संवैधनिक अंग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधनिक अंग छन् ? लेख्नुहोस् ।


      कार्यपालिका‚ व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायहलाई संवैधानिक अंग भनिन्छ । संवैधानिक अंगका काम‚ कर्तव्य‚ अधिकार‚ तिनमा रहने पदाधिकारीको संख्या‚ तिनको नियुक्ति एवं बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अंग स्वतन्त्र‚ स्वायत्त‚ तटस्थ एवं निष्पक्ष हुने गर्दछ । सरकारको कामकारवाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन‚ जनताका हक अधिकारको रक्षा गर्न‚ सत्तारुढ दलबाट हुन सक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न‚ सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अंगको आवश्यकता पर्दछ ।
नेपालमा भएका संवैधानिक अंग
      नेपालको अन्तरिम संविधान‚ २०६३ अनुसार हाल नेपालमा निम्न ६ वटा संवैधानिक अंगहरु रहेका छन्
१. लोकसेवा आयोग
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३. महालेखा परीक्षक
४. राष्ट्रिय मानव अधिकार आयोग
५. निर्वाचन आयोग

६. महान्यायाधिवक्ता
Share:

२०७१ फागुन २७ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. नेपालको सांगीतिक रियालिटी सो नेपाली तारा-३ (वि.सं. २०७१ फागुन २२ मा काठमाण्डौंमा सम्पन्न) को उपाधि जित्ने प्रतिभा को हुन् ?
- प्रताप लामा (फस्ट रनर अप इटहरीका देवेश राई र सेकेण्ड रनर अफ चितवनका सुरेश लामा)
२. सन् २०१४ डिसेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी बीसौं सम्मेलन (कोप-२०) कहाँ सम्पन्न भयो ?
- लिमा‚ पेरु (उक्त सम्मेलनले लिमा कल फर क्लाइमेट एक्सन-२०१४ जारी गरेको ।)
३. अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ ?
- मार्च ८ (लैंगिकमैत्री संविधान‚ महिला हिंसाको निदान – राष्ट्रिय नारा तथा ‘Empowering Women Empowering Humanities‚ Picture It’ – अन्तर्राष्ट्रिय नाराका साथ सन् २०१५ मार्च ८ मा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो ।)
४. वि.सं. २०७१ फागुन २३ मा सम्पन्न १७ औं संस्करणको बुढाशुब्बा गोल्डकपको उपाधि कसले जित्यो ?
- एपीएफ क्लब (उपविजेता मानङ मस्‍याङदी कल्ब)
५. H1N1 भाइरसका कारण हुने स्वाइन फ्लू रोगलाई अर्को के नामले चिनिन्छ ?
- टाइप ए इन्फ्लुएन्जा
६. एईसीसी मिस नेवा- ११३५ को उपाधि जित्ने युवती को हुन् ?
- सरिना स्थापित
७. वि.सं. २०७१ फागुन २२ मा नेपालका कुन स्रष्टाको तस्वीर अंकित चाँदीको सिक्का विमोचन गरियो ?
- संस्कृतिविद सत्यमोहन जोशी
Share:

नायब शुब्बाको लागी केही महत्वपूर्ण सामान्यज्ञान

. छोरी ज्वाईलाई अंश दिने चलन कुन जातिमा रहेको छ ?
दुरा
. कुन राणा प्रधानमन्त्रीकोपालादेखि विदेशमा नेपाली राजदुत राख्न थालिएको हो?

ुद्ध शमशेर

. विश्वको पहिलो नगदेबाली के लाई मानिन्छ ?

चिया

. विश्वमा देखिएको स्वाईन फ्लु कुन जिवाणुका कारण लाग्ने गरेको छ ?

– H1N1

. वि सं २०३७ सालको जनमत संग्रह पछ कसको अध्यक्षतामा संविधान सुधार सुझाव आयोगको गठन भएको थियो ?

वासुदेव शर्मा

. टेक्निकल हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ?

अमादब्लम

. सर्वप्रथम नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को हुन् ?

जर्ज बर्नाड शाह

. गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?

पर्वत

. नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक भोटिङ्गको व्यवस्था लागू गर्ने गरी आदेश जारी गरेको हो ?

वि.सं २०७१ पौष २१ गते

१०. काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट सञ्चालन भएको हो ?

वि.सं २०७१ पौष २० गते
Share:

लैंगिक बजेट भनेको के हो ? लैगिक बजेटका उद्देश्यहरु उल्लेख गर्नुहोस् ।


      महिला र पुरुषवीच समानता कायम गर्नका लागि सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैंगिक बजेट (Gender Budget) भनिन्छ । यो महिलाको लागि छुट्टै बजेट भने होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो‚ जसले आयोजनाको तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । नेपालमा आ.व. २०६४/६५ देखि लैंगिक बजेट लागू गरिएको छ ।
Share:

नेपालका प्रमुख धार्मिक स्थलहरु


. गोसाईकुण्ड
      बागमती अञ्चलको रसुवा जिल्लामा पर्ने हिन्दुहरुको पवित्र तीर्थस्थलको रुपमा रहेको गोसाईकुण्ड समुद्र सतहदेखी ४३६० मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरुले घेरीएको यो ठाउँ अति नै सुन्दर र रमणिय छ । यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । भगवान शिवले त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास गरिन्छ । गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वतीकुण्ड भैरवकुण्ड सूर्यकुण्ड गणेशकुण्ड लगायतका ९ वटा कुण्डहरु रहेका छन् । नेवारहरु गोसाईँकुण्डलाइ शिलुतीर्थ भन्ने गर्दछन् । त्रिशुली नदीको उत्पति यही गोसाईँकुण्डबाट भएको हो ।
Share:

समावेशिरण गराउने उपायहरु/तरिकाहर के के हुन् ? लेख्नुहोस् ।


      राज्य संयन्त्रमा सबैको सक्रिय एवं सार्थक सहभागिता गराउने कार्य समावेशीरण हो । यो लक्षित बर्गलाई राज्य सञ्चालना हरेक अंगमा सहभागी बनाउने माध्यम पनि हो । निम्न उपाय एवं तरिका अवलम्वन गरेर राज्य सञ्चालनका हरेक अंगमा सबैलाई सहभागी गराउन सकिन्छः
१. आरक्षण (Reservation) को व्यवस्था गरेर‚
२. सकारात्मक विभेदको नीति लागू गरेर‚
३. सशक्तिकरण गरेर
४. लक्षित कार्यक्रम सञ्चालन गराएर‚
५. समानुपातिक प्रतिनिधित्व गराएर‚
६. मानव विकास र गरिवी निवारणको क्षेत्रमा लगानी गरेर‚

७. जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर । 
Share:

२०७१ फागुन २० गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. सन् २०१५ फेब्रुअरीमा सम्मन्न ८७ औं संस्करणको ओस्कार अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?
- वर्ड म्यान
२. ओस्कार अवार्ड-२०१५ मा उत्कृष्ट अभिनेताको उपाधि चुम्ने कलाकार को हुन् ?
- एडी रडमेन
३. २०७१ फागुन १४ को संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्ष पदमा कसालाई सिफारिस गरेको छ ?
- उपेश मैनाली
४. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा रहेका जाति र बोलिने भाषाको संख्या कति कति रहेको छ ?
- क्रमशः १२५ र १२३
५. बहुपक्षिय व्यापार सञ्जाल विश्व व्यापार संगठनको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
- सन् २००४ अप्रिल २३
६. निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
- खिम्ती
७. नेपाल सरकारले घोषणा गरेको मितिका आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages