राज्यको कानुन कार्यान्वयन गराउने मन्त्रीहरु सहितको
मन्त्रिपरिषद्लाई कार्यपालिका भनिन्छ । यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत
सरकार प्रमुख अर्थात प्रधानमन्त्री‚ मन्त्री‚ निजामती सेवा‚ सेना- प्रहरीजस्ता
निकायहरु पर्दछन् । कार्यपालिकालाई वास्तविक रुपमा प्रशासन पनि भन्न सकिन्छ ।
कार्यपालिकाको गठन मुख्यरुपमा दुई प्रकारले हुने गर्दछ । संसदीय शासन प्रणाली भएका
मुलक जस्तै : बेलायत‚ भारत‚ बंगलादेश‚ नेपालमा चुनावमा बहुमत प्राप्त दलको नेतालाई
संसदको बहुमतद्वारा प्रधानमन्त्रीमा नियुक्त गरी प्रधानमन्त्रीले मन्त्रीपरिषद्को
गठन गर्ने व्यवस्था हुन्छ । राष्ट्रपतीय शासन प्रणाली भएका मुलुक जस्तै : अमेरिका‚
जर्मन‚ फ्रान्समा जनताद्वारा राष्ट्रपतिको सिधै निर्वाचन भई राष्ट्रपतिले सरकारको
गठन गर्ने व्यवस्था हुन्छ ।
कार्यपालिकाले गर्ने कार्यहरु
- - देशमा शान्तिसुरक्षा कायम गर्ने‚ देशको रक्षा गर्ने‚
प्रतिरक्षा गर्ने‚
- - राष्ट्रिय नीतिहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने‚
- - संसदले बनाएका कानुन लागु गर्ने‚
- - सांसदले दिएको अख्तियारभित्र रही संविधान अनुकूल हुने गरी
नियम‚ बिनियम बनाउने‚
- - आय व्ययको विवरण बजेट तयार गरी संसदमा पेश गर्ने‚ संसदबाट
बजेट पारित गराई लागू गर्ने‚
- - अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने‚
कूटनीतिक सम्बन्ध कायम गर्ने‚
- - राज्य सञ्चालनका लागि नियमित‚ आकस्मिक र विकासात्मक कार्य
गर्ने‚
- - जनहितका लागि लोककल्याणकारी कार्य गर्ने ।