वजनिक ।
११ नेपालको पुनर्निर्माण तथा
पुनःस्थापनाका लागि प्रतिबद्धताअनुसार पाकिस्तान सरकारद्वारा १० करोड रुपियाँ
प्रदान ।
१२ संविधानको प्रारम्भिक मस्यौदामा
नागरिक सुझाव समावेश गरिएको रायसुझाव प्रतिवेदन संविधानसभामा प्रस्तुत ।
१३ संविधानसभामा पेश गरिएको नागरिकको
रायसुझाव समेटिएको प्रतिवेदनमा सैद्धान्तिक छलफलपछि संविधानको प्रारम्भिक मस्यौदा
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइयो ।
१४ कास्कीमा अविरल वर्षापछि गएको
पहिरोमा परी लुम्ले, भदौरे, तामागी र ढिकुरपोखरीमा धेरै धनजनको क्षति ।
१७ युवा तथा खेलकुद मन्त्रालयले
विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सात युवा र युवाका क्षेत्रमा
कार्यरत युवाले नेतृत्व गरेका दुई संस्थालाई अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा
राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गर्ने घोषणा ।
२० मन्त्रिपरिषद् बैठकद्वारा नेपाल
सरकारको मुख्य सचिवमा डा. सोमलाल सुवेदी नियुक्त ।