बृत्ति विकास भनेको के हो ? नेपालको निजामती सेवामा वृत्ति विकाससम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।


      पेशा‚ व्यवसाय‚ इलम‚ नोकरी आदिजस्ता कामलाई वृत्ति भनिन्छ । यही वृत्ति प्रगति एवं उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेशाको बढोत्तरी हो‚ पेशामा हुने सकारात्मक एवं गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा‚ शाखा अधिकृत पदमा बढुवा हुने कार्य तथा समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य बृत्ति विकासको उदाहरण हो । बढुवा‚ उपयुक्त स्थानमा सरुवा‚ पदस्थापन‚ तलब भत्ता‚ थप शैक्षिक अवसर‚ तालिम‚ अध्ययन भ्रमण आदि बृत्ति विकासका महत्वपूर्ण पक्ष हो । वृत्ति विकास Vertical‚ Horizontal वा दुवै हुन सक्दछन ।
Share:

२०७२ बैशाख ९ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर


१. रुपक स्मृति पुरस्कार-२०७१ बाट सम्मानित हुने फुटबलर को हुन् ?
- सन्तोष साहुखल र भगवती थापा
२. इन्डोनेसियाको बाङडुङमा हुने अफ्रिकी-एसियाली मुलुकको सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशिल कोइराला कहिले त्यसतर्फ प्रस्थान गरे ?
- वि.सं. २०७२ बैशाख ७
३. संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन कहिले भयो ?
- वि.सं. २०७२ बैशाख २
४. विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान २०७२ को नारा के रहेको छ ?
- हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त विद्यालय बनाऔं बालबालिकालाई विद्यालय पठाऔं
५. मलाला एस्टोराइड के हो ?
- नोबल पुरस्कार विजेता मलाला युसुफजाइको नाममा राखिएको आकशिय पिण्ड
६. खुलाबजार एवं उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो ?
- वि.सं. २०७२ बैशाख १
७. सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो ?
- सन् १९७९
Share:

२०७१ सालमा जसलाई हामीले गुमायौं

नन्दप्रसाद अधिकारी

आफ्ना छोराको हत्याराविरुद्ध कारबाहीको माग गर्दै ३ सय ३३ दिनदेखि आमरण अनशनमा रहेका गोरखा, फुजेलका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको असोज ६ गते निधन भयो । 

साहना प्रधान 

कम्युनिस्ट आन्दोलनकी अगुवा तथा एमाले नेतृ साहना प्रधानको ८७ वर्षको उमेरमा असोज ६ गते निधन भयो । पुष्पलाल श्रेष्ठकी धर्मपत्नी प्रधान तीन वर्षदेखि नशाको समस्याबाट पीडित थिइन् ।
साहना प्रधान


जनकविकेशरी धर्मराज थापा

छरिएर रहेका लोकगीतलाई संकलित रूपमा नेपाली जनमानससम्म पुर्‍याउन अथक योगदान गरेका जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा असोज २७ गते निधन भयो । 

जनकवि केशरी धर्मराज थापा


जगदीश घिमिरे

चर्चित साहित्यकार जगदीश घिमिरेको ६८ वर्षको उमेरमा कात्तिक १३ गते निधन भयो । २०६४ सालमा मदन पुरुस्कारका साथै उत्तम शान्ति पुरस्कारसमेत पाएका घिमिरे लामो समयदेखि समाजसेवामा सक्रिय थिए ।

श्रीकृष्ण श्रेष्ठ

दर्जनौं नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा साउन २४ गते निधन भयो । क्यान्सर र निमोनियाँग्रस्त श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

डीबी लामा

पञ्चायतकालका विवादास्पद तथा पछिल्लो समय नेपाली कांग्रेससँग आबद्ध पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) डीबी लामाको ८५ वर्षको उमेरमा चैत ११ गते निधन भयो । 

सिद्धराज ओझा

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सिद्धराज ओझाको ७० वर्षको उमेरमा असोज ९ गते निधन भयो । ओझा नेपाली प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि आबद्ध थिए ।

पोष्टबहादुर बोगटी 

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष पोष्टबहादुर बोगटीको ६१ वर्षको उमेरमा भदौ ३० गते निधन भयो ।

हरि खड्का 

सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सभासद हरि खड्काको ५१ वर्षको उमेरमा मंसिर २० गते निधन भयो । खड्का २०७० सालको संविधानसभाको निर्वाचनमा बाग्लुङ-१ बाट विजयी भएका थिए ।

डा. अन्जनीकुमार शर्मा

नेपालका वरिष्ठ शल्यचिकित्सक डा. अन्जनीकुमार शर्माको ८६ वर्षको उमेर असोज २१ गते निधन भयो । डा. शर्मा रक्त क्यान्सरबाट पीडित थिए ।

गणेशबहादुर प्रसाईं

प्रसिद्ध साहित्यकार तथा समालोचक गणेशबहादुर प्रसाईंको ८५ वर्षको उमेरमा असार १९ गते निधन भयो । 

सरोजगोपाल बज्राचार्य

'नक्कलीलाई भगाई..' जस्तो चर्चित गीतका गायक सरोजगोपाल बज्राचार्यको ६४ वर्षमा साउन २९ गते निधन भयो । 

सन्तकुमार जोजिजू

प्रसिद्ध बेन्जोबादक सन्तकुमार जोजिजूको ९२ वर्षको उमेरमा असार ३० गते निधन भयो । 

डा. अरुण कोइराला

नेपाली कांग्रेस बाँके जिल्ला सभापति तथा प्रजान्तत्रवादी नेता डा. अरुण कोइरालाको ७३ वर्षको उमेरमा मंसिर २ गते निधन भयो । 

रामदेव भट्टराई

नेपाल राष्ट्रिय पुस्तकालयका संस्थापक एवम्'रूपरेखा' साहित्यक पत्रिकाका सम्पादक रामदेव भट्टराईको फागुन १० गते निधन भयो ।

महेन्द्र यादव

पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता महोत्तरीका महेन्द्र यादवको चैत १७ गते ६३ वर्षको उमेरमा निधन भयो । यादव ब्रेनट्युमरबाट पीडित थिए । 

रामनाथ ढकाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधान सभा-१ का सभासद रामनाथ ढकालको चैत २२ गते आइतबार उपचारका क्रममा काठमाडौंमा निधन भयो । ५२ वर्षिय ढकाल स्वाइनफ्लु लगायत विभिन्न रोगबाट पीडित थिए । 
                                                                                          स्रोतः कान्तिपुर साप्ताहिक
Share:

कार्यालयमा सञ्चारको व्यवस्थापन


                                                                                                                                 –मुकुन्दप्रसाद निरौला
परिचय
सञ्चार मानवीय सम्बन्धको अभिन्न अंग हो । प्रशासकीय क्रियाकलापहरुलाई प्रभावकारी बनाउन, कार्यकुशलता बृद्धि गरी सरलीकृत गर्न र सार्वजनिक लक्ष्य प्राप्त गर्न सञ्चार आवश्यक पर्दछ । जसरी शरिरका लागि कोशिकाको आवश्यकता पर्दछ त्यसैगरी संगठनका लागि पनि सञ्चार सम्प्रेषण हुनुपर्दछ । योजना, संगठन, नेतृत्व, मानव संशाधन व्यवस्थापन र नियन्त्रणका लागि सञ्चार सारतत्व हो ।
- दुई पक्ष वीच सूचना आदान प्रदान गर्ने कार्य,
- साझा उद्देश्यका लागि साझा बुझाई,
- पारस्परिक अन्तरसम्बन्ध कायम राख्ने माध्यम,
- अर्थको हस्तान्तरण र बुझाई ।
Share:

२०७२ बैषाख २ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत/छोटा प्रश्नोत्तरहरु


१. सिनियर राष्टिय पुरुष र महिला टिम तथा टि ट्वान्टी क्रिकेट च्याम्यिन सीपको प्रायोजक बनी नेपाली खेलकुदमा किर्तिमानी प्रायोजन गर्ने संस्था कुन बनेको छ ? 
- नेपाली टेलिकम 
२.  नई चन्द्रधन पुरस्कार २०७१ कसलाई प्रदान गरियो ? 
- प्रा.डा. विणा पौडेल 
३. स्पेन स्थित विजनेस इनीसीएटीभ डाईरेक्सनको इन्टरनेसनल आर्क अफ युरोप ( गोल्ड क्याटागोरी ) अवार्ड २०१५ कसलाई प्रदान गरियो ? 
- जलविद्युत लगानी तथा विकास कम्पनी 
४. सरकारले काठमाडौं उपत्यकालाई कहिलेदेखि पोलिथिन झोलामुक्त शहरका रुपमा घोषित गरेको छ ? 
- वि.सं २०७२ वैशाख १ 
५. जीवनको दुःखद पक्ष के हो भने हामी चाडैँ बुढो हुन्छौं, समझदार ढिला भन्ने बिचारक को हुन्छ ? 
- बेन्जामिन फ्रयांकलिन 
६. गैरआवासीय नेपाली संघ एनआरएन ) को सातौं विश्व सम्मेलन कहिले हुने भएको छ ? 
- सन् २०१५ अक्टोबर १४ देखि १७ 
७. महालेखा परीक्षकको कार्यालयको ५२ औं प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७०\७१ मा अघिल्लो बर्षको तुलनामा बर्षको तुलनामा बेरुजु कति प्रतिशत बढेको छ ? 
- १२.३५ प्रतिशत 
Share:

२०७१ सालमा प्रदान गरिएका विभिन्न पुरस्कारहरु

. मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार
राधा पौडेलले जुम्ला आक्रमणका बारेमा लेखेको संस्मरण 'खलंगामा हमला' (एउटी नर्सको डायरी) लाई २०७० सालको मदन पुरस्कार प्रदान गरियो । त्यसैगरी २०७० सालको जगदम्बाश्री पुरस्कार साहित्यकार शिव रेग्मीले पाए ।
. छिन्नलता गीत पुरस्कार

यो वर्षगीत, संगीत क्षेत्रमा लागेका चार प्रतिभालाई छिन्नलता गीत पुरस्कार प्रदान गरियो । पुरस्कार प्राप्त गर्नेमा गीत रचनातर्फ डा. रामविक्रम सिजापति, संगीततर्फ राजु सिंह, गायनतर्फ उदय सोताङ, नवप्रतिभातर्फ रेजिना रिमाल छन् ।

. डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कार 

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो ।

. प्रतिभा पुरस्कार-२०७१

समालोचक डा. गोपाल भण्डारीलाई उनको समालोचना संग्रह 'भिन्न भिन्न दृष्टिकोण' का लागि प्रतिभा पुरस्कार-२०७१ प्रदान गरियो ।
Share:

२०७१ सालको राष्ट्रिय घटनाक्रम


वैशाख २
भक्तपुरको मध्यपुर थिमी बोडेका जुजुभाइ बासँ श्रेष्ठले छैटौंपटक जिब्रो छेडेर जात्रा मनाए ।
वैशाख ३
कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तविरुद्ध मुद्दा चलाएको विरोधमा एमाओवादीले संसद् अवरुद्ध गरेका थिए ।
वैशाख ५
सगरमाथा आरोहणमा खटिएका १२ जना क्लाइम्बिङ शेर्पाको हिमपहिरोले पुरिएर मृत्यु । हिमपहिरोमा पुरिएर ४ जना बेपत्ता र ६ जना घाइते भएका थिए ।
वैशाख ५
सरकारले बेपत्ता भएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस ।
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages