यसरी गर्ने लोकसेवाको तयारी


आफ्नो क्षमताई चिन्ने

विद्यार्थीले आफ्नो क्षमतालाई सबैभन्दा पहिला चिन्नुपर्छ । हरेक विद्यार्थीको अआफ्नै विशेषता हुन्छन् । लोक सेवा परीक्षा दिने कुनै विद्यार्थीले विषयवस्तुलाई सजिलै घोक्न सक्ने खालका हुन्छन् । पुस्तकमा लेखेका सबै विषयवस्तुलाई छिनभरमै घोक्न सक्ने खालका हुन्छन् । कुनै विद्यार्थी घोक्ने भनेपछि फिटिक्कै नसक्ने खालका हुन्छन् । समग्र विषयमा बुझेपछि आफ्नै तरिकाले सिर्जनात्मक रूपमा लेख्न सक्ने खालका हुन्छन् । कुनै विद्यार्थीको लेखाइ छापेको भन्दा पनि राम्रो लेख्न सक्ने, तर लेख्ने वेलामा धेरै समय लगाउने खालका हुन्छन् । घोकेर लेख्ने विद्यार्थीले घोकेर लोक सेवाको परीक्षा पास गर्नुपर्छ । समग्र विषयमा ज्ञान भएको विद्यार्थीले घोक्नतिर नलागी विषयवस्तुको अध्ययन गर्नतर्फ लाग्नुपर्छ । ढिलो लेख्ने तर राम्रो अक्षर लेख्ने विद्यार्थीले बुँदागत रूपमा लेख्ने, सकेसम्म चित्रद्वारा प्रश्नको उत्तर प्रस्ट पार्न लाग्नुपर्छ ।


समय र प्रश्नमा केन्द्रित हुने

लोक सेवा दिने विद्यार्थी जहिले पनि विषयवस्तुमा केन्द्रित हुनुपर्छ । प्रश्नले खोजेको उत्तरमा केन्द्रित हुनुपर्छ । प्रश्नको समय र अंकका आधारमा लेखाइलाई खँदिलो बनाउनुपर्छ । धेरैजसो परीक्षार्थीको प्रवृत्ति जानेको प्रश्नलाई धेरै लेख्ने, नजानेको प्रश्नलाई कम लेख्ने खालको हुन्छ । तर, लोक सेवा दिने विद्यार्थीले प्रश्न र समयलाई अत्यन्तै ख्याल गर्नुपर्छ ।

मुख्य टेक्स्ट पढ्नुपर्छ

लोक सेवा पढ्ने विद्यार्थीले जहिले पनि सबैजसो विषयका पाठ्यपुस्तक पढ्नुपर्छ । बजारमा जथाभावी रूपमा गाइड, गेस पेपरहरू आउने भएकाले विषयवस्तुको गहिराइसम्म नपुग्ने भएकाले मुख्य विषयको पुस्तक नै पढ्नुपर्छ । यस्ता खालका पुस्तकमा लेखाइ छोटो र खँदिलो किसिमको नहुने भएकाले पुस्तक नै पढ्नुपर्छ । जस्तै, लेखाको विषयमा पढ्दा सम्बन्धित लेखकको पुस्तक नै पढ्ने गर्नुपर्छ । त्यसैगरी, संविधानको विषयमा पढ्दा संविधान नै किनेर पढ्नुपर्छ । जसले गर्दा संविधानको ऐन कानुनका विषयमा गल्ती हुने सम्भावना कम हुन्छ ।

विषयवस्तु बुझेर पढौ

आफ्ने दिमागलाई सधैँ ताजा राख्ने प्रयास गर्नुपर्छ । सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थीले पाठ बुझेर मात्र अध्ययन गरौँ । निकै तनाव झन्झट मानेर पढ्नुहुँदैन ।

निरन्तर अध्ययन

लोक सेवा परीक्षा उत्र्तीण भई सरकारी सेवामा प्रवेश गर्ने विद्यार्थीले लेखेर निरन्तर अध्ययन गर्ने बानी बसाल्नुपर्छ । लेखेर पढ्दा कम बिर्सने भएकाले लेखाइमा सुधारसँगै छिटो राम्रो लेख्ने बानीको विकास हुन्छ । अध्ययन गर्दा पछिका लागि अध्ययन गर्दै छु भन्दा पनि भोलि परीक्षा हो भन्ने दृष्टिकोणले निन्तर अध्ययन गर्नुपर्छ ।

अध्ययनपछि सामूहिक छलफल


आफूले अध्ययन गरेका विषयमा लोक सेवा पढ्ने विद्यार्थीसँग छलफल गर्ने बानी भएमा राम्रो हुन्छ । तर, लोक सेवा दिने दुवै विद्यार्थी उक्त पुस्तकका विषयमा पढेको भएमा छलफल गर्दा थप जान्नेबुझ्ने अवसर हुन्छ । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages