समानुपातिक प्रतिनिधित्व (समानुपातिक निर्वाचन प्रणाली )


समानुपातिक प्रतिनिधित्वको प्रणालीको अर्थ
Þ    सबैभन्दा बढी प्राप्त गर्ने उम्मेदवार विजयी हुने प्रणालीमा देखापरेका नकारात्मक असर कम गरी सबै बर्ग‚ क्षेत्र‚ समुदाय र जातजातिका ब्यक्तिहरुलाई शासकीय क्रियाकलापमा सहभागी गराउने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको विकास गरिएको हो ।
Þ    अल्पसंख्यक जाति र समुदायको प्रतिनिधित्व तथा साना राजनैतिक दलको प्रतिनिधित्वबाट बन्चित हुनुपर्ने अवगुणहरु पहिलो हुने निर्वाचन प्रणाली (First pat the post system) मा देखापरेको सन्दर्भमा विश्वमा कतिपय मुलुकहरुले समानुपातिक प्रणालीको अबल्मवन गरिआएका छन् ।
Þ    प्रतिनिधित्वका विभिन्न प्रणालीहरुमध्ये समानुपातिक प्रतिनिधित्व प्रणालीले समावेशी ढंगले प्रतिनिधित्व गराउने कुरामा  सबैको विश्वास पनि रहेको छ ।
Þ    कुनै पनि दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बराबरको स्थानमा निर्वाचन हुने प्रणाली समानुपातिक प्रतिनिधित्व प्रणाली हो ।
Þ    Encyclopedia of Election ले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई यसरी अर्थाएको छ – “Proportional representation systems are those in which seats are allocated to political parties proportion to the they receive at election. How proportion seat shares are to vote shares is, however a matter of degree and not an all-or-nothing proposition.”
Share:

सार्वजनिक सेवा प्रवाहको महत्व छोटकरीमा चर्चा गर्नुहोस् ।


   
 जनताले सरकारको तर्फबाट प्राप्त गर्ने सेवा सार्वजनिक सेवा हो  सेवा प्रदान गर्नु सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु सेवाग्राही जनताको अधिकार हो । सार्वजनिक सेवा सरकार र जनतावीच असल सम्बन्ध कायम राख्ने एउटा माध्यम पनि हो सार्वजनिक सेवाले सर्वसाधारण जनताका लागि नुनदेखि सुनसम्म‚ सडकदेखी सदनसम्म‚ जन्मनुदेखी मृत्युपर्यन्तसम्म अर्थ र महत्व राख्दछ । जनताको जीवनस्तर माथि उठाउनेदेखी उसको शैक्षिक‚ सामाजिक‚ आर्थिक‚ राजनीतिक सांस्कृतिक लगायत हरेक पक्षमा सहयोग पुर्‍याएको हुन्छ । त्यसैले सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयमिक हुन्छ । जसलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छः-
Share:

२०७१ माघ २८ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तरहरु


१. अवैध चोरी शिकारीविरुद्ध अन्तर्राष्ट्रिय कार्यशाला सन् २०१५ कहाँ सम्पन्न भयो ?
- काठमाण्डौं
२. २३ दशमलव ५ डिग्री उत्तरी अक्षांश रेखालाई के भनिन्छ ?
- कर्कट रेखा
३. सार्क सांस्कृतिक केन्द्र कहाँ रहेको छ ?
- केन्डी‚ श्रीलंका
४. नेपाल सम्वतको थालनी कसले गरेका हुन् ?
- शंखधर साख्वा
५. ब्रेल लिपिका अविश्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ?
- फ्रान्स
६. सन् २०१५ फ्रेबुअरी १४ देखी मार्च २९ सम्म सञ्चालन हुने ११ औं विश्वकप क्रिकेट प्रतियोगिता आयोजक राष्ट्र कुन कुन हुन् ?
- अष्ट्रेलिया र न्यूजिल्याण्ड
७. एक्स्प्लोर वियोन्ड टुरिजम सेलिब्रेट ह्यापिनेस भन्ने मुल नाराका साथ प्यासिफिक ट्राभन एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय सम्मेलन भुटानको राजधानी थिम्पुमा कहिले सम्पन्न भयो ?
- सन् २०१५ फेब्रुअरी ५-६
८. चिनियाँ कम्पनि हुरुन रिसर्च इन्स्टिच्युटले सन् १०१५ फेब्रुअरी ४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका छन् ?
- बिल गेट्स (उनी फेब्रुअरी १० मा फोव्‍र्स पत्रीकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि प्रथमनै भएका छन् । )
९. व्यापार र विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले सन् २०१५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्यक्ष बैदेशिक लगानी आप्रवाहमा पहिलो स्थान कुन राष्ट्र रहेको छ ?
- चीन
१० ट्रेड यूनियन इन्टरनेशनल पब्लिक सर्भिसेसको १२ औं विश्व सम्मेलन कहिले र कहाँ हुने भएको छ?
-    वि.सं. २०७१ फागुन १-२ काठमाण्डौं
११.अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा सन् २०१४ अक्टोबरमा सार्वजनिक प्रतिवेदन अनुसार हाल विश्वकै ठूलो अर्थतन्त्र भएको राष्ट्र हुन हो ?
-चीन
१२. महालेखा नियन्त्रण कार्यालयले वि.सं. २०७१ मंसिरमा सार्वजनिक गरेको विवरणअनुसार कुल ऋण दायित्व (२०७१ असारसम्मको) कति रहेको छ ?
- रु ५ खर्व ५३ अर्ब ५० करोड ७७ लाख
१३.अन्तराष्ट्रिय ओलम्पिक कमिटी (IOC) ले दुई मुलुक मिली संयुक्त रुपमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने निर्णय कहिले गर्‍यो ?
- सन् २०१४ डिसेम्बर ८ मा
१४. मिस राई २०१५ को उपाधि जित्ने युवती को हुन् ?
- पुनम वान्तवा राई
१५. उनी कुरा पटक-पटक दोहोर्‍याएर फरक नतिजाको आशा गर्नु पागलपन हो- भन्ने विचारक को हुन् ?
- अल्बर्ट आइन्स्टाइन
१६. दोस्रो काठमाण्डौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव-२०१५ कहिले सम्पन्न भयो ?
- वि.सं. २०७१ माघ १९-२३
१७. टेस्ट क्रिकेटमा सर्वाधिक छिटो १२ हजार रन बनाउने खेलाडी को हुन् ?
- कुमार संगकार (श्रीलंका)
१८. पाँचौ अन्तर्राष्ट्रिय कला महोत्सव कहिले र कहाँ सम्पन्न भयो ?
- वि.सं. २०७१ माघ १९-२२‚ काठमाण्डौं
१९. गेट वे अफ नेपाल भनी कु ठाउँलाई चिनिन्छ ?
- वीरगञ्ज
२०. सांसदहरुका लागि नयाँ प्रतिक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको हो ?
- वि.सं. २०६३ भदौ १२ मा
२१. विश्व व्यापार संगठन (WTO) लाई कसको उत्तराधिकारी संस्था मानिन्छ ?
- GATT
२२. प्रसिद्ध धार्मिक‚ ऐतिहासिक तथा पर्यटकीय तिर्थस्थल शैलेश्वरी कहाँ पर्दछ ?
- डोटी
२३. सर्वियाको एक प्रान्तका रुपमा रहँदै आएको कोसोभो कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ?
- सन् २००८ फेब्रुअरी १७ मा
२४. धेरै भाषा जानेको शिक्षक कुन तहका लागि उपयोगी मानिन्छ ?
- प्राथमिक तह
२५. नेपालको कार्यकारिणि काम कसको नाममा हुन्छ ?
- नेपाल सरकार
२६. रु. दस लाख राशिसहितको गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स कसालई प्रदान गरियो ?
Share:

फोर्ब्स पत्रीकाले सार्वजनिक गरे अनुसार २०१५ का धनि व्यक्तिहरु

• एक नम्बरमा माइक्रोसफ्टका सहसंस्थापक विल गेट्स रहेका छन् भने उनको सम्पति ७८.७ बिलियन डलर रहेको छ । 
• दोस्रो नम्बरमा सेयर बजारका बादशाह अमेरीकाका वारेन बफेट रहेको छन् भने उनको सम्पति ७३.२ बिलियन डलर रहेको छ । 
• तेस्रो नम्बरमा मेक्सिकोका कार्लोस स्लिम हेलु रहेका छन् भने उनको सम्पति ७०.९ विलियन डलर रहेको छ ।
• चौथो स्थानमा स्पेनका अमान्सियो ओर्टोगा परेका छन् । उनको सम्पति
• पाँचौमा अमेरीकाका ल्यारी एलिसन परेका छन् ।
• आठौ नम्बरमा रहेकी क्रिष्टी वाल्टन भने महिला तर्फ अरब पति हुनेमा प्रथम नम्बरमा छिन् ।
• फेसबुकका मालिक मार्क जुकर बर्ग ३२.८ बिलियन डलरका साथ १७ औं स्थानमा परेका छन् ।
• भारतका मुकेश अम्बानी २०.७ बिलियन डलर सम्पत्तिका साथ विश्वका अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा छन् ।
• अर्का भारतका अर्बपति दिलिप सांघवी १९.८ बिलियन डलरका साथ ४० औं स्थानमा छन् ।
• नेपालका अर्बपति बिनोद चौधरी १ अर्ब ३० करोड डलरका साथ १३०६ औं स्थानमा छन् । उनी यस भन्दा अघि १४६५ औं स्थानमा थिए । 
Share:

विश्वमा नेपालको स्थान - कुन क्षेत्रमा कति?

Nepal

१. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१४ मा गरेको सेफ्टी अडिट प्रतिवेदनमा एसिया प्यासिफिकअन्तर्गत रहेका मुलुकमा नेपाल २१ औं स्थानमा
२. ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१४ को प्रतिवेदन अनुसार भ्रष्टाचार हुने देशमध्ये नेपाल १२६ औं स्थानमा
३. अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा
४. संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले जापानको टोकियोबाट सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०१४ मा नेपाल १ सय ४५ औं स्थानमा
५. अनलाइनसम्बन्धी तथ्यांक तथा सूचना प्रदान गर्ने इन्टरनेट लाइभ स्टाटसले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगकर्ताको हिसाबले नेपाल ७९ औं स्थानमा
६. बालविवाह गर्ने मुलुकहरु मध्ये नेपाल १९ औं स्थानमा (२०११ को रिपोर्ट)
७. वायु प्रदूषण मापनमा १६ दशमलव २३ अंकसहित नेपाल १७७औं स्थानमा
८. अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले हालै सार्वजनिक गरेको डुइङ विजनेश रिपोर्ट २०१४ अनुसार नेपाल १ सय ८५ औं मुलुकहरुमध्ये १ सय ५ औं स्थानमा
Share:

६० भन्दा बढी महत्वपूर्ण सामान्यज्ञानहरु


१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
८.
रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
Share:

दोश्रो विश्वयुद्ध (Second World War)

दोस्रो विश्वयुद्ध

-    प्रथम विश्व युद्ध समाप्त भएको २० बर्ष पछि दोस्रो विश्व युद्ध सुरुभएको थियो ।
-    प्रथम विश्वयुद्धको अन्त्यमा जर्मनीसँग गरिएको भर्साइल्सको सन्धि नै दोस्रो विश्व युद्धको कारण बन्यो ।
-    दोस्रो विश्वयुद्धको प्रारम्भ सेप्टेम्बर १‚ १९३९ मा जर्मनीले पोल्याण्ड माथि आक्रमण गरी भएको थियो । त्यसपछि सेप्टेम्बर ३ मा व्रिटेनल् जर्मनी माथि आक्रमण गरेको थियो । तत्कालीन अवस्थामा इटालीको शासन मुसोलिनी र जर्मनको शासक हिटलर थिए ।
-    जापानको हिरोसिमामा अगष्ट ६’ १९४५ मा (Little Boy नामक अणु बम खसालिएको) र नागासाकीमा अगष्ट ९‚ १९४५ मा (Fat Man नामक अणु बम खसालिएको) अमेरीकाले आक्रमण गरेको थियो ।
-    दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिकको मृत्यु भएको थियो । युद्धमा सर्वसाधरण नागरिक करिव १ करोडको निधन भएको थियो ।
-    युद्धमा करिव ११९३ अर्व डलर खर्च भएको थियो ।
-    जापानको हिरोसिमा र नागासाकीमा गरी करिब १ लाख ६० हजारको ज्यान गएको थियो ।
-    दोस्रो विश्वयुद्धमा फ्रान्स‚पोल्याण्ड‚चेक‚युगोस्लाभिया‚रुमानिया‚ गुटलाई मित्र शक्ति (Allies Power)  र यसमा पछि अमेरीका र रुस सामेल भएका थिए ।
-    जर्मनी‚इटाली‚जापान‚रुस गरी धुरी शक्ति (Axis Power) गठन भयो । पछि रुस  मित्र शक्ति (Allies Power) गुटमा सामेल भयो ।
-    दोस्रो विश्वयुद्धमा नेपालका प्रधानमन्त्री जुद्धशमशेर थिए । उनले बेलायतको सहयोगको लागि ८ हजारको १२ वटा टिम गरी १ लाख जति नयाँ रंगरुट भर्ना गरी युद्धमा पठाएका थिए ।
-    सन् १९३३ मा हिटलर जर्मनको चान्सर भएका थिए । उनी सन् १९३४ मा चान्सर र राष्ट्रपतति दुबै बने ।
-    सन् १९३१ मा जापानले मन्चुरियामाथि आक्रमण गरेको थियो ।
-    सन् १९४३ सेप्टेम्बर ड मा इटलीले आत्मसमर्पण गर्‍यो।
-    सन् १९४२ मे ठ मा जर्मनीले आत्मसमर्पण गर्‍यो।
-    अगस्त १४‚ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।
-    यस युद्धको समाप्ति पश्चात एसियामा चीन‚ मंगोलिया‚ भियतनाम‚ उत्तरकोरीया साम्यवादी शासन व्यवस्था स्थापित भयो ।

-    युद्धको समाप्ती पश्चात अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघको स्थापना अक्टोबर २४‚ १९४५ मा भयो । 
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages