२०१५ मा विश्वका सबैभन्दा धनी १० व्यक्तिहरु


विश्वका दशौं धनी ब्यक्तिहरु
फोर्ब्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। फोर्ब्सले सन् २०१५ का धनी व्यक्तिहरूको पनि सूची तयार पारेको छ । फोर्ब्सद्वारा जारी यो सूचीको पहिलो १० स्थानमा केही अर्बपति लगातार रहँदै आएका छन्। यो वर्ष पनि गत वर्ष झै बिल गेट्स पहिलो स्थानमा छन्। यो वर्षको सूचीमा लिलियन बेटनकोर्टले पहिलो पटक प्रवेश पाएकी छिन् भने गत वर्ष यो सूचीको दसौं स्थानमा रहेका एलिस वाल्टन बाहिरिएका छन् ।

१. बिल गेट्स

६० वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन्। गतवर्ष पनि यो सूचीको पहिलो स्थानमा रहेका गेट्सले केही सम्पत्ति गुमाए पनि आफ्नो स्थान कायमै राखेका छन्। उनको सम्पत्ति यो वर्ष झन्डै १ अर्ब ५० करोड डलरले घटेर ७९ अर्ब २० करोड डलर कायम भएको छ । बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेका छन्। गेट्स तीन सन्तानका पिता हुन्। उनी हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर कलेज छाडेका थिए । उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन्।

२. कार्लोस स्लिम हेलु

गत वर्ष पनि यो सूचीको दोस्रो स्थानमा रहेका मेक्सिकोका ७५ वर्षीय कार्लोस स्लिम हेलु मुख्यतः दूरसञ्चार व्यवसायी हुन्। उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन्। यो वर्ष उनको कुल सम्पत्ति ६ अर्ब २० करोड डलरले बढेर ७७ अर्ब १० करोड डलर कायम भएको छ । हेलु ६ सन्तानका बुबा हुन्। तीमध्ये ३ छोरा उनको व्यापारमा संलग्न छन्।


३. वारेन बफेट

८५ वर्षीय वारेन बफेट अमेरिकी नागरिक हुन्। धनीहरूको यो सूचीमा बफेट यो वर्ष तेस्रो स्थानमा झरेका छन्। यो वर्ष उनको सम्पत्ति ७० करोड डलरले घटेर ७२ अर्ब ७० करोड कायम भएको छ । बफेटले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्ट्स र साइन्समा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातक गरेका छन्। वित्तीय क्षेत्रमा चर्चित बफेटले सेयर, बैंकिङ एवं बिमा आदि क्षेत्रमा लगानी गरेर यत्रो सम्पत्ति हासिल गरेका हुन्। उनको सेयर अमेरिकन एक्सप्रेस, कोकाकोला, जिलेटजस्ता प्रमुख कम्पनीमा छ । बफेट बिमा कम्पनी प्रमुखसमेत हुन्।

४. अमान्सियो ओर्टेगा

गत वर्ष पनि अर्बपतिहरूको सूचीको चौथो स्थानमा रहेका स्पेनका ७८ वर्षीय व्यवसायी अमान्सियो ओर्टेगा यो वर्ष पनि चौथो स्थानमै छन्। यो वर्ष उनको कुल सम्पत्ति ३ अर्ब १० करोड डलरले बढेर ६४ अर्ब ५० करोड डलर पुगेको छ । ओर्टेगा मूलतः खुद्रा व्यापारी हुन्। स्पेनमा उनको जारा नामक स्टोर छ । उक्त स्टोरमा लत्ताकपडादेखि लिएर घरायसी उपभोग्य सामग्रीसम्म उपलब्ध हुन्छ । विश्वका ७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन्। त्यसबाहेक ओर्टेगाको ग्या, पर्यटन, बैंकिङ तथा रियल स्टेटका क्षेत्रमा पनि विभिन्न राष्ट्रमा लगानी छ ।

५. लरेन्स एलिसन

७१ वर्षीय लरेन्स एलिसन अमेरिकी नागरिक हुन्। यो वर्ष उनको सम्पत्ति ३ अर्ब २० करोड डलरले बढेर ५४ अर्ब ३० करोड डलर पुगेको छ । गत वर्ष पनि पाँचौं स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन्। लरेन्सले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए जुन सन् १९८६ देखि सार्वजनिक प्रयोगमा आएको हो। एलिसनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र अध्ययन गरे पनि स्नातक नसक्दै बीचमै पढाइ छाडेका थिए ।

६. चार्ल्स कोच

अमेरिकाका ८० वर्षीय चार्ल्स कोच संयुक्त रूपमा छैटौं नम्बरका अर्बपति हुन्। यो वर्ष उनको कुल सम्पत्ति १ अर्ब ६० करोड डलरले बढेर ४२ अर्ब ९० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमै थिए । अमेरिकाको परम्परागत जमिन्दार परिवारबाट आएका चाल्र्स कोचको लगानी अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि फर्म तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरका छन्। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट कोचले द साइन्स अफ सक्सेसः हाउ मार्केट बेस्ड म्यानेजमेन्ट बिल्ट द वर्ल्डस लार्जेस्ट प्राइभेट कम्पनी शीर्षकको पुस्तकसमेत लेखेका छन्, जसमा कोचले आफ्नो परिवारको प्रगतिको कथा प्रस्तुत गरका छन् ।

७. डेभिड कोच

अमेरिकाका ७५ वर्षीय डेभिड कोच संयुक्त रूपमा छैटौं नम्बरका अर्बपति हुन्। यो वर्ष उनको कुल सम्पत्ति १ अर्ब ६० करोड डलरले बढेर ४२ अर्ब ९० करोड डलर पुगेको छ । गत वर्ष पनि उनी यो सूचीमा संयुक्त रूपमा छैटौं स्थानमै थिए । उनी चाल्र्स कोचका भाइ हुन्। चाल्र्स कोचको लगानी पनि अमेरिकाभरि छरिएको छ । उनले अमेरिकामा खुद्रा बजारदेखि होटल व्यवसाय, कृषि फर्म तथा कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरूमा लगानी गरेका छन्। डेभिड म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ग्राजुएट छन्। उनको अधिकांश व्यापार दाजु चार्ल्स कोचको साझेदारीमा छ ।

८. क्रिस्टी वाल्टन

गत वर्ष पनि यो सूचीको आठौं स्थानमा रहेकी अमेरिकाको वाल्टन परिवारकी सदस्य क्रिस्टी वाल्टन यो वर्ष पनि आठौं स्थानमै कायम छिन्। ६० वर्षीया क्रिस्टी वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटकी मुख्य सेयरहोल्डर हुन्। क्रिस्टी अमेरिकाको प्रसिद्ध चिल्ड्रेन्स स्कलरसिप फन्डकी सहअध्यक्ष समेत हुन्। यो वर्ष क्रिस्टी वाल्टनको सम्पत्ति १ अर्ब ३० करोड डलर बढेर ४१ अर्ब ९० करोड डलर कायम भएको छ ।

९. जिम वाल्टन

६७ वर्षीय जिम वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटका मुख्य सेयरहोल्डर हुन्। उनी अमेरिकाको आर्भेस्ट बैंक समूहका मुख्य कार्यकारी अधिकृतसमेत हुन्। गत वर्ष संसारका सर्वाधिक धनीको सूचीको नवौं स्थानमा रहेका वाल्टनको कुल सम्पत्ति १ अर्ब डलरले बढेर ४० अर्ब ६० करोड डलर कायम भएको छ । जिम वाल्टन क्रिस्टी वाल्टनका दाजु हुन्। 


१०. लिलियन बेटेनकोर्ट 

यो वर्षका सर्वाधिक धनीको सूचीको दसौं स्थानमा फ्रान्सको विश्व प्रसिद्ध सौन्दर्य प्रसाधन निर्माता कम्पनी लोरियलकी मालिक ९३ वर्षीया लिलियन बेटेनकोर्ट छिन्। अघिल्लो वर्ष यो सूचीको ११ औं स्थानमा रहेकी बेटेनकोर्टको सम्पत्ति ४० अर्ब १० करोड डलर छ । उनी यो सूचीमा अटाउने सबैभन्दा बढी उमेरकी अर्बपति हुन्। 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages