केही महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर

१. बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?
 सन् २०१५ डिसेम्बर ७
२. राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?
डा.गोविन्द के.सी.
३. Go Go foundation (Good Governance) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
डा. भगवान कोइराला
४. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
२०७२ मंसिर १६ गते
५. रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
डा. छविलाल गजुरेल
६. नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
२०७१ जेठ ३
७. फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्यो?
जर्मन चाल्सलर एन्जेला मर्केल
८. CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?
म्यागी डोयन, (अमेरिका)
९. टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो?
नोभेम्वर २७, २०१५ (अष्ट्रेलियाको एडिलेडमा Aus vs NZ)
१०. रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा २२४ यात्रीको ज्यान गयो ?
अक्टोबर-३१, २०१५
११. ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी १३० भन्दा बढीको ज्यान लियो?
नोबेम्वर १३, २०१५
१२. बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन हो?
स्टान्डर्ड चार्टर बैंक
१३. अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत पत्र जारी गरे ?
२०७२ मंसिर ८ (२% आर्थिक वृद्धीदर खस्कने अनुमान)
१४. नेपाल सरकारले आ.व. ०७२/०७३ को मौद्रीक नीति कहिले सार्वजनिक गर्योर?
२०७२ श्रावण ७
१५. भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ?
२०७२ असार १०
१६. नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्यो?
२०७२ मंसिर ४ गते
१७. एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?
नेपाली सेनाका भीम बहादुर गुरुंङ
१८. उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले निर्वाचित हुनुभयो?
२०७२ कार्तिक १४ गते
१९. राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले निर्वाचित हुनु भयो?
२०७२ कार्तिक ११
२०. ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित भइन?
२०७२ असोज २९
२१. नेपालको संविधान २०७२ को घोषणा कहिले भयो?
२०७२ असोज ३
२२. के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा कहिले निर्वाचित भए ?
२०७२ असोज २४
२३. कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?
२०७१ कार्तिक ३०
२४. स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन कहिले भयो?
२०७२ भदौ ४
२५. भारतिय ११ औ राष्ट्रपति APJ अब्दुल कलामको निधन कहिले भयो?
२०१५, जुलाई २७
२६. डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा कहिले नियुक्त भए?
२०७२ श्रावण २०
२७. राजनितिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको निधन कहिले भयो?
२०७२ श्रावण २५

२८. मिस युनिभर्स २०१५ कुन देशकी को घोषित भइन ?
- Pia Alonzo Wurtzbach, फिलिपिन्स 
२९. मिस वर्ल्ड २०१५ कुन देशकी को घोषित भइन ? 
- मेरिया लालागूना रोयो, स्पेन
३०. ससस्त्र प्रहरी का. मु. महानिरीक्षकमा को नियुक्त भएका छन ?
- दुर्ज बहादुर राई (२०७२/९/४मा)
३१. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
३२. तेर्हौ योजना को अबधिमा वार्षिक औषत आर्धिक बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- ६ % 
३३. तेर्हौ योजनाको अबधिमा कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- ४.५ %
३४. तेर्हौ योजनाको अबधिमा गैर कृषि क्षेत्र को वार्षिक औषत बृद्दी दर कति हासिल लक्ष्य राखिएको छ ?
- ६.७ %
३५. तेर्हौ योजना को अबधिमा गरीबको रेखा मुनी रहेको जन संख्या कतिमा झार्ने लक्ष्य राखिएको छ ?
- १८ %
३६. सन २०२२ सम्ममा नेपालमा बाघहरुको संख्या कति पुर्याउने लक्ष्य रहेको छ?
- २५०
३७. बिदेशमा सम्पर्क कार्यालय खोल्ने नेपालको पहिलो बैंक कुन हो ? 
- हिमालयन बैंक

३८. सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ?
- झापा र मोरंग
३९. सी.एन.एन. हिरो २०१५ बाट सम्मानित म्यागी डोयन कुन सस्थासंग आबद्ध छिन ?
- कोपिल भ्याली चिल्ड्रेन होम [नेपालका अन्य सी.एन.एन. हिरोहरु: अनुराधा कोइराला(related to: माइती नेपाल) : २०१०, पुष्पा बस्नेत(related to : early childhood development center and butterfly home) : २०१२]
४०. बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ?
- नेवार
४१. सुचनाको हक नेपालको संविधान-२०७२ को कति औ धारमा रहेको छ?
- २७ औ
४२. नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो?
- रूपमती
४३. नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो?
- जलेश्वर
४४. पाल्पा जिल्ला के को लागि प्रसिद्द छ?
- ढाका टोपी र करुवा
४५. नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको छ?
- २० जना
४६. नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो?
- मनाङ
४७. अधिकबर्ष कति दिनको हुन्छ?
- ३६६
४८. नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो?
- रौतहट
४९. Ladies Peak भनेर कुन हिमाललाई चिनिन्छ?
- अमाद्ब्लम (आमाले आफ्ना सन्तानको रक्षाको लागि आगाडी हात फैलाएको जस्तो देखिने ६,८१२ मिटर अग्लो हिमाल अमद्ब्लम हो | जसको अर्थ हुन्छ “mothers necklace” | त्यसैले यो हिमाललाई हिमालकी आमा पनि भनिन्छ |) 
५०. बेलायतमा औद्योगिक क्रान्ति कतिऔ शताब्दीमा सम्पन्न भयो?
- अठारौ देखि उन्नाइसऔ (१७६० देखि १८४० सम्म) 
५१. नेपालमा बाघको संख्या कति रहेको छ?
- १९८ (गणना बर्ष: सन् २०१३) (चितवन राष्ट्रिय निकुन्ज = १२० वटा, बर्दिया राष्ट्रिय निकुन्ज = ५० वटा, बाँके राष्ट्रिय निकुन्ज = ४ वटा, पर्सा वन्यजन्तु आरक्ष = ७ वटा, शुक्लाफाट वन्यजन्तु आरक्ष = १७ वटा)
५२. निलगिरी हिमाल कुन अंचलमा पर्छ?
- धौलागिरी 
५३. नेपालको भूकम्प नजाने शहर भनेर कुन सहरलाई चिनिन्छ?
- पनौती
५४. प्रथम विश्व युद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए?
- बबर समशेर
५५. सुलिगढ़ झरना समुन्द्र सतहबाट कति मिटर उचाइमा रहेको छ?
- ३६१३ मिटर
५६. सबैभन्दा पहिले निजीकरण गरिएको उद्योग कुन हो?
- बासबारी छाला जुत्ता उद्योग
५८.नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ?
- वंशज


Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages