सामाजिक न्याय र सामाजिक सुरक्षा


डा. झमक प्रसाद शर्मा
सारांश
न्याय भनेको कानूनको शासनको आधारशीला हो । सामाजिक न्यायले सबै पक्षमा समान न्यायको खोजी गर्ने र समाजका प्रत्येक सदस्यहरू प्रति सम्मानपूर्वक तथा अविभेदपूर्वक समान व्यवहार गरी सहकार्य र सहयोगको माध्यमबाट सहिष्णुता कायम गर्दै न्याय र नैतिकतामा आधारित पहूँचयोग्य समानताको प्रवद्र्धन गर्ने कुरामा जोड दिन्छ । यसलाई वितरणात्मक न्यायको माध्यमबाट राज्यले नागरिकप्रति गर्ने समान व्यवहारको रूपमा लिइन्छ । यसको व्यवहारिक प्रयोग प्रजातन्त्रमा मात्र सम्भव हुन्छ । यसले प्रत्येक नागरिकका लागि अवसरमा समानता र समाजमा रहेको सामाजिक र आर्थिक असमानता हटाउन अधिकारको प्रयोगमा पछाडि परेका व्यक्ति वा समुदायलाई सबभन्दा बढी फाइदा हुने गरी अवसरहरूमा प्राथमिकता दिई स्वच्छ रूपमा समानता कायम गर्न जोड दिन्छ । समावेशी राज्य निर्माण यसको ध्येय हो । यसले राज्य संयन्त्रको हरेक तहमा सबै नागरिकको अर्थपूर्ण सहभागिता कायम गर्ने विषयलाई समेटेको हुन्छ । यो मानिसको सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारको विषय हो । समावेशीकरणको सिद्धान्तको कार्यान्वयनबाट सामाजिक न्याय कायम गर्न सकिन्छ ।आर्थिक तथा सामाजिक रूपमा असुरक्षित वा जोखिममा रही आफ्नो जिविकोपार्जन आफैं गर्न असमर्थ रहेका व्यक्तिलाई राज्यको तर्फबाट विशेष सहुलियत, सहायता र संरक्षणको सुनिश्चितता प्रदान गर्ने विषयलाई सामाजिक सुरक्षाको अवधारणाले समेटेको हुन्छ । यो राज्यले संरक्षण दिनु पर्ने वर्ग, लि·, जातजाति तथा क्षेत्रका व्यक्तिहरूलाई सुरक्षा प्रदान गर्ने माध्यम हो । यो न्याय र लोकल्याणकारी व्यवस्थाको प्रवद्र्धन गर्ने दिशामा लक्षित नीतिगत तथा कार्यक्रमिक उपकरण र मान्यता हो । सामाजिक सुरक्षाको सम्बन्ध रोजगारीको अधिकारसँग जोडिएको हुन्छ ।
Share:

२०७२ साल पौष १ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्‍यो ?
- वि सं २०७२ मङ्सिर २४
. ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले राष्ट्रिय सदाचार सम्मान कसलाई प्रदान गर्‍यो ?
- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द के. सी.
. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ?
- ९ तह
. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्‍यो ?
- जर्मन चान्सलर एन्जेला मर्केल (दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को-को हुन् ?
- गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
. पाँच लाख रुपियाँ राशिको प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको अतिरिक्त अन्य कति जना आयुक्त रहने व्यवस्था छ ?
- ४ जना
Share:

मानव विकास सूचांकमा नेपाल झन् पछाडि

     नेपालको पछिल्लो राजनीतिक अवस्था, भूकम्प र केही समयदेखि जारी तराई केन्द्रित आन्दोलनको असर संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूनएनडीपी) ले जारी गर्ने प्रतिवेदनमा देखिएको छ। यूएनडीपीको मानव विकास सूचकांकमा नेपाल अघिल्लो वर्षभन्दा तल झरेको हो। अझै भारतीय नाकाबन्दीले पारेको अर्थतन्त्रको असर पछिल्लोमा देखिने छ।
     योपल्ट नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ। अघिल्लो वर्ष १ सय ४५ औं स्थानमा रहेको नेपाल १ सय ४६ औं स्थानमा पुगेको हो। मानव विकासको सूचकांकको सबैजसो इन्डिकेटरमा नेपाल एक स्थान तल झरे पनि केही आधारमा भने उही स्थानमा रहेको छ। नेपालभन्दा पछाडि पाकिस्तान र अगाडि केन्या छन्।
      विश्वको मानव सूचकांकमा नेपाल यस पटक ०.५४८ अंकमा छ। नेपाल दक्षिण एसियामा भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशभन्दा पछि देखिएको छ। नेपालभन्दा तल पाकिस्तान र अफगानिस्तान छन्।
      न्यून मानव विकास देशहरूको सूचीमा पहिलो नम्बरमा रहेको नेपाल यो वर्ष दोस्रोमा परेको छ। मानव विकासमा नेपालभन्दा अफ्रिकी मुलुक केन्या रहेको छ। यूएनडीपीको उक्त प्रतिवेदनमा नेपालको सुधार हुन सक्ने स्थानहरूको पहिचान प्रशस्त गरिएको छ। युवा परिचालन, कृषिको आधुनिकीकरण,
     राजनीतिक स्थायित्वमा देखिएको सकारात्मक पक्ष, विकास कार्यक्रममा नेपालीको चाहनालगायत छन्।
      नेपालमा संविधान जारी भएको अवस्था, सरकारमा दिगोपना र केही विकास परियोजना अघि बढ्न सकेको भए नेपालको स्थिति सुधार हुने देखिएको थियो। १ सय ८८ देशमध्ये नेपाल सुधार हुने अवस्थामा थियो। सरकारले पनि सन् २०२२ सम्म नेपाललाई अल्पविकसित मुलुकबाट माथि उठाउने प्रण गरेको थियो। पाकिस्तान, अफगानिस्तान, हाइटी, सुडानजस्ता देश नेपालभन्दा तल्लो स्थानमा रहेकोबाट पनि नेपालको राम्रो संकेत देख्न सकिन्छ।
      हरेक वर्षको अन्त्य वा नयाँ वर्षलगत्तै शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति आयजस्ता विषयका तथ्यांक केलाएर यूएनडीपीले मानव विकास सूचकांक प्रकाशित गर्छ। इथोपियाले उक्त प्रतिवेदन जारीको होस्ट गरेकोमा धन्यवाद दिँदै यूएनडीपीकी प्रमुख हेलेन कलर्कले भनिन्, ‘दिगो विकास, समावेशी, आर्थिक वृद्धि र सबैलाई कामका लागि यो प्रतिवेदन एक सूचक बन्ने गर्छ।
- ई-कान्तिपुर
Share:

केही समसामयिक सामान्यज्ञानः

. २०७२ (सन् २०१५) सालको अन्तर्राष्ट्रिय हात्तिपोलो प्रतियोगिताको विजयीः स्वीट्जरल्याण्डको EFG र उपविजेता नेपालको Tiger Tops टिम हो ।
. २०७२ सालको महिला हिंसा विरुद्धको १६ दिने अभियान २०७२ मंसिर ९ बाट सुरु गरियो ।

. Sheryl Sandberg विश्वका आठौं शक्तिशाली महिला हुन् । उनी फेसबुकका COO (Chief Operating Officer) हुन् । 
. नेपालसँग दौत्य समबन्ध कायम भएको पछिल्लो मुलुक जमैका (२०१५ अक्टोबर १) हो ।
. संबिधानसभाबाट संबिधान बनाउने ४४ औँ राष्ट्र नेपाल हो भने ४३ औँ राष्ट्र ट्युनिसिया हो ।
. महत्त्वपुर्ण सरकारि कार्यालय २०७१ पुष १ देखि दिनको १२ घण्टा खुल्ने निर्णय गरियो ।

. सर्बोच्च अदालतले अामाको नामबाट नागरिकता दिनुपर्ने परमादेश २०७१ पुष २७ बाट जारि गर्यो।
. काठमान्डौमा २०७१ पुष २० देखि महिला मैत्री यातायात सेवा सुचारु गरियो ।


९. नेपाल पानीजन्य प्रकोपको हिसाबले ३०औ स्थानमा पर्छ ।
१०. " राष्ट्रिय सदाचार सम्मान २०७२ " बाट डा. गोबिन्द के. सि. लाई सम्मान गरियो ।
११. २०१५ डिसेम्बर १०, ६७ औ विश्व मानब अधिकार दिवस ‘Our rights. our freedom always ( सदैव स्वतन्त्रताः हाम्रो अधिकार)भन्ने नाराका साथ ६७ औं विश्व मानवअधिकार दिवस मनाइयो । 
१२. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता वि.सं २०७१ माघ १५ भयो । 
१३. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली को सुरुवात २०७२ मंसिर २० देखि भएको छ । 
१४. संयुक्त राष्ट्र सङ्घीय महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुने नेपाली दुर्गानाथ भट्टराई हुन् ।
१५. वि.सं. २०७२ साउन १२ मा बितरित राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्रको उपाधि कबड्डी चलचित्रले प्राप्त गर्यो । 
१६. सन 2019 मा हुने महिला विश्वकप फुटबल फ्रान्सले आयोजना गर्दैछ । 
१७. भुकम्पका कारण भएको क्षति , राहत र पुनर्स्थापनाको लागि २७ बुंदे 'संकल्प प्रस्ताव' व्यवस्थापिका संसदको विशेष अधिवेसनले २०७२ बैशाख ३० गते पारित गरेको थियो । 
१८. जनकवी केशरी धर्मराज थापाको निधन २०७१ असोज २८ मा भएको थियो ।
१९. विश्वप्रसिद्ध टाइमम्यागजिनले जर्मन चान्सलर एंगेला मार्केललाई वर्ष २०१५ को वर्ष व्यक्ति घोषणा गरेको छ ।
Share:

२०७२ असोज २७ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



१. विश्वको सबैभन्दा ठूलो  र गहिरो महासागर कुन हो ?
- प्रशान्त महासागर
. विश्व बसोबास दिवस २०१५ को नारा के रहेको छ ?
- Public spaces for all अर्थात सबैका लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस नाराले सङ्केत गरेको छ । सन् १९८६ को संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)
. सन् २०१५ अक्टोबर ५ मा सम्पन्न तेन्जिङ हिलारी खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ?
- पुरुष तर्फ : भीम गुरुङ (नेपाली आर्मी) र महिला तर्फ : आङदामी सेर्पा (सोलुखुम्बु)
Share:

नेपालको संविधान, २०७२ मा नागरिकता सम्बन्धी रहेको व्यवस्था



     
       नेपालको संविधान, २०७२ को भाग २ धारा १० देखी धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

नागरिकतबाट बञ्चित नगरिने (धारा १०)

- कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने,
- नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको,
- यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुने,
- यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ :
Share:

२०७२ साल असोज २० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर



. यस बर्ष (२०७२ मा) प्रदान गरिने राष्ट्रिय संरक्षण पुरस्कारबाट कसलाई सम्मानित गरियो ?
- प्रा. रामप्रसाद चौधरी
. हालै थाइल्याण्डमा आयोजित (टाटा मोटर्सद्वारा) अन्तर्राष्ट्रियस्तरको 'स्किलफेस्ट ग्लोबल सर्भिस एड्भाइजर च्याम्पियन' को उपाधि कसालाई प्रदान गरियो ?
- सुमन धमला (सिप्रदी ट्रेडिङ प्रा.लि. का सर्भिस एड्भाइजर)
. नेपालमा हाल नगरपालिका मात्र भएका जिल्ला कति रहेका छन् ?
- ३ (काठमाण्डौं, भक्तपुर र ललितपुर) (२०७२ असोज १ मा २६ नयाँ नगरपालिका घोषणा पश्चात)
. नेपालमा हाल नगरपालिका नभएका जिल्ला कति रहेका छन् ?
- ७ (मनाङ, मुस्ताङ, हुम्ला, कालीकोट, मुगु, डोल्पा र रसुवा)
. मुलुकको राज्य सञ्चालन प्रक्रिया कस्तो हुने, कुन ढङ्गबाट शासन सञ्चालन गर्ने र मुलुकलाई कुन दिशातर्फ डोर्‍याउने भन्ने सम्बन्धमा राज्यले अवलम्वन गर्ने विचार एवं दर्शनको लिखित दस्तावेजलाई के भनिन्छ ?
- संविधान
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages