२०७१ सालमा जसलाई हामीले गुमायौं

नन्दप्रसाद अधिकारी

आफ्ना छोराको हत्याराविरुद्ध कारबाहीको माग गर्दै ३ सय ३३ दिनदेखि आमरण अनशनमा रहेका गोरखा, फुजेलका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको असोज ६ गते निधन भयो । 

साहना प्रधान 

कम्युनिस्ट आन्दोलनकी अगुवा तथा एमाले नेतृ साहना प्रधानको ८७ वर्षको उमेरमा असोज ६ गते निधन भयो । पुष्पलाल श्रेष्ठकी धर्मपत्नी प्रधान तीन वर्षदेखि नशाको समस्याबाट पीडित थिइन् ।
साहना प्रधान


जनकविकेशरी धर्मराज थापा

छरिएर रहेका लोकगीतलाई संकलित रूपमा नेपाली जनमानससम्म पुर्‍याउन अथक योगदान गरेका जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा असोज २७ गते निधन भयो । 

जनकवि केशरी धर्मराज थापा


जगदीश घिमिरे

चर्चित साहित्यकार जगदीश घिमिरेको ६८ वर्षको उमेरमा कात्तिक १३ गते निधन भयो । २०६४ सालमा मदन पुरुस्कारका साथै उत्तम शान्ति पुरस्कारसमेत पाएका घिमिरे लामो समयदेखि समाजसेवामा सक्रिय थिए ।

श्रीकृष्ण श्रेष्ठ

दर्जनौं नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा साउन २४ गते निधन भयो । क्यान्सर र निमोनियाँग्रस्त श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 

डीबी लामा

पञ्चायतकालका विवादास्पद तथा पछिल्लो समय नेपाली कांग्रेससँग आबद्ध पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) डीबी लामाको ८५ वर्षको उमेरमा चैत ११ गते निधन भयो । 

सिद्धराज ओझा

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सिद्धराज ओझाको ७० वर्षको उमेरमा असोज ९ गते निधन भयो । ओझा नेपाली प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि आबद्ध थिए ।

पोष्टबहादुर बोगटी 

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष पोष्टबहादुर बोगटीको ६१ वर्षको उमेरमा भदौ ३० गते निधन भयो ।

हरि खड्का 

सवारी दुर्घटनामा परेर घाइते भएका नेपाली कांग्रेसका सभासद हरि खड्काको ५१ वर्षको उमेरमा मंसिर २० गते निधन भयो । खड्का २०७० सालको संविधानसभाको निर्वाचनमा बाग्लुङ-१ बाट विजयी भएका थिए ।

डा. अन्जनीकुमार शर्मा

नेपालका वरिष्ठ शल्यचिकित्सक डा. अन्जनीकुमार शर्माको ८६ वर्षको उमेर असोज २१ गते निधन भयो । डा. शर्मा रक्त क्यान्सरबाट पीडित थिए ।

गणेशबहादुर प्रसाईं

प्रसिद्ध साहित्यकार तथा समालोचक गणेशबहादुर प्रसाईंको ८५ वर्षको उमेरमा असार १९ गते निधन भयो । 

सरोजगोपाल बज्राचार्य

'नक्कलीलाई भगाई..' जस्तो चर्चित गीतका गायक सरोजगोपाल बज्राचार्यको ६४ वर्षमा साउन २९ गते निधन भयो । 

सन्तकुमार जोजिजू

प्रसिद्ध बेन्जोबादक सन्तकुमार जोजिजूको ९२ वर्षको उमेरमा असार ३० गते निधन भयो । 

डा. अरुण कोइराला

नेपाली कांग्रेस बाँके जिल्ला सभापति तथा प्रजान्तत्रवादी नेता डा. अरुण कोइरालाको ७३ वर्षको उमेरमा मंसिर २ गते निधन भयो । 

रामदेव भट्टराई

नेपाल राष्ट्रिय पुस्तकालयका संस्थापक एवम्'रूपरेखा' साहित्यक पत्रिकाका सम्पादक रामदेव भट्टराईको फागुन १० गते निधन भयो ।

महेन्द्र यादव

पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता महोत्तरीका महेन्द्र यादवको चैत १७ गते ६३ वर्षको उमेरमा निधन भयो । यादव ब्रेनट्युमरबाट पीडित थिए । 

रामनाथ ढकाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधान सभा-१ का सभासद रामनाथ ढकालको चैत २२ गते आइतबार उपचारका क्रममा काठमाडौंमा निधन भयो । ५२ वर्षिय ढकाल स्वाइनफ्लु लगायत विभिन्न रोगबाट पीडित थिए । 
                                                                                          स्रोतः कान्तिपुर साप्ताहिक
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages