पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा


सन् २०१६ को पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।

बेलायतको ट्राभल गाइड बुक रफ गाइडले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो ।

रफ गाइडले लेखेको छ, विध्वंशकारी भुकम्पर त्यसपछिका पराकम्पका कारण प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः विस्तारै माथि उठ्ने क्रममा रहेको छ ।

भुकम्पपछि पदयात्रामार्ग खुलेको, हिम श्रृङ्खला, जंगली जनावरहरु बाघ, हात्ति, गैडा लगायत विविधता भरिपूर्ण नेपाल पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।


रफ गाइडको १० उत्कृष्ट देशको सूचीमा दोस्रो नम्बरमा कोलम्बिया परेको छ भने तेस्रो मुलुकमा क्युवा छ ।


यस्तै जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा छन् ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages