निमावि र माविको विज्ञापन फागुनभित्र खुल्ने

शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको विज्ञापन फागुनभित्र खुलाउने भएको छ ।
आयोगका कार्यकारी अधिकृत लक्ष्मीराम पौडेलले ०७१ असारदेखि गत असारसम्म खाली रहेको दरबन्दीमा विज्ञापन गर्न लागेको बताए ।
प्राथमिक तहमा खाली रहेको दरबन्दी पुरा गर्न विज्ञापन खुलाउने मिति भने अझै अनिश्चित छ । शिक्षा विभागले प्रावि तहमा दरबन्दी मिलान नगर्दा ढिलाई भएको हो । विभागका अनुसार २९ हजार प्राथमिक विद्यालयमा ८० हजार दरबन्दीका स्थायी शिक्षक छन् । त्यस्तै २० हजार भन्दा बढी राहतका शिक्षक छन् । प्राविका शिक्षकलाई निमाविमा समेत समायोजन गर्ने योजना अघि नबढेसम्म विज्ञापन खोल्ने प्रक्रिया रोकिने विभाग स्रोतले जनाएको छ । प्राविमा आर्थिक वर्ष ०६९/७० पछि रिक्त दरबन्दीमा  विज्ञापन भएको छैन ।

आयोगको बार्षिक क्यालेन्डर अनुसार प्राविको विज्ञापन कात्तिकमा खुलाउनु पर्ने हो । तर, विभागले ०६९ पछि खाली भएको दरबन्दीको तथ्याङक दिएकै छैन । त्यस्तै निमाविको पुस तेस्रो साता र माविको माघ दोस्रो साता विज्ञापन गर्ने आयोगको बार्षिक क्यालेन्डरमा उल्लेख गरेको छ । क्यालेन्डर अनुसार केही दिन ढिलाई होला, तर, जसरी पनि विज्ञापन गर्छौपौडेलले भने, ‘विभागका डीजी र मन्त्रालयमा सचिवज्यूसंग दरबन्दीको बारेमा छलफल भइरहेको छ । चाडै तथ्याङक दिने आश्वसन पाएका छौ । उहाँहरुले विज्ञापन गर्ने वातावरण बनाउने प्रतिबद्धता समेत दिने भएको छ ।

गत वर्ष निमाविमा एक हजार आठ सय र माविमा एक हजार तीन सयको हाराहारीमा विज्ञापन खुलाएको थियो । यसवर्ष पनि यही हाराहारीमा विज्ञापन खुल्दैछउनले भने, ‘यो भन्दा बढी हुदैन, बरु कम हुन्छ ।
साभारः इडियू खबर डट कम
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages