केही समसामयिक विषयवस्तुहरु


- भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५बाट सम्मानित हुने नेपाली कलाकार अरुणा हिङमाङ हुन् ।
- नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले वि.सं. २०७२ पुस १० गर्यो ।
- सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर स्टिभ स्मिथ घोषित भएका छन् ।
- सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा सुशील ज्ञवालीलाई नियुक्त गर्यो ।

- खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना वि.सं. २०७२ पुस ९ भएको हो ।
- बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको यो वर्ष (२०१६) को भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । उसले नेपालपछि भ्रमणका लागि विश्वका उत्कृष्ट १० मुलुकमा कोलम्बिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, अल साल्भाडोर, वेल्स, केन्या र श्रीलङ्कालाई समेटेको छ ।
- यस बर्ष (२०७२ ) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व प्रा.डा. तुलसीनारायण बैद्य हुन् ।
- विश्वका उत्कृष्ट खेलाडिले प्राप्त गर्ने ग्लोबर स्कोर अवार्ड २०१५ बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई प्रदान गरिएको छ ।
- सन् २०१५ को उत्कृष्ट फुटबल क्लब बार्सिलोना घोषित भएको छ ।
- पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री छानिएका छन् ।  बेलायती पत्रिका द बैंकरले हरेक बर्ष सार्वजनिक गर्ने सूचिमा महत विश्व र एसिया प्रशान्त दुवै तर्फबाट उत्कृष्ट अर्थमन्त्री छानिएका हुन ।
- म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुइतले भुटानको उच्च सम्मान नेसनल अर्डर अफ मेरिट गोल्डप्राप्त गरेका छन् ।डा. रुइतले सन् २००० देखि भुटानका विभिन्न भागमा मोतिबिन्दुको शल्यक्रिया र तालिम दिएर सयौको दृष्टि फर्काएका हुन् । भुटानका युवतीहरूलाई पाठेघर मुखको क्यान्सरबाट जोगाउन डा. रुइतले एचपीभी खोप भित्र्याउनसमेत सघाएका छन् । तिलगंगा इन्स्टिच्युट अफ अप्थेल्मोलजीका अनुसार डा. रुइत भुटानको उच्चतम सम्मान पाउने पहिलो नेपाली हुन् ।
- भारत फाइनलमा अफगानिस्तानलाई २१ ले पन्छाउँदै सातौंपल्ट साफ च्याम्पियन भएको छ ।सन् १९९३ मा सार्क गोल्डकपको रुपमा सुरु भएको यो क्षेत्रीय प्रतियोगितामा भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९ र २०११ मा ट्रफि चुमेको थियो ।
- तेञ्जिङ-हिलारी एभेरेष्ट म्याराथन 2015 को पुरुषतर्फको उपाधि भिम भहादुर गुरुङले प्राप्त गरे भने महिलातर्फको उपाधि आङदामि शेर्पाले पाईन ।
- राष्ट्रपति विद्या भण्डारी विश्वका चर्चित महिलाको सूचिमा परेकी छिन् । - हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरुको सूचि प्रकाशित गर्दै आएको प्रख्यात पत्रिका फोब्स म्यागेजिनले यस वर्ष विश्वमा चर्चाको शिखरमा पुग्न सफल महिलाहरुको सूचिमा राष्ट्रपति भण्डारी पनि राखेको हो ।फोब्सले निकालेको सूचिमा सन् २०१५ मा चर्चाको शिखरमा पुग्न सफल महिलाहरूको सूची प्रकाशित गरेको छ। जसमा जर्मन चान्सलर एन्जेला मर्केलदेखि नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीसम्मको नाम उल्लेख छ । दक्षिण एसियाली राष्ट्र नेपालमा पहिलोपल्ट महिला राष्ट्रपतिमा निर्वाचित विद्यादेवी सहित सुचीमा जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी पूर्वविदेशमन्त्री तथा पूर्वप्रथम महिला हिलारी क्लिन्टन, माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी धर्मपत्नी मेलिन्डा गेट्स राखिएको छ । यसैगरी अमेरिकी प्रथम महिला मिसेली ओबामा, म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू ची, सन् २०१५ को साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल बेलारुसकी पत्रकार तथा लेखिका स्वेतलाना अलेक्सिभिच, चीनकी प्रथम महिला पेङ लियुआनलाई सूचीमा राखिएको छ ।
- ‘एक अर्ब पर्यटक: एक अर्ब अवसरभन्ने नारा सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश ३६ औ हो ।
- भ्रष्टाचार विरुद्ध क्रियाशिल अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१६ जनवरी २७ मा सार्वजनिक गरेको सि पी आइ (करप्शन परसेप्शन इन्डेक्स) रिपोर्ट अनुसार १६८ मुलुकको सुशासन प्रयास र भ्रष्टाचार नियन्त्रण सम्बन्धी कामहरुको सर्वेक्षण गरी तयार गरिएको प्रतिवेदनमा नेपाल १३० औं स्थानमा परेको छ ।

- १४ ‍‍औं रारा गोल्डकप फुटबल २०७२ मा मनाङ मर्स्याङ्दीले आर्मीलाई १० ले पन्छाउँदै चौथोपल्ट उपाधि जितेको छ ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages