नेपालको संविधान, २०७२ मा नागरिकता सम्बन्धी रहेको व्यवस्था



     
       नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखी धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

नागरिकतबाट बञ्चित नगरिने (धारा १०)

- कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने,
- नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको,
- यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुने,
- यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ :
Share:

२०७२ साल असोज २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



. यस बर्ष (२०७२ मा) प्रदान गरिने राष्ट्रिय संरक्षण पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- प्रा. रामप्रसाद चौधरी
. हालै थाइल्याण्डमा आयोजित (टाटा मोटर्सद्वारा) अन्तर्राष्ट्रियस्तरको 'स्किलफेस्ट ग्लोबल सर्भिस एड्भाइजर च्याम्पियन' को उपाधि कसालाई प्रदान गरियो ?
- सुमन धमला (सिप्रदी ट्रेडिङ प्रा.लि. का सर्भिस एड्भाइजर)
. नेपालमा हाल नगरपालिका मात्र भएका जिल्ला कति रहेका छन् ?
- ३ (काठमाण्डौं, भक्तपुर र ललितपुर) (२०७२ असोज १ मा २६ नयाँ नगरपालिका घोषणा पश्चात)
. नेपालमा हाल नगरपालिका नभएका जिल्ला कति रहेका छन् ?
- ७ (मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, मुगु, डोल्पा र रसुवा)
. मुलुकको राज्य सञ्चालन प्रक्रिया कस्तो हुने, कुन ढङ्गबाट शासन सञ्चालन गर्ने र मुलुकलाई कुन दिशातर्फ डोर्‍याउने भन्ने सम्बन्धमा राज्यले अवलम्वन गर्ने विचार एवं दर्शनको लिखित दस्तावेजलाई के भनिन्छ ?
- संविधान
Share:

२०७२ असोज १३ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर


१. त्रिभुवन विश्वविद्यालयद्वारा हालै (२०७२ असोजमा) मानार्थ विद्यावारिधि (डिलिट) उपाधि प्रदान गरी सम्मान गरिएका साहित्यक व्यक्तित्व को हुन् ?
- राष्ट्रकवि माधवप्रसाद घिमिरे र दार्जिलिङ निवासी वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई
. सरकारले लख थापालाई औपचारिक रुपमा 'प्रथम सहिद' कहिले घोषणा गर्‍यो ?
- वि.सं. २०७२ असोज ३
. सन् २०१५ सेप्टेम्बर २७ मा मनाइएको ३६ औं विश्व पर्यटन दिवसको नारा के हो ?
- One billion tourists, one billion opportunities. (उक्त नाराका साथ नेपालमा पिन ३६ औं विश्व पर्य६न दिवस-२०७२ मनाइएको ।)
. तेत्तीस वर्षपछि सुपरमुनसँगै खग्रास चन्द्रग्रहण कहिले भयो ?
- सन् २०१५ सेप्टेम्बर ३७
Share:

२०७२ असोज ६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ?
- वि.सं. २०७२ असोज ३
. नेपालको संविधान, २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका विषय कति छन्?
- चार (नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता)
. नेपालको संविधान, २०७२ अनुसार नेपालमा कति तहका अदालत रहने व्यवस्था छ ?
- तीन (सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत)
. राष्ट्र बैङ्कद्वारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ?
- रु. ३०,१२१ (प्रतिपरिवार औसत मासिक खर्च रु. २५,९२८, औसत मासिक बचत रु.,१९३)
. सन् २०१५ सेप्टेम्बर १६ मा ८.३ रेक्टर स्केलको भूकम्प प्रभावित बन्न पुगेको राष्ट्र कुन हो ?
- चिली
. "मेरो चिन्ता यो होइन कि तपाइँ खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछि तपाइँ उठ्नु भएन ।" भन्ने विचारक को हुन् ?
Share:

निम्नमाध्यमिक तहको नेपाली विषयको पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नतिजा



निम्न माध्यमिक तर्फ स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत  निम्नमाध्यमिक तहको नेपाली विषयको पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको नतिजानतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार थप दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
Share:

निमाविको थप अन्य क्षेत्रको अंग्रेजी र नेपालीको नतिजा सार्वजनिक (नतिजा सहित)

निम्न माध्यमिक तर्फ स्थायी शिक्षकको लिखित परीक्षा अन्र्तगत मध्यमाञ्चलको अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा सोमबारको गोरखापत्रमा थप दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
संविधान जारी गर्ने दिनमा खुसीयाली मनाउन सार्वजनिक विदा दिईए पनि आयोगका कर्मचारी नतिजा सार्वजनिक गर्ने काममा ब्यस्त भए । बुधबार सम्ममा निमाविको सबै नतिजा सार्वजनिक गर्ने गरी विदाका दिनमा पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए ।
आयोगले आइतबारको गोरखापत्रमा मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको नतिजा सार्वजनिक गरेको थियो ।
Share:

निमावि अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक (नतिजा सहित)

निम्न माध्यमिक तर्फ मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबारको गोरखापत्रमा दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।
सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा शुक्रबार सार्वजनिक भई शनिवार गोरखापत्रमा प्रकाशित भएको थियो । समयमै नतिजा सार्वजनिक गर्न विदाको दिन पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए  । संविधान जारी गर्ने खुसीयालीमा हुने सार्वजनिक विदाका कारण काममा केही प्रभाव पर्न सक्ने अनुमान भएपनि काममा कुनै कमी नआउने आयोगको भनाई छ ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages