२०७१ सालमा प्रदान गरिएका विभिन्न पुरस्कारहरु

. मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार
राधा पौडेलले जुम्ला आक्रमणका बारेमा लेखेको संस्मरण 'खलंगामा हमला' (एउटी नर्सको डायरी) लाई २०७० सालको मदन पुरस्कार प्रदान गरियो । त्यसैगरी २०७० सालको जगदम्बाश्री पुरस्कार साहित्यकार शिव रेग्मीले पाए ।
. छिन्नलता गीत पुरस्कार

यो वर्षगीत, संगीत क्षेत्रमा लागेका चार प्रतिभालाई छिन्नलता गीत पुरस्कार प्रदान गरियो । पुरस्कार प्राप्त गर्नेमा गीत रचनातर्फ डा. रामविक्रम सिजापति, संगीततर्फ राजु सिंह, गायनतर्फ उदय सोताङ, नवप्रतिभातर्फ रेजिना रिमाल छन् ।

. डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कार 

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरियो ।

. प्रतिभा पुरस्कार-२०७१

समालोचक डा. गोपाल भण्डारीलाई उनको समालोचना संग्रह 'भिन्न भिन्न दृष्टिकोण' का लागि प्रतिभा पुरस्कार-२०७१ प्रदान गरियो ।

. जयन्तु संस्कृतम् पुरस्कार 

यस वर्षको जयतु संस्कृतम पुरस्कार टीकादत्त बराललाईर् प्रदान गरियो भने साहित्य साधना पुरस्कार तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो ।

. गोपालदास पत्रकारिता पुरस्कार

पे्रस काउन्सिल नेपालले दिंदै आएको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीलाई प्रदान गरियो ।

. सफाइ अभियानलाई अन्तर्राष्ट्रिय पुरस्कार

जापानको फुकुओका एसियन अर्वन रिसर्च सेन्टर तथा एसिया टाउनस्केप डिजाईन सोसाईटीले बाग्मती नदी सफाई अभियानमा संलग्न डा. राजु अधिकारी, भरतबहादुर केसी एवं काठमाडांै महानगरपालिकाका रविनमान श्रेष्ठलाई संयुक्त रूपमा पुरस्कृत गर्‍यो ।

. भीमनिधि तिवारी पुरस्कार

यो वर्षको भीमनिधि तिवारी साहित्यिक पुरस्कार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई एवं नाट्यसाहित्य पुरस्कार नृत्य तथा नाट्यकर्मी भैरवबहादुर थापालाई प्रदान गरियो ।

. भवानी भिक्षु साहित्य पुरस्कार

यो वर्षको भवानी भिक्षु साहित्य पुरस्कार अवधि साहित्यकार राघवेन्द्र श्रीवास्तवलाई प्रदान गरियो ।

१०. चोरीशिकारी नियन्त्रण अन्तर्राष्ट्रिय पुरस्कार

स्वीजरल्यान्डको जेनेभामा सम्पन्न विश्व वन्यजन्तु कोषको सम्मेलनले लोपोन्मुख वन्यजन्तुको चोरी-सिकारी नियन्त्रणमा प्राप्त गरेको दुईवर्षे सफलताका लागि नेपाललाई अन्तर्राष्ट्रिय चोरी-सिकारी नियन्त्रण पुरस्कार प्रदान गर्‍यो ।

११. अन्तर्राष्ट्रिय नायक

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा कानुन कार्यान्वयन क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले अमेरिकी (टीआईपी) संस्थाको छनौटमा परेपछि मानव बेचविखन तथा ओसारपसार विरुद्धको नायकको उपाधि पाए ।

१२. रिपोर्टस् क्लबका पत्रकारिता पुरस्कारहरू

रिपोर्टस क्लब नेपालले यस वर्षको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार विकास कार्कीलाई प्रदान गर्‍यो । यसैगरी कुलप्रसाद-चेतकुमारी धमला मोफसल पत्रकारिता पुरस्कार सुनसरीबाट प्रकाशित हुने 'प्रतिक्षण दैनिक'का संस्थापक सम्पादक-प्रकाशक शशि कोइरालालाई, उत्कृष्ट क्रियाशील युवा पत्रकारिता पुरस्कार हिमालयन टाइम्स्का टीकाराम प्रधानलाई, तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका तीर्थ कोइरालालाई, सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार काठमाण्डु पोष्टका अनिल गिरीलाई र उमासिंह स्मृति महिला पत्रकारिता पुरस्कार वीणा सिन्हा तथा कृष्णा पौडेललाई संयुक्त रुपमा प्रदान गरेको छ ।

कुलप्रसाद-चेतकुमारी धमला मोफसल पत्रकारिता पुरस्कार ग्रहण गर्दै पत्रकार शशि कोइराला
१४. उग्रतारा स्मृति पुरस्कार
यस वर्षको उग्रतारा स्मृति पुरस्कार पत्रकार नवराज सुवेदीलाई प्रदान गरियो ।
१५. चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार

कलाकार संघले यस वर्षको चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार निर्देशक तथा कलाकार रमेश बुढाथोकीलाई प्रदान गर्‍योभने चलचित्र कलाकार संघ- शान्ति मास्के पुरस्कार भीम बहादुरलाई थापालाई प्रदान गर्‍यो । त्यसैगरी संघले नेपाल चलचित्र कलाकार संघ पत्रकारिता पुरस्कार-२०७१ पत्रकार विजय सुवेदी आवाजलाई प्रदान गर्‍यो ।

१६. राष्ट्रिय युवा प्रतिभा पुरस्कार

यो वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कार युवा अपाङ संगठन नेपाललाई प्रदान गरियो ।

१७. राष्ट्रिय प्रतिभा पुरस्कार 

यो वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधामा प्राध्यापक श्रीराम उपाध्याय, भाषासाहित्य विधामा कपिलदेव लामिछाने, नाट्य क्षेत्रमा अशेष मल्ल तथा ललितकला विधामा गेहेन्द्रमान प्रधानलाई प्रदान गरियो ।

१८. शताब्दी पुरुष घोषणा

त्रिमूर्ति निकेतनले नेपाली साहित्य एवं संस्कृति क्षेत्रका बहुआयामिक व्यक्तित्व सत्यमोहन जोशीलाई 'शताब्दी पुरुष' घोषणा गर्‍यो ।

१९. नारायणगोपाल युवा संगीत पुरस्कार

नारायणगोपाल युवा संगीत पुरस्कार यो वर्ष गायिका माण्डवी त्रिपाठीलाई तथा अरनिको युवा कला पुरस्कार गणेशकुमार जिसी एवं रोशन प्रधानलाई संयुक्त रूपमा प्रदान गरियो ।

२०. वासु-शशि स्मृति पुरस्कार

यो वर्षको 'वासु-शशि स्मृति पुरस्कार' कवि एवम् कथाकार कणाद महषिर्लाई प्रदान गरियो ।

२१. अरनिको युवा पुरस्कार

हरेक वर्ष ४० वर्षमुनिका कलाकारलाई प्रदान गरिँदै आएको अरनिको युवा पुरस्कार यो वर्ष पर्वतका कलाकार गणेशकुमार जिसी तथा काठमाडांैका रोशन प्रधानलाई संयुक्त रुपमा प्रदान गरियो ।

२२. नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार

सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान गरेबापत नेपालले १ लाख डलरसहितको 'ग्लोबल टोबाको कन्ट्रोल एवार्ड'अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्‍यो । स्वास्थ्यक्षेत्रमा काम गर्ने ब्लुमबर्ग फिलान्थ्रोपिजले सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्ने व्यवस्था गरे वापत उक्त पुरस्कार प्रदान गरेको हो ।


२३. चलचित्र पत्रकारिता पुरस्कार

चलचित्र पत्रकार संघले यो वर्षको चलचित्र पत्रकारिता पुरस्कार साप्ताहिकका कृष्ण भट्टराई र राज श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गर्‍यो भने 'चलचित्र पत्रकारिता सम्मान' विदुर गिरीलाई दिइयो ।

                                                          स्रोतः कान्तिपुर साप्ताहिक
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages