गुल्मीका प्रजिअ कँडेल, इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५

गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल इन्ट्रिग्रिटी आइडल नेपाल२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले  ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा बढी जिल्लामा जनतालाई प्रदान गरेको सेवा र भोटिङका आधारमा प्रजिअ कँडेलले अवार्ड जितेका हुन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले इन्ट्रिग्रिटी आइडल नेपालको ट्रफी प्रदान गर्दै कँडेललाई सम्मान गरेका थिए ।
सम्मानपछि प्रजिअ कँडेलले सम्मानले जनताको सेवामा अझ बढी उत्तरदायी र जवाफदेही बनाउने प्रतिबद्धता जनाएका थिए । उत्कृष्ट पाँचमा परेका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक व्यवस्थापन अधिकृत रमेशकुमार थापा, म्याग्दीको बेनी सामुदायिक उच्चमाबिका प्रधानाध्यापक दीपक श्रेष्ठ, सहयोगी उच्चमाबि श्रोत केन्द्र काठमाडौंका श्रोतब्यक्ति रामनारायण शाह र खोटाङका महिला विकास निरीक्षक भुवनकुमारी राईलाई इन्ट्रिग्रिटी आइडल नेपालको उपविजेता घोषणा गरिएको थियो । अवार्डका लागि यस वर्ष देशभरीबाट ५ सय ५८ आवेदन परेका थिए । ती आवेदनबाट पूर्वअख्तियार प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साह र ट्रान्सफरेन्सी इन्टरनेशनलका अध्यक्ष भरतबहादुर थापाको निर्णायकमण्डलले उत्कृष्ट ५ जनाको नाम चयन गरेको थियो । यसअघि गत बर्ष इन्ट्रिग्रिटी आइडल २०१४ मा पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल सम्मानित भएका थिए । उनी बर्दिया जिल्लाको बबई नगरपालिकाको भुरिगाउँका स्थानीय वासिन्दा हुन् । नेपालबाट शुरु गरिएको यो अभियान विश्वका अन्य देशमासमेत शुरु भइसकेको आयोजक संस्थाले जनाएको छ । 

को हुन् कँडेल ?
रौतहटको जुडेबेला पुर्ख्यौली घर भएका कँडेल २०४६ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । कँडेल सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा टच टु फाइन्डअर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापनमा चुस्त अनि दुरुस्त बनाउने अभियान सुरु गरेका थिए ।
हाल काठमाडौंको घट्टेकुलोका स्थायी बासिन्दा कँडेल गुल्मीमा सरुवा हुनुअघि मोरङमा सहायक प्रमुख जिल्ला अधिकारी थिए । मोरङ सरुवा हुनु अघि उनी पाँचथरको प्रमुख जिल्ला अधिकारी थिए । पाँचथरमा रहँदा अपाङ्गता, जेष्ठ नागरिक र असहाय मैत्री कार्यकक्ष बनाएकामा एन्टेना फाउन्डेसनले उनलाई देशभरकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रुपमा सम्मान गरेको थियो ।
कँडेल सरल, इमान्दार, कार्यकुशल र स्थानीयसँग छिट्टै घुलमिल हुनसक्ने स्वभावका छन् । दुई महिनाअघि गुल्मी पुगेका कँडेलले टाढा-टाढाबाट नागरिकता बनाउन आएका गरिव नागरिकहरुलाई कपडा संकलन गरेर दिने गरेका छन् ।
उपप्रधानमन्त्री चित्रबहादुर केसीले आइतबार कँडेललाई इन्टिग्रीटी आइडल २०१५ले ट्रफीसहित सम्मान गरे । यो सम्मान पाउने कँडेल नेपालका दोस्रा व्यक्ति हुन् । यसअघि सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले यो सम्मान पाएका थिए ।
अकाउन्टविलिटी ल्याब लाइबेरियामा इबोला रोगविरुद्धको अभियानमा देखाएको सक्रियताको कदर गर्दै एक सरकारी नर्सलाई पनि इन्टिग्रीटी आइडलले सम्मान गरेको थियो । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages