२०७२ पुष १५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
- स्टिभ स्मिथ
२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणके कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्‍यो ?
- सुशील ज्ञवाली
३. खानेपानी तथा सरसफाइ मन्त्रालयके स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ पुस ९
४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्६ अवार्डः २०७२ बाट स्मानित हुने कलाकार को हुन् ?
- गायक प्रेमध्वज प्रधान
५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ?
- सन् २००९-२०१५
६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
- १०
७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान 'नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
- डा. सन्दुक रुइत

८. नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले कहिले गर्‍यो ?
- वि.सं. २०७२ पुस १०
९. थामी जातिको मुख्य बसोबास स्थल दोलखा हे भने लेप्चा जातिके मुख्य बसोबास स्थल कहाँ हो ?
- इलाम
१०. नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ?
- देवनागरी
११. भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
- तामाङ
१२. 'अक्षराङ्क शिक्षा' नामक कृतिका रचनाकार को हुन् ?
- जय पृथ्वीबहादुर सिंह
१३. थारु सांस्कृतिक सङ्ग्रहालय चितवनमा रहेको छ भने गुरुङ सङ्ग्रहालय कहाँ रहेको छ ?
- पोखरा (कास्की)
१४. निजामती सेवाको पदपूर्ति सम्बन्धमा 'पिछडिएको क्षेत्र' भनी कति जिल्लालाई तोकिएको छ ?
- ९ जिल्ला
१५. मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको प्रधान कार्यालय कहाँ रहेको छ ?
- जेनेभा (स्विजरल्यान्ड)
१६. राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?
- ३५ जिल्ला (पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला)
१७. नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका लागि बुच कमिसनको गठन कहिले भएको थियो ?
- वि.सं. २००९
१८. सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको मानिन्छ ?
- चीन
१९. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको थियो ?
- वि.सं. २०१३ भाद्र २२
२०. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?
- बाँस
२१. नेपालमा सबैभन्दा पहिला स्थापनाभएको उद्योग कुन हो ?
- विराटनगर जुट मिल
२२. नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ?
- एसिया
२३. नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग अर्थात् पूर्व-पश्चिम राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई पहाडी जिल्ला कुन कुन हुन् ?
- मकवानपुर र अर्घाखाँची
२४. नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?
- वि.सं. १९०८
२५. विश्वमा तीव्र आर्थिक बृद्धि गरिरहेका राष्ट्रहरुको समूह BRICS अन्तर्गत पर्ने राष्ट्रहरु कुन कुन हुन् ?
- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका
२६. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन् ?
- हिमालयसमशेर जबरा
२७. Great Himalayan Trail के सँग सम्बन्धित छ ?
- पदयात्रा मार्ग
२८. नेपालमा आर्थिक क्षेत्रको सुधारका रुपमा भूमिसम्बन्धी ऐनको तर्जुमा कहिले गरियो ?
- वि.सं. २०२१
२९. सन् १९७६ मा गठित नेपाल सहायता समूहलाई हाल के भनी नामकरण गरिएको छ ?
- नेपाल विकास मञ्च (सन् २००० देखि)
३०. बहुपक्षीय व्यापार सञ्चालन विश्वव्यापार सङ्गठन (WTO) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
- वि.सं. २०६१ बैशाख ११ (२३ अप्रिल २००४)
३१. ओलम्पिक खेलमा नेपाले सर्वप्रथम कहिले सहभागिता जनायो ?
- सन् १९६४ को १८ औं टोकियो ओलम्पिक
३२. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यानाकर्षण गर्ने उद्धेश्यले सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक कहिले सम्पन्न भयो ?
- वि.सं. २०६६ मङ्सिर १९
३३. कुनकुन जनगणनामा नेपालको जनसङ्ख्या बृद्धिदर ऋणात्मक थियो ?
- दोस्रो र तेस्रो
३४. नेपालको एक मात्र सिकार आरक्ष कुन हो ?
- ढोरपाटन सिकार आरक्ष
३५. इनर्सिया न्युटको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?
- पहिलो नियम
३६. ध्वनिको तीब्रताकुन एकाइमा नापिन्छ ?
- डेसिबल
३७. DPT को पुरा रुप के हो ?
- Diphtheria Pertussis Tetanus
३८. नेपालको पहिलो महिला राजदुतको हुन् ?
- विन्देश्वरी शाह
३९. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?
- अफगानिस्तान
४०. भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार 'डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५' बाट सम्मानित हुने नेपाली को हुन् ?
- कलाकार अरुणा हिङमाङ
४१. यस बर्ष (२०७२) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वको हुन् ?

- प्रा.डा. तुलसीनारायण बैध्य
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages