चर्चित अन्तर्राष्ट्रिय पुरस्कार २०१५


नोबेल पुरस्कार २०१५

शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार ट्युनिसियाको नेसनल डायलग क्वार्टेटलाई प्रदान गरियो। सन् २०११ मा ट्युनिसियामा भएको जस्मिन रिभोल्युसन पछि लोकतन्त्र, शान्ति र स्थायित्व स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै समितिले नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो।

भौतिक शास्त्र

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापानका टाकाकी काजिता र क्यानाडाका आर्थर बी म्याक्डोनाल्डलाई संयुक्त रूपमा प्रदान गरियो। न्युट्रिनोहरूले कसरी आफ्नो पहिचान बदल्छन् भन्ने कुरा पत्ता लगाएबापत उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो।


रसायन शास्त्र

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका पाल माड्रिच, स्वीडेनका थामस लिंडहल तथा तुर्कमेनिस्तानका अजिज सनकारलाई संयुक्त रूपमा प्रदान गरियो। उनीहरूले कोषले नष्ट डीएनएलाई मर्मत गर्ने प्रक्रिया पत्ता लगाएका हुन्।

चिकित्साशास्त्र

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जापानी प्राध्यापक ड्रमेरिट्स साटोसी ओमुरा, आयरल्यान्डका विलियम क्यामपबेल एवं चीनका तु युयुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण लाग्ने रोगको औषधि आविष्कार गरेबापत संयुक्त रूपमा प्रदान गरियो।

साहित्य

साहित्यतर्फको नोबेल पुरस्कार बेलारुसकी ६७ वर्षीया श्वेतलाना एलेक्सियाविचलाई प्रदान गरियो। उनी बेलारुसमा राजनीतिक लेखिकाका रूपमा चिनिन्छिन्।

अर्थशास्त्रतर्फ

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री एङ्गस डिटनलाई प्रदान गरियो। डिटनलाई उपभोग, गरिबी र कल्याणविषयमा गरेको विश्लेषणका लागि यो पुरस्कार दिइएको हो।

रमन म्यागसेसे पुरस्कार २०१५


यो वर्षको रमन म्यागसेसे पुरस्कार भारतका सञ्जीव चतुर्वेदी, लाओसका कोमाली चान्थाभोङ, फिलिपिन्सका लिग्या फर्नान्डो, म्यानमारकी किब्बो थुलाई प्रदान गरियो। यो पुरस्कारलाई एसियाको नोबेल पुरस्कार मानिन्छ ।




५७ औं ग्रामी एवार्ड


विश्वप्रसिद्ध ग्रामी एवार्ड एल्बम अफ द इयरका लागि बिक, बब लुडवीग र टम इल्महिस्र्टलाई संयुक्त रूपमा प्रदान गरियो। सङ अफ द इयरका लागि साम स्मिथ, जिम्मी नाप्स तथा विलियम फिलिप्स संयुक्त रूपमा पुरस्कृत भए । रकर्ड अफ द इयरका लागि साम स्मिथ, रोडनी जर्किन्सर जिम्मी नाप्स संयुक्त रूपमा पुरस्कारको हकदार बने। वेस्ट न्यू आर्टिस्टवेस्ट पप भोकल एल्बमका लागि साम स्मिथले नै उक्त एवार्ड प्राप्त गरे।

द म्यान बुकर २०१५

यस वर्षको बुकर पुरस्कार जमैकाका लेखक मार्लोन जेम्सले प्राप्त गरे। यो पुरस्कार उनले अ ब्रिफ हिस्ट्री अफ सेभेन किलिङ्सनामक फिक्सनबापत पाएका हुन्।

वार्ल्डस चिल्ड्रेन पिस प्राइज २०१५

सन् २००० देखि वितरण गर्न थालिएको बालबालिकाको क्षेत्रको नोबेल पुरस्कार मानिने वार्ल्डस चिल्ड्रेन पिस प्राइज लिवियाका अब्राहम एम केइतालाई प्रदान गरियो। हिंसापीडित बालबालिकाहरूलाई न्याय दिलाउन संघर्ष गरेवापत केइताले उक्त पुरस्कार प्राप्त गरेका हुन्।

अनुराधालाई चाइल्ड १० एवार्ड


मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई स्वीडेनको चाइल्ड १० (सी टेन) अन्तर्राष्ट्रिय एवार्ड प्रदान गरियो।


शक्ति समूहलाई फ्रान्सको मानवअधिकार पुरस्कार


मानव बेचबिखन र हिंसाबाट पीडित महिला तथा बालबालिकाको पक्षमा गरको  पैरवीको सम्मान गर्दै फ्रान्सले शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारलाई फ्रेन्च रिपब्लिक ह्युमन राइट्स एवार्ड२०१५ प्रदान गर्यो। सोही कार्यका लागि सुनिता दनुवार ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाबाट एसिया डेमोक्रेसी एन्ड ह्युमन राइट्स एवार्डबाटसमेत सम्मानित भइन्। यो पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुन्।

वर्ल्ड हस्पिटालिटी एवार्ड

यो वर्षको वर्ल्ड हस्पिटालिटी एवार्ड सांग्रिला होटल काठमाडौंका एक्जुकेटिभ सेफ महेश ढकाललाई दिइयो। यो पुरस्कार फ्रान्सको पेरिसमा हरेक वर्ष विश्व पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा उत्कृष्ट काम गरेबापत प्रदान गरिन्छ ।

म्यागी भइन् सीएनएन हिरो
 अमेरिकी टेलिभिजन च्यानल सीएनएनले म्यागी डोड्रनलाई सीएनएन हिरो२०१५ घोषित गर्‍यो। नेपालमा बसेर समाजिक कार्य गर्दै आएकी डोड्रनले यो पुरस्कार हात पारेसँगै नेपालले तेस्रो पटक यो पुरस्कार प्राप्त गर्‍यो ।


वेस्ट टिचर एवार्ड


जापानमा अंग्रेजी भाषा शिक्षण गर्दै आएका खोटाङका भुवन रोकालाई टोकियोस्थित शिनोकुबोको सेह इंग्लिस एकेडेमीले बेस्ट टिचर एवार्डबाट सम्मानित गर्‍यो
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages