स्थायी शिक्षकको माध्यामिक तर्फ बाँकी विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यामिक तर्फ पाँचै विकास क्षेत्रको सामाजिक तथा मध्यमाञ्चलको नेपाली अँगे्रजी र अर्थशास्त्र तर्फको नतिजा सार्वजनिक गरेको छ । बुधबारबाट शुरु भएको नतिजा सार्वजनिक गर्ने क्रम अन्तर्गत बिहीबार थप विषयको नतिजा सार्वजनिक गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

Share:

स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (पूर्ण नतिजा सहित)

 शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत माध्यमिक तर्फको केही विषयको परीक्षाफल प्रकाशित गरेको छ । स्वास्थ्य, जनसंख्या तथा वातावरण, लेखा, अर्थशास्त्र, कम्प्युटर, स्वास्थ्य शारिरिकको नतिजा सार्वजनिक गरेको हो । यस्तै संस्कृत तर्फ साहित्य, ब्याकरण, शिक्षा र भाषाको नतिजा पनि प्रकाशन गरेको आयोगले जनाएको छ । नेपाली र अर्थशास्त्र विषयमा मध्यमाञ्चल बाहेकका क्षेत्रको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । 

माविको बाँकी रहेका विषयको नतिजा एवं निमावि तहको परीक्षाफल अब, क्रमैसंग प्रकाशित गर्दै जाने आयोगको तयारी रहेको प्रशाशकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए ।
Share:

२०७२ भदौ १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. राष्ट्रिय योजना आयोगले हालै तय गरेको दिगो विकास लक्ष (एसडीजी) सम्बन्धी प्रतिवेदनअनुसार सन् २०३० सम्ममा नेपालमा कति प्रतिशत घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने योजना छ ?
- ९९ प्रतिशत
. भारतको चेन्नईमा हालै सम्पन्न मिस एसिया-२०१५ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?
- भारतकी कनिका कपुर
. सफलतामा खुशी मनाउनु राम्रो हो तर असफलताको शिक्षामा ध्यान दिनु त्योभन्दा पनि महत्वपूर्ण हो भन्ने विचारक को हुन् ?
- बिल गेट्स, प्रमुख माइक्रोसफ्ट कर्पोरेसन
. सन् २०१५ अगस्ट २७ मा युईएफ सर्वश्रेष्ठ फुटबलर को घोषित भएका छन् ?
- लियोनल मेसी
. आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणीसम्मको पदमा सो पदका लागि तोकिए बमोजिमको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन २०४९, व्यवस्थापिका-संसद सचिवालयसम्बन्धी ऐन, २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भावना उम्मेदवार हुने व्यवस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?
- चौथो संशोधन (२०७२)
Share:

बिद्यालय निरीक्षकको परिक्षा नतिजा प्रकाशित (नामावली सहित)

लोकसेवा आयोगले गत बर्ष लिएको विद्यालय निरिक्षकको परिक्षाको नतिजा प्रकाशित गरेको छ । २१ जना मागिएको दरबन्दीमा ३ हजार ५ सय ९७ ले परिक्षामा भाग लिएका थिए । जसमामा लोकसेवा आयोगले ४१ जनाको नाम प्रकाशित गरेको छ ।


Share:

निजामती कर्मचारीको उमेर हद ६० बनाउन पहल

निजामती कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव मागि गरिसकेको छ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा निजामती कर्मचारीको उमेर हद बढाउने सरकारको योजनालाई सार्थक पार्न र योगदानमा आधारित निवृत्तिभरण कोण बनाउने मुख्य दुई विषयलाई ऐनमा संशोधन गर्न ऐनको पाँचौ संशोधनको तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।


नेपालीको औसत आयु बढेका कारण ६० वर्षसम्म सहजै कायमगर्न सक्ने र लामो समयसम्म राष्ट्रसेवा गरिसकेका व्यक्तिको योग्यता, अनुभव राज्यका लागि उपयोगी हुने कारण देखाउँदै सरकारले कर्मचारीको उमेर हद बढाउने गरी ऐन संशोधनको  विधेयक संसदमा लैजाने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुपनारायण भट्टराईले बताए । गोरखापत्र दैनिकमा खबर छ ।
Share:

राष्ट्रिय घटनाक्रम (२०७२ असार/साउन)

असार             

२१    मन्त्रिपरिषद् बैठकद्वारा बढी प्रचलनमा रहेका ९६ किसिमका औषधीको मूल्यसूची निर्धारण ।

२२    राष्ट्रपति डा. रामवरण यादवबाट नेपाल सरकारको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत ।

२४    त्रिशूली-काठमाण्डौं पासाङल्हामु मार्गअन्तर्गत सिस्नेरीमा गएको पहिरोमा यात्रुबाहक बस पुरिँदा चालकसहित चारजनाको मृत्यु ।

२५    संस्कृतिविद् डा. सत्यमोहन जोशी, नेकपा एमालेकी नेत्री शान्ता चौधरी र भारतको पटना 
विश्वविद्यालयका प्राध्यापक डा. राजेन्द्रराम पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत ।

२७    व्यवस्थापिका संसद् बैठकमा पेस गरिएको सरकारको नीति तथा कार्यक्रम तिन दिनको छलफलपछि बहुमतले पारित ।

२८    झापा भद्रपुरमा निर्माण गर्न लागिएको गिरिजाप्रसाद कोइराला स्मृतिभवन (सभागृह) को प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी नेता विजयकुमार गच्छदारद्वारा संयुक्तरुपमा शिलन्यास ।

२९    आर्थिक वर्ष २०७२/७३ को अर्थतन्त्र दोब्बर बृद्धि गर्ने लक्ष्य र पुननिर्माण प्राथमिकतासहित अर्थमन्त्री डा. रामशरण महतद्वारा आठ खर्ब १९ अर्बको बजेट सार्वजनिक ।
३१    व्यवस्थापिका-संसद्को बैठकबाट आर्थिक वर्ष २०७२/७३ का लागि पेश्की खर्च विधेयक पारित ।

साउन                

     काठमाण्डौंबाट दाङ जाँदै गरेको बस नवलपरासीको पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको मृत्यु ।

-     संविधानको प्रारम्भिक मस्यौदामा राय सुझाव सङ्कलनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतासहित सभासद्हरु निर्वाचन क्षेत्रमा ।

-     संविधानको प्ररम्भिक मस्यौलामा सुझाव सङ्कलनमा जनताको सहभागिताका लागि साउन ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारी निर्णय

     संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिन जनताको उत्साहजनक सहभागिता ।

     नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा ठुला बैङ्कको अवधारणासँगै मुद्रास्फीतिको साढे आठ प्रतिशत लक्ष्य लिई नयाँ मौद्रिक नीति सार्वजनिक ।

११    नेपालको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रतिबद्धताअनुसार पाकिस्तान सरकारद्वारा १० करोड रुपियाँ प्रदान ।

१२    संविधानको प्रारम्भिक मस्यौदामा नागरिक सुझाव समावेश गरिएको रायसुझाव प्रतिवेदन संविधानसभामा प्रस्तुत ।

१३    संविधानसभामा पेश गरिएको नागरिकको रायसुझाव समेटिएको प्रतिवेदनमा सैद्धान्तिक छलफलपछि संविधानको प्रारम्भिक मस्यौदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाइयो ।

१४    कास्कीमा अविरल वर्षापछि गएको पहिरोमा परी लुम्ले, भदौरे, तामागी र ढिकुरपोखरीमा धेरै धनजनको क्षति ।

१७    युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सात युवा र युवाका क्षेत्रमा कार्यरत युवाले नेतृत्व गरेका दुई संस्थालाई अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गर्ने घोषणा ।


२०    मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकारको मुख्य सचिवमा डा. सोमलाल सुवेदी नियुक्त ।
Share:

वर्षका राष्ट्रिय युवा प्रतिभा

युवा नीति, २०६६ अनुसार राष्ट्रले युवाका काम गर्दै आएका र युवाले नेतृत्व गरेका संस्थालाई प्रत्येक वर्ष राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित गर्दै आएको छ । यस वर्ष पनि सात व्यक्ति र दुई संस्था सम्मानित भएका छन् । सम्मानित युवा र युवा संस्थाबारे छोटो जानकारी ।





Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages