२०७२ पौष २२ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ?
- जर्मन चान्सलर एन्जेला मर्केल
२. लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन पाइने व्यवस्था कहिलेदेखि भएको हो ?
- सन् १०१६ जनवरी १
३. भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उभाधि जित्ने राष्ट्र कुन हो ?
- भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने)
४. VOIP को पुरा रुप के हो ?
- Voice over Internet protocol
५. मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ?
- ३० धारा
६. नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी व्यवस्था छ  ?
- धारा १३७
७. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ  ?
- धारा १३९
Share:

ईतिहासका सम्बन्धी १०० बस्तुगत प्रश्नोत्तर

. सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए
-मेजर ब्राडशा
. नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? 
-राणाकाल
. नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो
-बि.सं १८४६
. भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए
-बिरध्वज बस्नेत
. पाण्डिकी अड्डा काहाँ थियो
-सिंहदरवार
. गोरखा राज्यको स्थापना कहिले भयो
-बि.सं.१६१६ भाद्र २५
. नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ
-राघवदेव
. अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए
-देवशमशेर
Share:

२०७२ पुष १५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तर

१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?
- स्टिभ स्मिथ
२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणके कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्‍यो ?
- सुशील ज्ञवाली
३. खानेपानी तथा सरसफाइ मन्त्रालयके स्थापना कहिले भएको हो ?
- वि.सं. २०७२ पुस ९
४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्६ अवार्डः २०७२ बाट स्मानित हुने कलाकार को हुन् ?
- गायक प्रेमध्वज प्रधान
५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ?
- सन् २००९-२०१५
६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?
- १०
७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान 'नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मानित भएका नेपालीके हुन् ?
- डा. सन्दुक रुइत
Share:

केही महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर

१. बायु प्रदुषण उच्च भए पछि बेइजिङमा कहिलेबाट विद्यालयहरु बन्द भए?
 सन् २०१५ डिसेम्बर ७
२. राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट कसलाई सम्मानित गरियो?
डा.गोविन्द के.सी.
३. Go Go foundation (Good Governance) पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
डा. भगवान कोइराला
४. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
२०७२ मंसिर १६ गते
५. रु.२ लाख राशीको विज्ञान तथा प्रविधि पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
डा. छविलाल गजुरेल
६. नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
२०७१ जेठ ३
७. फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई घोषणा गर्यो?
जर्मन चाल्सलर एन्जेला मर्केल
८. CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?
म्यागी डोयन, (अमेरिका)
Share:

सन् २०१५ मा संसारले गुमाएका हस्तीहरू


उमर अब्दुल हमिद करामी

लेबनानका वरिष्ठ राजनीतिज्ञ तथा दुई पटक प्रधानमन्त्री भैसकेका उमर अब्दुल हमिद करामीको ८० वर्षको उमेरमा जनवरी १ मा निधन भयो।

जोजेफ ओलेस्की

पोल्यान्डका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी गठनबन्धनका नेता ओलेस्कीको जनवरी ९ मा ६८ वर्षको उमेरमा निधन भयो।

गुन्टर ग्रास

विश्व प्रसिद्ध जर्मन कवि तथा साहित्यकार गुन्टर ग्रासको १३ अप्रिलमा ८७ वर्षको उमेरमा देहान्त भयो। सन् १९९९ मा नोबेल पुरस्कारद्वारा सम्मानित ग्रासका दर्जनौं विश्व चर्चित कृति छन्।

सिस्टर निर्मला

मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको २२ जुनमा ८१ वर्षको उमेरमा निधन भयो।

डा. अब्दुल कलाम

गणतन्त्र भारतका एघारौं राष्ट्रपति डा. अब्दुल कलामको ८४ वर्षको उमेरमा २७ जुलाईमा निधन भयो।

Share:

२०१५ मा विश्वका सबैभन्दा धनी १० व्यक्तिहरु


विश्वका दशौं धनी ब्यक्तिहरु
फोर्ब्स पत्रिकाले हरेक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। फोर्ब्सले सन् २०१५ का धनी व्यक्तिहरूको पनि सूची तयार पारेको छ । फोर्ब्सद्वारा जारी यो सूचीको पहिलो १० स्थानमा केही अर्बपति लगातार रहँदै आएका छन्। यो वर्ष पनि गत वर्ष झै बिल गेट्स पहिलो स्थानमा छन्। यो वर्षको सूचीमा लिलियन बेटनकोर्टले पहिलो पटक प्रवेश पाएकी छिन् भने गत वर्ष यो सूचीको दसौं स्थानमा रहेका एलिस वाल्टन बाहिरिएका छन् ।

१. बिल गेट्स

६० वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन्। गतवर्ष पनि यो सूचीको पहिलो स्थानमा रहेका गेट्सले केही सम्पत्ति गुमाए पनि आफ्नो स्थान कायमै राखेका छन्। उनको सम्पत्ति यो वर्ष झन्डै १ अर्ब ५० करोड डलरले घटेर ७९ अर्ब २० करोड डलर कायम भएको छ । बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेका छन्। गेट्स तीन सन्तानका पिता हुन्। उनी हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर कलेज छाडेका थिए । उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरेटिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन्।

२. कार्लोस स्लिम हेलु

गत वर्ष पनि यो सूचीको दोस्रो स्थानमा रहेका मेक्सिकोका ७५ वर्षीय कार्लोस स्लिम हेलु मुख्यतः दूरसञ्चार व्यवसायी हुन्। उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन्। यो वर्ष उनको कुल सम्पत्ति ६ अर्ब २० करोड डलरले बढेर ७७ अर्ब १० करोड डलर कायम भएको छ । हेलु ६ सन्तानका बुबा हुन्। तीमध्ये ३ छोरा उनको व्यापारमा संलग्न छन्।
Share:

चर्चित अन्तर्राष्ट्रिय पुरस्कार २०१५


नोबेल पुरस्कार २०१५

शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार ट्युनिसियाको नेसनल डायलग क्वार्टेटलाई प्रदान गरियो। सन् २०११ मा ट्युनिसियामा भएको जस्मिन रिभोल्युसन पछि लोकतन्त्र, शान्ति र स्थायित्व स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै समितिले नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो।

भौतिक शास्त्र

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जापानका टाकाकी काजिता र क्यानाडाका आर्थर बी म्याक्डोनाल्डलाई संयुक्त रूपमा प्रदान गरियो। न्युट्रिनोहरूले कसरी आफ्नो पहिचान बदल्छन् भन्ने कुरा पत्ता लगाएबापत उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको हो।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages