२०७२ साल पौष १ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्‍यो ?
- वि सं २०७२ मङ्सिर २४
. ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले राष्ट्रिय सदाचार सम्मान कसलाई प्रदान गर्‍यो ?
- त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोबिन्द के. सी.
. शिक्षा मन्त्रालयले २०७१ सालदेखि एसएलसी परीक्षालाई कति तहमा लेटर ग्रेडिङका आधारमा मूल्याङ्कन गर्ने भएको छ ?
- ९ तह
. विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को बर्ष व्यक्ति कसलाई घोषणा गर्‍यो ?
- जर्मन चान्सलर एन्जेला मर्केल (दोस्रोमा आतंकबादी समूह आईएसका नेता अबु बकर अल बग्दादी)
. न्यायपरिषद्को २०७२ मङ्सिर २२ मा बसेको बैठकद्वारा संवैधानिक इजलासको न्यायाधिशका लागि सिफारिस भएका चार जना न्यायाधिस को-को हुन् ?
- गिरीशचन्द्र लाल, सुशीला कार्की, धैध्यनाथ उपाध्याय र गोपाल पराजुली
. पाँच लाख रुपियाँ राशिको प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार कति बर्षमा प्रदान गरिने छ ?
- प्रत्येक बर्ष
. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको अतिरिक्त अन्य कति जना आयुक्त रहने व्यवस्था छ ?
- ४ जना
. संवैधानिक परिषद्को २०७२ मङ्सिर २२ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कसलाई नियुक्त गर्न सिफारिस गर्‍यो ?
- डा. अयोधिप्रसाद यादव
. नेपालमै पहिलोपटक सरकाले सम्मानार्थ पत्रकार परिचय पत्र कसलाई प्रदान गर्‍यो ?
- नारायण प्रसाद शर्मा (दाङ)
१०. गुरुङ जातिलाई अर्को कुन नामले चिनिन्छ ?
- तमु
११. संयुक्त राष्ट्रसंघको ७० औं महासभा २०१५ को नारा के हो ?
- राष्ट्रसंघका ७० बर्षः शान्ति सुरक्षा र मानव अधिकारका निम्ति भावी मार्ग
१२. नेपालको इभेन्ट आयोजक संस्था ई-प्लानेटले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मिस हेरिटेज इन्टरनेशनल-२०१५ को उपाधि कसले जित्यो ?
- भियतनामकी युवती भिक्टोरिया फाम (थर्ड रनरअपमा नेपालकी निशा पाठक)
१३. भक्तपुर २० औं पूर्ण साक्षर जिल्लका रुपमा कहिले घोषित भयो ?
- वि. सं. २०७२ मङ्सिर २७
१४. भोगले आत्माको शोषण गर्छ भने त्यागबाट पोषण मिल्छ । भन्ने विचारक को हुन्
- आचार्य विनोबा भावे
१५. नेपाल सरकारले हेलो स्वास्थ्य कार्यक्रम कहिले सुरु गरेको हो ?
- वि. सं. २०६९ कात्तिक २९
१६. भारत र पाकिस्तानवीच निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?
- रेड क्लिफ लाइन
१७. विश्वमा जलस्रोतमा सबैभन्दा धनी महादेश कुन रहेको छ ?
- दक्षिण अमेरिका
१८. नेपाल मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?
- वि. सं. २०५७ जेठ १३
१९. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न राष्ट्रसंघीय जलबायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२१) कहाँ सम्पन्न भयो ?
- पेरिस, फ्रान्स
२०. On Pillar Bridge भनी चिनिने कर्णाली नदीमाथि निर्मित पुलले कुन-कुन जिल्लालाई जोड्दछ ?
- बर्दिया र कैलाली
२१. नेपालमा निजी बन कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
- वि. सं. २०१३
२२. राष्ट्रिय खेलकुद परिषद्को स्थापना कहिले भएको हो ?
- वि. सं. २०१६
२३. भारतीय गुप्तचर संस्था RAW को पूरा रुप के हो ?
-  Research & Analysis Wing
२४. स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म ब्यापार विस्तार भन्ने नाराका साथ वि सं २०७२ पौष ८ देखि २१ गतेसम्म बुटबलमा आयोजना हुने मेला कुन हो ?
- अन्तर्राष्ट्रिय लुम्बिनी एक्स्पो-२०७२
२५. नेपालको संविधानबमोजिम प्रधान्याधिश र संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीको नियुक्तिको सिफारिस गर्न गठित संवैधानिक परिषद्को अध्यक्ष को हुने ब्यवस्था छ ?

-  प्रधानमन्त्री
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages