समानुपातिक प्रतिनिधित्व (समानुपातिक निर्वाचन प्रणाली )


समानुपातिक प्रतिनिधित्वको प्रणालीको अर्थ
Þ    सबैभन्दा बढी प्राप्त गर्ने उम्मेदवार विजयी हुने प्रणालीमा देखापरेका नकारात्मक असर कम गरी सबै बर्ग‚ क्षेत्र‚ समुदाय र जातजातिका ब्यक्तिहरुलाई शासकीय क्रियाकलापमा सहभागी गराउने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको विकास गरिएको हो ।
Þ    अल्पसंख्यक जाति र समुदायको प्रतिनिधित्व तथा साना राजनैतिक दलको प्रतिनिधित्वबाट बन्चित हुनुपर्ने अवगुणहरु पहिलो हुने निर्वाचन प्रणाली (First pat the post system) मा देखापरेको सन्दर्भमा विश्वमा कतिपय मुलुकहरुले समानुपातिक प्रणालीको अबल्मवन गरिआएका छन् ।
Þ    प्रतिनिधित्वका विभिन्न प्रणालीहरुमध्ये समानुपातिक प्रतिनिधित्व प्रणालीले समावेशी ढंगले प्रतिनिधित्व गराउने कुरामा  सबैको विश्वास पनि रहेको छ ।
Þ    कुनै पनि दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बराबरको स्थानमा निर्वाचन हुने प्रणाली समानुपातिक प्रतिनिधित्व प्रणाली हो ।
Þ    Encyclopedia of Election ले समानुपातिक प्रतिनिधित्व प्रणालीलाई यसरी अर्थाएको छ – “Proportional representation systems are those in which seats are allocated to political parties proportion to the they receive at election. How proportion seat shares are to vote shares is, however a matter of degree and not an all-or-nothing proposition.”
Share:

सार्वजनिक सेवा प्रवाहको महत्व छोटकरीमा चर्चा गर्नुहोस् ।


   
 जनताले सरकारको तर्फबाट प्राप्त गर्ने सेवा सार्वजनिक सेवा हो  सेवा प्रदान गर्नु सरकारको कर्तव्य हो भने सेवा प्राप्त गर्नु सेवाग्राही जनताको अधिकार हो । सार्वजनिक सेवा सरकार र जनतावीच असल सम्बन्ध कायम राख्ने एउटा माध्यम पनि हो सार्वजनिक सेवाले सर्वसाधारण जनताका लागि नुनदेखि सुनसम्म‚ सडकदेखी सदनसम्म‚ जन्मनुदेखी मृत्युपर्यन्तसम्म अर्थ र महत्व राख्दछ । जनताको जीवनस्तर माथि उठाउनेदेखी उसको शैक्षिक‚ सामाजिक‚ आर्थिक‚ राजनीतिक सांस्कृतिक लगायत हरेक पक्षमा सहयोग पुर्‍याएको हुन्छ । त्यसैले सार्वजनिक सेवा प्रवाहको महत्व बहुआयमिक हुन्छ । जसलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छः-
Share:

२०७१ माघ २८ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तरहरु


१. अवैध चोरी शिकारीविरुद्ध अन्तर्राष्ट्रिय कार्यशाला सन् २०१५ कहाँ सम्पन्न भयो ?
- काठमाण्डौं
२. २३ दशमलव ५ डिग्री उत्तरी अक्षांश रेखालाई के भनिन्छ ?
- कर्कट रेखा
३. सार्क सांस्कृतिक केन्द्र कहाँ रहेको छ ?
- केन्डी‚ श्रीलंका
४. नेपाल सम्वतको थालनी कसले गरेका हुन् ?
- शंखधर साख्वा
५. ब्रेल लिपिका अविश्कारक लुई ब्रेलको जन्म कहाँ भएको हो ?
- फ्रान्स
६. सन् २०१५ फ्रेबुअरी १४ देखी मार्च २९ सम्म सञ्चालन हुने ११ औं विश्वकप क्रिकेट प्रतियोगिता आयोजक राष्ट्र कुन कुन हुन् ?
- अष्ट्रेलिया र न्यूजिल्याण्ड
७. एक्स्प्लोर वियोन्ड टुरिजम सेलिब्रेट ह्यापिनेस भन्ने मुल नाराका साथ प्यासिफिक ट्राभन एसोसिएसन (पाटा) को अन्तर्राष्ट्रिय सम्मेलन भुटानको राजधानी थिम्पुमा कहिले सम्पन्न भयो ?
- सन् २०१५ फेब्रुअरी ५-६
८. चिनियाँ कम्पनि हुरुन रिसर्च इन्स्टिच्युटले सन् १०१५ फेब्रुअरी ४ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका छन् ?
- बिल गेट्स (उनी फेब्रुअरी १० मा फोव्‍र्स पत्रीकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि प्रथमनै भएका छन् । )
९. व्यापार र विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले सन् २०१५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्यक्ष बैदेशिक लगानी आप्रवाहमा पहिलो स्थान कुन राष्ट्र रहेको छ ?
- चीन
१० ट्रेड यूनियन इन्टरनेशनल पब्लिक सर्भिसेसको १२ औं विश्व सम्मेलन कहिले र कहाँ हुने भएको छ?
-    वि.सं. २०७१ फागुन १-२ काठमाण्डौं
११.अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा सन् २०१४ अक्टोबरमा सार्वजनिक प्रतिवेदन अनुसार हाल विश्वकै ठूलो अर्थतन्त्र भएको राष्ट्र हुन हो ?
-चीन
१२. महालेखा नियन्त्रण कार्यालयले वि.सं. २०७१ मंसिरमा सार्वजनिक गरेको विवरणअनुसार कुल ऋण दायित्व (२०७१ असारसम्मको) कति रहेको छ ?
- रु ५ खर्व ५३ अर्ब ५० करोड ७७ लाख
१३.अन्तराष्ट्रिय ओलम्पिक कमिटी (IOC) ले दुई मुलुक मिली संयुक्त रुपमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने निर्णय कहिले गर्‍यो ?
- सन् २०१४ डिसेम्बर ८ मा
१४. मिस राई २०१५ को उपाधि जित्ने युवती को हुन् ?
- पुनम वान्तवा राई
१५. उनी कुरा पटक-पटक दोहोर्‍याएर फरक नतिजाको आशा गर्नु पागलपन हो- भन्ने विचारक को हुन् ?
- अल्बर्ट आइन्स्टाइन
१६. दोस्रो काठमाण्डौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव-२०१५ कहिले सम्पन्न भयो ?
- वि.सं. २०७१ माघ १९-२३
१७. टेस्ट क्रिकेटमा सर्वाधिक छिटो १२ हजार रन बनाउने खेलाडी को हुन् ?
- कुमार संगकार (श्रीलंका)
१८. पाँचौ अन्तर्राष्ट्रिय कला महोत्सव कहिले र कहाँ सम्पन्न भयो ?
- वि.सं. २०७१ माघ १९-२२‚ काठमाण्डौं
१९. गेट वे अफ नेपाल भनी कु ठाउँलाई चिनिन्छ ?
- वीरगञ्ज
२०. सांसदहरुका लागि नयाँ प्रतिक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको हो ?
- वि.सं. २०६३ भदौ १२ मा
२१. विश्व व्यापार संगठन (WTO) लाई कसको उत्तराधिकारी संस्था मानिन्छ ?
- GATT
२२. प्रसिद्ध धार्मिक‚ ऐतिहासिक तथा पर्यटकीय तिर्थस्थल शैलेश्वरी कहाँ पर्दछ ?
- डोटी
२३. सर्वियाको एक प्रान्तका रुपमा रहँदै आएको कोसोभो कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ?
- सन् २००८ फेब्रुअरी १७ मा
२४. धेरै भाषा जानेको शिक्षक कुन तहका लागि उपयोगी मानिन्छ ?
- प्राथमिक तह
२५. नेपालको कार्यकारिणि काम कसको नाममा हुन्छ ?
- नेपाल सरकार
२६. रु. दस लाख राशिसहितको गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स कसालई प्रदान गरियो ?
Share:

फोर्ब्स पत्रीकाले सार्वजनिक गरे अनुसार २०१५ का धनि व्यक्तिहरु

• एक नम्बरमा माइक्रोसफ्टका सहसंस्थापक विल गेट्स रहेका छन् भने उनको सम्पति ७८.७ बिलियन डलर रहेको छ । 
• दोस्रो नम्बरमा सेयर बजारका बादशाह अमेरीकाका वारेन बफेट रहेको छन् भने उनको सम्पति ७३.२ बिलियन डलर रहेको छ । 
• तेस्रो नम्बरमा मेक्सिकोका कार्लोस स्लिम हेलु रहेका छन् भने उनको सम्पति ७०.९ विलियन डलर रहेको छ ।
• चौथो स्थानमा स्पेनका अमान्सियो ओर्टोगा परेका छन् । उनको सम्पति
• पाँचौमा अमेरीकाका ल्यारी एलिसन परेका छन् ।
• आठौ नम्बरमा रहेकी क्रिष्टी वाल्टन भने महिला तर्फ अरब पति हुनेमा प्रथम नम्बरमा छिन् ।
• फेसबुकका मालिक मार्क जुकर बर्ग ३२.८ बिलियन डलरका साथ १७ औं स्थानमा परेका छन् ।
• भारतका मुकेश अम्बानी २०.७ बिलियन डलर सम्पत्तिका साथ विश्वका अर्बपतिहरुको सूचीमा ३६ औं स्थानमा छन् ।
• अर्का भारतका अर्बपति दिलिप सांघवी १९.८ बिलियन डलरका साथ ४० औं स्थानमा छन् ।
• नेपालका अर्बपति बिनोद चौधरी १ अर्ब ३० करोड डलरका साथ १३०६ औं स्थानमा छन् । उनी यस भन्दा अघि १४६५ औं स्थानमा थिए । 
Share:

विश्वमा नेपालको स्थान - कुन क्षेत्रमा कति?

Nepal

. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१४ मा गरेको सेफ्टी अडिट प्रतिवेदनमा एसिया प्यासिफिकअन्तर्गत रहेका मुलुकमा नेपाल २१ औं स्थानमा
. ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१४ को प्रतिवेदन अनुसार भ्रष्टाचार हुने देशमध्ये नेपाल १२६ औं स्थानमा
. अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले सन् २०१४ मा भ्रमण गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा
. संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले जापानको टोकियोबाट सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०१४ मा नेपाल १ सय ४५ औं स्थानमा
. अनलाइनसम्बन्धी तथ्यांक तथा सूचना प्रदान गर्ने इन्टरनेट लाइभ स्टाटसले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगकर्ताको हिसाबले नेपाल ७९ औं स्थानमा
. बालविवाह गर्ने मुलुकहरु मध्ये नेपाल १९ औं स्थानमा (२०११ को रिपोर्ट)
. वायु प्रदूषण मापनमा १६ दशमलव २३ अंकसहित नेपाल १७७औं स्थानमा
. अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले हालै सार्वजनिक गरेको डुइङ विजनेश रिपोर्ट २०१४ अनुसार नेपाल १ सय ८५ औं मुलुकहरुमध्ये १ सय ५ औं स्थानमा
Share:

६० भन्दा बढी महत्वपूर्ण सामान्यज्ञानहरु


१. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
२. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
३. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
४. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
५. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
६. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
७. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
८.
रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
.९. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१०. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- 
Share:

दोश्रो विश्वयुद्ध (Second World War)

दोस्रो विश्वयुद्ध

-    प्रथम विश्व युद्ध समाप्त भएको २० बर्ष पछि दोस्रो विश्व युद्ध सुरुभएको थियो ।
-    प्रथम विश्वयुद्धको अन्त्यमा जर्मनीसँग गरिएको भर्साइल्सको सन्धि नै दोस्रो विश्व युद्धको कारण बन्यो ।
-    दोस्रो विश्वयुद्धको प्रारम्भ सेप्टेम्बर १ १९३९ मा जर्मनीले पोल्याण्ड माथि आक्रमण गरी भएको थियो । त्यसपछि सेप्टेम्बर ३ मा व्रिटेनल् जर्मनी माथि आक्रमण गरेको थियो । तत्कालीन अवस्थामा इटालीको शासन मुसोलिनी र जर्मनको शासक हिटलर थिए ।
-    जापानको हिरोसिमामा अगष्ट ६ १९४५ मा (Little Boy नामक अणु बम खसालिएको) र नागासाकीमा अगष्ट ९ १९४५ मा (Fat Man नामक अणु बम खसालिएको) अमेरीकाले आक्रमण गरेको थियो ।
-    दोस्रो विश्वयुद्धमा करिव १ करोड ४६ लाख सैनिकको मृत्यु भएको थियो । युद्धमा सर्वसाधरण नागरिक करिव १ करोडको निधन भएको थियो ।
-    युद्धमा करिव ११९३ अर्व डलर खर्च भएको थियो ।
-    जापानको हिरोसिमा र नागासाकीमा गरी करिब १ लाख ६० हजारको ज्यान गएको थियो ।
-    दोस्रो विश्वयुद्धमा फ्रान्सपोल्याण्डचेकयुगोस्लाभियारुमानिया गुटलाई मित्र शक्ति (Allies Power)  र यसमा पछि अमेरीका र रुस सामेल भएका थिए ।
-    जर्मनीइटालीजापानरुस गरी धुरी शक्ति (Axis Power) गठन भयो । पछि रुस  मित्र शक्ति (Allies Power) गुटमा सामेल भयो ।
-    दोस्रो विश्वयुद्धमा नेपालका प्रधानमन्त्री जुद्धशमशेर थिए । उनले बेलायतको सहयोगको लागि ८ हजारको १२ वटा टिम गरी १ लाख जति नयाँ रंगरुट भर्ना गरी युद्धमा पठाएका थिए ।
-    सन् १९३३ मा हिटलर जर्मनको चान्सर भएका थिए । उनी सन् १९३४ मा चान्सर र राष्ट्रपतति दुबै बने ।
-    सन् १९३१ मा जापानले मन्चुरियामाथि आक्रमण गरेको थियो ।
-    सन् १९४३ सेप्टेम्बर ड मा इटलीले आत्मसमर्पण गर्‍यो।
-    सन् १९४२ मे ठ मा जर्मनीले आत्मसमर्पण गर्‍यो।
-    अगस्त १४ १९४५ मा जापानले आत्मसमर्पण गरेपछि यो युद्ध समाप्त भएको थियो ।
-    यस युद्धको समाप्ति पश्चात एसियामा चीन मंगोलिया भियतनाम उत्तरकोरीया साम्यवादी शासन व्यवस्था स्थापित भयो ।

-    युद्धको समाप्ती पश्चात अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्र संघको स्थापना अक्टोबर २४ १९४५ मा भयो । 
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages